लावण्य÷साँखु । नजिकिँदै
गईरहेको भक्तपुर क्षेत्र नं.
१ (क) को
प्रदेश सभाको चुनावमा नेमकिपाका
उम्मेदवार निरज लवजु
र नेपाली काँगे्रसका
उम्मेदवार कृष्णलाल भँडेल एवं
नेकपाका डिपी ढकाललाई जिताउन
विभिन्न कोणबाट आग्रह गरिएको
छ ।
नेमकिपाका प्रदेश सभाका उम्मेदवार
निरज लवजुलाई जिताउन
साँखुका समाजसेवी
ई. राजदास श्रेष्ठले
भक्तपुरका मतदातालाई आग्रह गर्नुभएको
छ । उहाँले
नेपालमा कम्युनिष्ट पार्टीको नाममा
एउटै मात्र कम्युनिष्ट
पार्टी नेमकिपा मात्रै रहेको
जनाउँदै नेमकिपाका युवा उम्मेदवार
पत्रकार एवं बुद्धिजीवी
निरज लवजुलाई मत
दिएर भक्तपुर क्षेत्र
नं. १(क)
को विकासको ढोका
खोल्न एवं सत्तारुढ
नेकपाका टुरिष्ट उम्मेदवारलाई हराएर
नेकपाले गरेको गल्ती कमजोरी
सुधार्न दबाव दिनुपर्ने
जनाउनुभएको छ ।
उहाँले सो कुरा
हिजो एक पे्रस
विज्ञप्ती प्रकाशित गरेर जनाउनुभएको
हो ।
भक्तपुरको विकास आजको सन्दर्भमा
नेपालको नमूना विकासको रुपमा
देखिएको जनाउँदै उहाँले भक्तपुरको
विकासको लागि निरन्तर
लागिरहने नेमकिपाका युवा उम्मेदवार
लवजुको पक्षमा मतदान गर्न
मतदाताहरुलाई आग्रह गर्नुभएको छ । साथै
उहाँले आफूले पनि करिब
३५ वर्ष अगाडि
भक्तपुर विकास परियोजनामा काम
गरेको जनाउँदै सो
परियोजनालाई सफलताको विन्दुमा पु¥याउन नेमकिपाका
अध्यक्ष नारायणमान विजुक्छे रोहितको
साथ सहयोग रहेको
बताउनुभएको छ ।
त्यसैगरी नेपाली काँगे्रसका उम्मेदवार
कृष्णलाल भँडेलको पक्षमा मत
माग्दै नेपाल पे्रस युनियन
साँखु शाखाले स्थानीय
व्यक्तित्वलाई नै नेतृत्वमा
ल्याउनुपर्ने बताएको छ ।
साँखु शाखाका अध्यक्ष गौरिनाथ
श्रेष्ठले जारी गर्नुभएको
विज्ञप्तीमा भनिएको छ– प्रजातान्त्रिक
आन्दोलनमा निरन्तर योगदान दिनुभएका
समाजसेवी, विकासपे्रमी नेता नेपाली
काँगे्रस भक्तपुरका पूर्व सभापति
भँडेललाई जिताएर वर्तमान केपी
ओली नेतृत्वको सरकारले
गरेका गल्तीहरुलाई सच्याउन
दबाव दिनुपर्ने जनाएको
छ ।
साथै नेकपाले जनतालाई हेपेर
स्थानीय नेताहरुलाई प्राथमिकता नदिई
जिल्ला बाहिरका उम्मेदवारलाई उठाएर
भक्तपुरका जनतालाई अपमान गरेको
बदला लिन समेत
नेपाली काँगे्रसको रुख चिन्हमा
मतदान गरि भँडेललाई
विजय गराउन अनुरोध
गरेका छन् ।
यसै क्रममा नेकपा शंखरापुर
नगरकमिटीको तर्फबाट सचिव निरज
केसीले आफ्ना पार्टीका उम्मेदवार
डिपी ढकाललाई जिताउन
आग्रह गरेको छ ।
भक्तपुरको उप निर्वाचन
नेकपाको लागि फलामको
च्यूरा सावित भएको छ । स्थानीय
उम्मेदवार नउठाइँदा मतदाताको मत
कता जाने आँकलन
गर्न गाह्रो भएको
स्थानीय नेकपाका एक नेताले
आफ्नो नाम उल्लेख
नगर्ने सर्तमा हामीलाई जानकारी
गराउँदै उहाँले आफूहरुलार्ई पनि
स्थानीय उम्मेदवार किन उठाउन
सकेनौँ भन्ने प्रश्न मतदाताहरुले
गरिरहेको बताउनुभएको छ ।
0 Comments
Thanks for your concerns