रोचक विश्व

गर्भको बच्चालाई भिटामिन डी आवश्यक
गर्भावस्थाको समयमा महिलामा भिटामिन ‘डी’को कमीले उनीहरूको बच्चाको बोल्ने क्षमता प्रभावित हुने निष्कर्ष एक अध्ययनले दिएको छ । भिटामिन ‘डी’का कारण बच्चाको बाल्ने क्षमता प्रभावित हुने खतरा दुई गुणाले बढ्ने दावी गरिएको छ । यो अध्ययनअन्तर्गत ७ सय ४० महिलाको गर्भावस्थाताका भिटामित ‘डी’को स्तर नापिएको थियो । यी महिलाका बच्चालाई समेत १७ वर्षसम्म नियमित रूपमा अध्ययनको घेराभित्र राखियो । यो आफ्नो प्रकारको हालसम्मको सबैभन्दा ठूलो अध्ययन भएको अध्ययनकर्ताहरूको दावी छ ।
अध्ययनअनुसार गर्भमा विकसित बच्चा भिटामिन ‘डी’का लागि पूर्णरूपमा आमामा निर्भर रहन्छन् । अध्ययनअनुसार भिटामिन ‘डी’को स्तरले बच्चाको मस्तिष्कमा प्रभाव पर्न सक्छ । बच्चाहरूलाई बोल्न हुने अप्ठ्यारोबाट जोगाउन यो अध्ययन सहयोगी हुने आशा अध्ययनकर्ताहरूले गरेका छन् ।
सेक्सबाट व्यायाम
मानिस शारीरिक तन्दुरुस्तीका लागि के गर्दैनन् ? फिट रहनका लागि उनीहरु पहाडै उचाल्न पनि तयार हुन्छन् । उनीहरु जिम जान्छन् , बाबा रामदेवले बताए बमोजिम योग गर्दछन्, खानपिनमा ध्यान दिन्छन् । फिटनेसका लागि उनीहरू जे गर्न पनि तयार हुन्छन् । हालसालै अनुसन्धानकर्ताहरुले पत्ता लगाए अनुसार एक पटक सेक्स गर्नु भनेको आधा घण्टा हिँडे बराबर हो । उनीहरूका अनुसार सेक्स गतिलो एक्सरसाइज (व्यायाम) हो । यसले उच्च रक्तचाप र हृदयरोगको सम्भावनालाई कम गर्छ । विशेषज्ञका अनुसार एक पटक सेक्स गर्दा पनि उत्तिकै क्यालोरी खर्च हुन्छ । यसका कारण शरीरमा बोसो जम्मा हुन आउन दिंदैन ।
यौन सक्रियताका केही फाइदाहरु
हेल्दी विमेन संगठनले वर्षेनी गर्ने अनुसन्धानअनुसार धेरैजसो महिलाहरू यौन सम्पर्कबाट खासै आनन्द महसुस गर्दैनन् । महिलाहरू स्वस्थ यौन सम्पर्कबाट हुने फाइदाबारे धेरैजसो अनभिज्ञ रहेको अनुसन्धानमा पाइएको छ । नियमित यौन सम्पर्कबाट बेफाइदा हुन्छ भन्ने गलत धारणा महिलाहरूमा रहेको पाइयो ।
हेल्दी विमेनकी कार्यकारी निर्देशक एलिजावेथ भ्याटेगलिनोले यौनमा सक्रियताले साथीप्रतिको आत्मीयता बढाउने, तनाव कम गर्ने, शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने, तन्दुरुस्ती महसुस हुने र आयु बढ्नेलगायतका फाइदाहरू हुने निष्कर्ष दिएकी छिन् । यौन सम्पर्कलाई बाध्यात्मक रूपमा लिने महिलाहरूका निम्ति भने यौन सम्पर्कले फाइदाभन्दा मानसिक रोग निम्त्याउने पनि निष्कर्षमा दिइएको छ ।
रक्तचाप नियन्त्रणकोलागि कालो चिया उपयोगी
पानी पछि सबैभन्दा अधिक पिइने तरल चियाले उच्च रक्तचाप कम गर्न सहयोग गर्छ । वेस्टर्न अस्ट्रेलियो विश्वविद्यालय र युनिलिभर कम्पनीका वैज्ञानिकहरूको एक टोलीले अर्काइभ्स अफ इन्टर्नल मेडिसिन जर्नलमा उल्लेख गरेका छन्– दिनमा तीन पटक कालो चिया पिउने गरेमा उच्च रक्तचाप कम हुन सक्छ ।
प्रमुख अनुसन्धानकर्ता जोनाथन हज्सनले कालो चिया स्वास्थ्यका लागि राम्रो हुने प्रमाण पहिले नै जुटाइएको जानकारी दिँदै आफ्नो टोलीले कालो चिया र मुटुको स्वास्थ्यबीच सम्बन्ध हुने पत्ता लगाएको बताएका छन् । यसअघि पनि जर्मनीमा अनुसन्धानकर्ताहरूले कालो चियामा हुने पोलिफेनोल्सले रक्त प्रवाह मिसाएमा दूधको केजिन प्रोटिनले पोलिफेनोल्सको काममा अवरोध ल्याउने बताइएको थियो ।
यौनांगमा वाक्स गरे संक्रमणको खतरा
यौनांग वरिपरिको रौं हटाउने (वाक्स) गरेमा छालामा भाइरसले संक्रमण गर्ने खतरा बढ्छ । विशेष गरी मोलस्कम कन्टेजिओसमको संक्रमण हुन सक्ने जानकारी सेक्नुअली ट्रान्समिटेड इन्फेक्सन्स जर्नलमा दिइएको छ । एक अनुसन्धान प्रतिवेदनमा उल्लेख भए अनुसार यौनांग वरिपरिको रौं हटाउनाले छालामा सुक्ष्म चोट पुग्छ जहाँ भाइरसले संक्रमण गर्ने सम्भावना रहन्छ । विगतमा यौनांग वरिपरिको रौं हटाउने कार्य धार्मिक वा सांस्कृतिक उद्देश्यसँग मात्र सम्बन्धित हुन्थ्यो तर अचेल फेशनका रुपमा यसलाई अपनाइएको छ र धेरै जसो युवतीले यौनांग वरिपरि वाक्स गर्दछन् ।
छालामा हुने एक प्रकारको संक्रमण मोलस्कम कन्टेजिओसम हो । जो भाइरसले गर्दा हुन्छ । यस संक्रमणले गर्दा छालामा साना मटर आकारका दाना उत्पन्न हुन्छन् जसको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ र बालबालिकामा यस भाइरसले सामान्यतया संक्रमण गरेको देखिन्छ । साथै यौन सम्पर्कबाट पनि व्यक्तिमा यो रोग सर्छ ।
दश वर्षमा यो रोगको मामिला निकै बढेको भनाई अनुसन्धान टोलीको छ । रोग बढेको देखेपछि यौनांग वरिपरिको रौं वाक्स गर्नु यसको सम्बन्ध त छैन भनी अनुसन्धान थालिएको थियो । फ्रान्सको निसमा रहेका छाला रोग सम्बन्ध्ी निजी क्लिनिकहरुमा सन् २०११ जनवरीदेखि २०१२ मार्चसम्म उपचारका लागि आउने रोगीहरुमा अनुसन्धान गरिएको थियो । क्लिनिकहरुमा आएका सम्बन्धित ३० जना रोगी मध्ये ९० प्रतिशतले यौनांग वरिपरिको रौं वाक्स गरेका थिए ।

Post a Comment

0 Comments