मेरो उम्मेदवारी जनहीतको लागि हो । – रमेश नापित




शंखरापुर नगरपालिकालाई सुन्दर, सफा, स्वच्छ, हराभरा बनाउन अल्पकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नेछौं । वडा वडाका मुख्य सडकहरुलाई दुई वर्षभित्र स्तरोन्नति गरेर ब्यवस्थित बनाउने छौं । बर्षायाममा प्रयोग गर्न नसकिने सडकलाई बाह्रै महिना प्रयोग गर्न उपयुक्त हुने बनाउने छौं । कमसल सडक निर्माण गर्ने बेथितिको अन्त्य गर्नेछौं । – नापित








काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगको ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदाको नगरी शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्पmबाट मेयर पदमा घोषित उम्मेदवार रमेश नापित आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चुनावी दौडाहामा हुनुहुन्छ । मुलुकका ठुला दलहरुले उम्मेदवार तय गर्न नसकेको र गठबन्धनमा अलमलिएको अवस्थामा राप्रपामा उहाँ सर्बसहमत मेयर पदका उम्मेदवार बनेका छन् । उहाँ राप्रपाका केन्द्रिय पार्षद हुनुहुन्छ । उहाँ २०४७ सालमा मुलुकमा बहुदलीय ब्यवस्था पुनस्र्थापना पश्चात् स्थापना भएको तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय कार्यकर्ताका रुपमा आप्mनो राजनीतक जीवन शुरु गर्नु भएको थियो । उहाँ पूर्ब मन्त्री एवम् राप्रपाका पूर्ब केन्द्रिय उपाध्यक्ष स्व. जोगमेहेर श्रेष्ठको प्रेरणाबाट राजनीतिमा प्रवेश गर्नु भएको हो । उहाँ बुबा रामबहादुर नापित (कर्ण) र आमा कृष्णमाया नापितका सुपुत्रका रुपमा २०२८ सालमा साँखुमा जन्मनु भएको हो । उहाँसँग शंखरापुर नगरपालिकाको चुनावकै विषयमा केन्द्रित भएर गरिएको कुराकानीको सार–संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।–सम्पादक)

त्र तपाईंको उम्मेदवारी किन होला ?

ं मेरो उम्मेदवारी ऐतिहसिक शंखरापुर नगरपालिकाको समग्र विकास गर्न र जनहीतको लागि हो । यहाँको परम्परागत बस्तीहरुको संरक्षण गर्न, नगरपालिकाकोे भौतिक पूर्वाधार निर्माण गर्न मैले उम्मेदवारी दिएको हुँ । शंखरापुर नगरपालिकाभित्रका परम्परागत बस्ती, संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्न, शंखरापुरलाई आधुनिक र व्यवस्थित शहरका रूपमा विकास गर्न मैले उम्मेदवारी दिएको हुँ । संक्षेपमा भन्ने हो भने शंखरापुर नगरपालिकाको उत्थान, समृद्धि र विकासका लागि नै मैले उम्मेदवारी दिएको हुँ ।

त्र तपाइँ शंंखरापुर नगरपालिकाको राप्रपाको तर्पmबाट मेयर पदका उम्मेदवारका रुपमा घोषणा हुनुभएको छ । तपाईं मेयर पदमा विजयी हुने आधारहरु के –के हुन् ?

ं नेपालको संविधान २०७२ अनुसार भएको विगतको स्थानीय तहमा नेतृत्व लिएका जनप्रतिनिधिले जनहीतका कार्यहरु गर्न नसकेको, अनावश्यक रुपमा कर लाद्ने र बढाउने कार्य गरेको, प्राकृतिक सौन्दर्यका रुपमा रहेका डाँडा पाखा भत्काएर पर्यावरण बिगार्ने र सीमित ब्यक्ति पोस्ने काम गरेको, संविधानले स्थानीय तहलाई दिएका अधिकारहरु जनहीतमा प्रयोग गर्न नसकेको र नगरपालिकाले निर्माण गर्नु पर्ने नियम कानुनसमेत बनाउन नसकेको अवस्था विद्यमान छ । यो अवस्था नै मेरो विजयको सुनिश्चिताको आधार हो । त्यसैगरी मेरो राजनीतिक र सामाजिक योगदान अनि आम मतदाताहरुको सहयोग र समर्थन नै मेरो जित्ने आधार हुन् । यसमा पार्टीका आम कार्यकता, शुभेच्छुक तथा मतदाताहरुको साथ र सहयोगले म निकै उत्साही बनेको छु ।

त्र तपाईंको चुनावी एजेन्डा के–के हुन् ?

ं मैले आप्mनो चुनावी एजेन्डा घोषणापत्र मार्पm्त प्रस्तुत गरेको छु । समग्रमा भन्नुपर्दा मेरो चुनावी एजेन्डा सडक, ऊर्जा, शिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य, सुशासन÷पारदर्शिता, रोजगार, आर्थिक विकास, सञ्चार, धार्मिक÷सम्पदा संरक्षण, युवा तथा खेलकुद, महिला, बालबालिका र ज्येष्ठ नागरिक, कृषि, अपाङ्गता, खानेपानी, यातायात, पर्यटन, भूकम्पपछि बाँकी रहेका पुनर्निर्माणलगायत रहेका छन् ।

त्र तपाईंले शंखरापुरलाई कस्तो नगरपालिका बनाउने वा बनेको देख्न चाहनुहुन्छ ?

