– कृष्टिना श्रेष्ठ –
लावण्य/साँखु । आज भाद्र १४ गते सोमवार साँखुमा परापूर्व कालदेखि चल्दै आईरहेको ऐतिहासिक रोपाइँ जात्रा सञ्चालन हुने भएको छ ।
गत वर्ष कोभिड १९ कारण यो जात्रा स्थगित गरिएको थियो । तर यस वर्ष साँखुमा अत्यधिक व्यक्तिहरुले कोरोनाको खोप लिईसकिएको र कोरोनाको ग्राफ पनि केही घटेको अवस्थामा स्वास्थ्य सावधानी अपनाउँदै परापूर्वकालदेखि चल्दै आईरहेको रोपाइँ जात्रा सञ्चालन गर्ने निर्णय श्रीकृष्ण गुठी परिवार ईपाटोलले गरेको हो ।
गुठीले सोमवार साँखुमा संचालन हुने रोपाईं जात्रा नेपाल सरकारले दिएको निर्देशन बमोजिम सामाजिक दुरी कायम गरी थोरै ब्यक्तीहरूको सहभागितमा संचालन गर्ने र जात्रामा सहभागीहरूलाई कुनै पनि पुरस्कारको व्यवस्था नगरिने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछौं भन्दै स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गरिदिन अनुरोध गरेको छ ।
रोपाइँ जात्रा (वापिज्या) को लागि १ दिन अगावै ईपाटोलबाट नायखिं बाजाका साथ टोलका गण्यमान्यहरु साँखु बजार परिक्रमा गरी टोलै पिच्छे भोलि वापिज्या गर्ने भएको हुँदा सबै उपस्थित हुन उर्दी जारी गर्ने प्रचलन रहेको छ ।
त्यत्तिबेला ........ राजाको आदेशानुसार भोलि वापिज्या (रोपाइँ) गरिने भएकोले सबै जनसमुदायलाई वापिज्या कार्यक्रममा उपस्थित हुन उर्दी जारी गर्दै नआउनेलाई दण्ड जरिवाना गरिने समेत सो उर्दीमा भनिएको हुन्छ ।
0 Comments
Thanks for your concerns