राजधानीको दूर्दशा



असार ३१ गते शनिवार अत्यधिक वर्षा भएको थियो सो वर्षाको भेल सडकमा आउँदा नेपालटारका वर्ष ११ की विनियाँ फुयाँलको भेलले बगाएर मृत्यु भएको उनलाई तत्काल उद्धार गरी अस्पताल लगेपनि बचाउन सकिएन
त्यसैगरी सोही दिन वृहस्पती विद्या सदन पढ्ने वर्ष १३ की विद्या सापकोटा गाडीबाट ओर्लेपछि सडक जलमग्न देखेर आत्तिदै रानीबारी जाने भित्री सडक भएर हिँड्न थालिन् पानी सडकमै बगिरहेको थियो नाली सडकको बीचमै थियो उनी नालीमा खसिन् भेलले उनलाई ह्युम पाइपभित्र पु¥यायो धन्न वरिपरिका स्थानीयले देखेर उनको ज्यान जोगियो
यी यस्ता घटनाहरु राजधानी काठमाडौँको सडकमा वर्षा याममा सधैँजसो देखिने दृश्य हुन् राजधानी काठमाडौँ उपत्यकामा गरि वटा स्मार्ट सीटी बनाउने सरकारी घोषणा भएकोमध्ये सबैभन्दा ठूलो लाख १० हजार रोपनी क्षेत्रफलमा बनाइने स्मार्टसीटीमा साँखु देखि नगदेश ठिमी सम्म पर्छ यस भेगको सडक हेर्ने हो भने माथिको घटना हुन केही बेर लाउन्नन्
यस भेगका स्थानीय गाडीमा हिँड्दा होस् अथवा पैदल हिँड्दा वा आफ्नै मोटर साईकलमा हिँड्दा नै किन नहोस् पानी बुट लाएर वाटरपु्रफ ज्याकेट ट्राउजर नलाई काममा निक्लिने हो वा अफिस पुग्ने हो भने त्यहाँ पुग्दा आफ्नै सहकर्मीहरुले चिन्न सक्दैनन्
दिनहूँ सडकमा मोटरसाईकल लड्ने, चिप्लिने, खाल्टोमा खस्ने लगायतका दूर्घटना कति कति अझ मालबाहक ट्रकहरु आउँदा उकालो उक्लिन नसकेर ब्याक गई दूर्घटना भएका घटनाहरु अनगिनत छन् सामान मगाउने साहुजीहरुलाई जहिलेसम्म आफ्नो घर आँगनमा आफूले अर्डर गरेको सामान आईपुग्दैन तबसम्म अर्को गाडी स्टाण्डबाई खडा गरिरहनुपर्ने बाध्यता
यी यस्ता घटनाहरु राजधानीमा वर्षायाममा दिनहूँ घटिरहेपनि सरकारले असारे विकास गर्न भने छाडेका छैनन् यस्ता घटनाहरुको प्रमुख कारण भनेकै असारे विकास हो यदि यस्ता घटनाहरुलाई रोक्ने हो भने सरकारले आर्थिक वर्षको तालिका परिवर्तन् गर्नु सबैभन्दा उत्तम विकल्प हुनसक्छ
हुनतः जेसुकै कामगर्दा पारदर्शिता आर्थिक नियमितता आवश्यक हुन्छ तापनि वर्षायाममा बजेट सिध्याउन गरिने विकासका कारण जताततै ढल खनिने, सडक खनिने, विकासको नाममा थोरै गिट्टी हालेर अलकत्रा छर्दै पीच गरिने दशैँ नआईपुग्दै ती सबै विकासका चिन्हहरु मेटिने वर्षाको भेलले बगाएको रिपोर्ट पेश गर्दै ठेकेदार उपभोक्ता समितिहरुले बजेट फछ्र्यौट गर्ने परम्परा पञ्चायतकालदेखि अहिलेसम्म यथावत रहीरहेको
त्यसैले सरकारले दशैँ अगाडि वा दशैँ तिहार पछिको समयलाई आर्थिक वर्ष परिवर्तनको समय पर्ने गरि सारिदिने हो भने असारे विकास रोकिने जनताले विकासको सही सदूपयोग गर्न पाउने थिए की ? यतातर्फ सरकार एवं प्रमुख राजनैतिक दलका नेताहरुको ध्यान जानु जरुरी रहेको
लावण्य सन्देश वर्ष अंक को सम्पादकीयबाट

Post a Comment

0 Comments