ं शंखरापुर नगरपालिकालाई सुन्दर, सफा, स्वच्छ, हराभरा बनाउन अल्पकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नेछौं । वडा वडाका मुख्य सडकहरुलाई दुई वर्षभित्र स्तरोन्नति गरेर ब्यवस्थित बनाउने छौं । बर्षायाममा प्रयोग गर्न नसकिने सडकलाई बाह्रै महिना प्रयोग गर्न उपयुक्त हुने बनाउने छौं । कमसल सडक निर्माण गर्ने बेथितिको अन्त्य गर्नेछौं ।

शौर्य ऊर्जाको प्रयोगमा प्रोत्साहन दिने नीति ल्याउनेछौं । निःशुल्क शिक्षाको मौलिक अधिकार सुनिश्चित गर्न नगरपालिकाको बजेटबाटै उल्लेखनीय शिक्षामा लगानी गर्ने व्यवस्था गरिनेछ । आगामी ३ महिनाभित्र गुरूयोजना निर्माण गर्दै आगामी २ वर्षभित्र अत्याधुनिक एवं सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना छ ।

शंखरापुर नगरपालिकालाई सुन्दर, सफा, स्वच्छ, हराभरा बनाउन बन जंगल संरक्षण गर्ने, प्राकृतिक सम्पदाको जथाभाबी उत्खनन गर्ने कार्य रोक्ने, सार्बजनिक जग्गाको संरक्षण गर्दै पार्क तथा खेलकुद मैदान निर्माण गर्ने आदि योजना रहेको छ । यसैगरी, शंखरापुर नगरपालिका भित्रका भाषा, संस्कृति र धर्म संरक्षण गर्न गुरुयोजना बनाई कार्यान्यन गरिने छ । शंखरापुर नगरबासीको आर्थिक स्तर बढाउनका गुरुयोजना बनाई कार्यान्यन गरिने छ ।

त्र धार्मिक सामाजिक एजेन्डा के–के हुन् ?

ं धार्मिक क्षेत्रको संरक्षण र सम्वद्र्धन गरिनेछ । स्थानीयलाई साझेदार बनाइ सम्पदा संरक्षण गरिनेछ । सबैको धर्म र आस्थाप्रति उच्च सम्मान गरिनेछ । नगरभित्र रहेका पोखरी, सार्बजनिक जग्गा तथा भवनहरु संरक्षण गरिने छ । नगरपालिकाभित्र हरियालीयुक्त पार्कहरु निर्माण गरिनेछ । युवा जनशक्तिलाई स्वदेशमा नै रोजगारी दिनका लागि सीपमूलक एवं व्यवसायिक शिक्षा र तालिम कार्यक्रम सञ्चालन गरी स्वरोजगार दिइनेछ । साथै, व्यवसाय गर्न प्रोत्साहनका लागि छुट्टै कोष खडा गर्दै ऋण उपलब्ध गराइनेछ । युवाहरुलाई खेल क्षेत्रमा अगाडि बढाउन खेलकुद नीति ल्याइनेछ । राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रका लागि खेलाडी उत्पादन गर्न वडा तहबाटै छनोट र तालिमको व्यवस्था मिलाइनेछ ।

स्थानीय बाल क्लब, युवा क्लब, महिला समूहहरु गठनका लागि प्रोत्साहन र सहुलियत प्रदान गरिनेछ । बजेटमार्फत् त्यस्ता क्लब तथा समूहहरुलाई सहयोग गरिनेछ । 

महिलाहरुको नेतृत्व विकास तथा आर्थिक सबलीकरणका लागि महिला समूहहरुलाई सक्रिय बनाईनेछ । ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा कार्यक्रम सञ्चालन गरिनेछ । ज्येष्ठ नागरिकलाई संघीय सरकारले दिने भत्तामा नगरपालिकाले कार्यविधि बनाएर ५ सय रुपियाँ थप गरिनेछ । ज्येष्ठ नागरिकका लागि छलफल, मनोरञ्जन, भेटघाट र योग गर्न सुविधासहितको भवन र पार्क निर्माण गरिनेछ । नगरभित्र असहाय तथा अनाथालय केन्द्र स्थापना गरिनेछ ।

त्र तपाईंको पक्षमा चुनावी माहोल कस्तो पाउनुभएको छ ?

ं अरु दलहरुको उम्मेदवार नै चयन नभएको अवस्थामा म राप्रपाबाट सर्बसहमत उम्मेदवारका रुपमा चयन भएको छु । ठुला दलहरुका कार्यकर्ताहरु गठबन्धनका विपक्षमा देखिएका छन् । मैले पार्टीका कार्यकर्ता, शुभेच्छुक र मतदाताहरुसँगको भेटघाट बाक्लो बनाउँदै लगेको छु । यस क्रममा मतदाताहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छु । ती प्रतिक्रियाको आधार हेर्दा मैले चुनाव जित्ने सुनिश्चित छ ।

Post a Comment

0 Comments