शंकरापुरको निःशुल्क स्थास्थ्य शिविर


साँखु÷गत जेष्ठ ३१ गते बुधबार पुखुलाछी गाविस वडा नं. ९ मुस्यापुतःस्थित शंकरापुर पोलिक्लिनिक प्राङ्गणमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ र शंकरापुर अस्पताल जोरपाटीको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा ३०१ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । विरामीहरुलाई आवश्यक औषधी समेत निःशुल्क वितरण गरिएको उक्त शिविरमा २१ जना पाठेघरका विरामीहरुको निःशुल्क शल्यक्रिया समेत शंकरापुर अस्पतालले गरिदिने भएको छ ।
उक्त शिविरमा बालरोग, स्त्री तथा प्रसुति रोग, शल्य चिकित्सा सेवा, हाडजोर्नी तथा नशारोग एवं सामान्य चिकित्सा सेवा सम्बन्धी रोगहरुको परिक्षण गरिएको थियो । उक्त शिविरमा आएका सेवाग्राहीलाई शंकरापुर पोलिक्लिनिकले प्रयोगशालामा समेत विशेष छूट दिएको थियो । डा. रमेश ढकालका अनुसार उक्त शिविर सञ्चालनको प्रमुख उद्देश्य भनेको स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने रहेको थियो ।

Post a Comment

0 Comments