नेपालभाषाका महाकवि गिरिजाप्रसादको लोकप्रिय गीत "नुग घाः" जनता श्रेष्ठको स्वरमा सार्वजनिक

लावण्य/साँखु । यही कार्तिक १ गते बिहान ६ बजेको साईतमा नेपालभाषाका महाकवि गिरिजाप्रसाद जोशीको लोकप्रीय गीत “नुग घाः” जनता श्रेष्ठको स्वरमा युट्यूब मार्फत् रिलिज गरिएको छ ।

यो गीतको भिडियो केही समय पछाडि सार्वजनिक गरिने पनि नव गायककार जनता श्रेष्ठले बताउनुभएको छ ।

यो गीतमा संगीत संयोजन गितार एवं रेकर्डिङ्ग  सुजन मल्लले गर्नुभएको छ भने  तबला श्रीजन श्रेष्ठले बजानुभएको छ भने हार्मोनियम सुमन श्रेष्ठले बजाउनुभएको छ । मिक्सिङ्ग महेश्वरमान राजभण्डारीले गर्नुभएको छ ।

यो गीत करीब ४ दशक अगाडिदेखि साँखुमा लोकप्रिय छ । यो गीतमा धनी र गरीबबीच हुने प्रेम कसरी टुट्छ भन्ने वर्णन बडो मिठासपूर्ण शैलीमा गरिएको छ ।

यो गीतको म्यूजिक भिडियोको लागि पनि यही कथावस्तुलाई प्रमुखता दिइने महाकविका सुपुत्र साहित्यकार यचु जोशीले बताउनुभएको छ ।

Post a Comment

0 Comments