छायाँ सरकार छायाँमै



नेपाली काँगे्रसले करिब नेकपाको ओली नेतृत्वको सरकार गठन भएको १५ महिना पछि छायाँ सरकारको गठन गरेको छायाँ सरकारमा समेत एउटै मन्त्रालय तीन तीन जनाले हेर्ने गरि छायाँ सरकार गठन गरेको हुँदा गठन गरेलगत्तै विवादमा परेको
सरकारका खराब कामकारबाहीमा प्रश्न उठाउँदै शासनसत्तालाई जवाफदेही तुल्याउन नागरिकले नेपाली कांग्रेसलाई प्रमुख विपक्षीको रुपमा मतीय दायित्व सुम्पेका हुन् तर चुनावपछि नागरिकप्रदत्त दायित्व बहन गर्ने मामलामा कांग्रेस चुकिरहेको थियो लोकतन्त्रको हिमायती दल ठान्ने कांग्रेसले जनताले दिएको म्याण्डेट नबुझेको हो या सत्तारुढ धङधङीबाट अझै मुक्त हुन नसकेको हो ? उसका क्रियाकलापले स्वाभाविक प्रश्न उब्जाइरहेको
सरकारी कामकाजको मूल्यांकन गर्ने स्थायी विपक्षी संयन्त्र निर्माण गर्न १५ महिना लगाउनुले प्रमाणित गर्छ कि नेपाली काँगे्रसको नेतृत्वमा चरम सुस्तता छाएको हुनतः दुईतिहाइयुक्त नेकपा नेतृत्वको सरकार निर्माणसँगै कांग्रेसलेछाया सरकार गठन गर्ने निर्णय लिएको थियो सरकारले १५ महिना पार गरिसक्दा पनि कांग्रेसछाया सरकार निर्माण गर्न समेत नसक्ने अवस्थाबाट गुज्रिरह्यो प्रमुख विपक्षीकोसुस्तता कै कारण सत्तारुढ दललाई मनमौजी निर्णय लिन सजिलो भयो कतैबाट कुनै विरोधी आवाज नआएपछि सत्तारुढ दललाई जस्तोसुकै निर्णय लिन छुट हुने नै भयो
सरकार तानाशाही बाटोमा गयो, सरकारले नागरिक अधिकार हनन ¥यो, मिडियालाई दबाउन खोज्यो आदि इत्यादि कुराहरु मात्रै गरेर प्रमुख प्रतिपक्षको भूमिका किमार्थ सकिँदैन अहिलेको परिस्थितिमा खरो ढंगले विपक्षीको भूमिका निर्वाह नगर्ने हो चुनावको मुखमा मात्रै सरकारको विरोधमा आफ्नो आवाज जनसमक्ष लाने हो भने भारतमा मोदी सरकार विरुद्ध काँगे्रस आई पराजित भएजस्तै पुनः नेपाली काँगे्रसको अर्को चुनावमा समेत पराजित हुनुको विकल्प रहँदैन
प्रमुख प्रतिपक्षी दलको भूमिका भनेको सरकारको काम कारवाहीको मूल्यांकन गर्ने आवश्यक ठाउँमा प्रचण्ड विरोध गर्दै आम जनसमक्ष सरकारको भण्डाफोर गर्नु हो तर यो विषयमा प्रमुख प्रतिपक्षी दल चुकेको
हुनतः अहिले राष्ट्रिय जनजागरण अभियान सञ्चालन गरिरहेको काँगे्रसले तर यो अभियानले पनि आम जनतालाई छुन सकेको देखिँदैन आफ्नै दलका कार्यकर्ता नेताहरुलाई समेत जनजागरण अभियानमा उतार्न सकेको छैन काँगे्रसले किन काँगे्रस यत्ति कमजोर भयो किन प्रजातान्त्रिक आन्दोलनका धरोहर काँगे्रसको भूमिका सरकारले गरेका क्रियाको प्रतिक्रिया जाहेर गर्नमै बित्यो यसबारेमा तत्कालै निर्मम ढंगले समिक्षा नगर्ने हो भने नेपाली काँगे्रसको भविष्य उज्ज्वल हुने छैन अहिले पनि वैकल्पिक शक्ति गठन गर्ने उनीहरुलाई जोड्ने भूमिकामा छिमेकी मित्रराष्ट्रहरुको हस्तक्षेपकारी भूमिका देखिन थालेको यस्तो अवस्थामा ईतिहासकै पुरानो प्रजातान्त्रिक पार्टी ढुलमुल हुने हो भने मुलुकको प्रजातान्त्रिक पद्धती नै धरापमा नपर्ला भन्न सकिन्न यदि यस्तो भएमा त्यसको भागिदार नेपाली काँगे्रस पनि हुनेछ भन्ने कुरामा अहिलेका नेतृत्व पंक्तिले सोच्नु जरुरी हुन आउँछ
अहिले जस्तो १५ महिना पछिछाया सरकार गठन गर्ने, अर्को १५ महिना पछि सरकारको कामको मूल्यांकन जनसमक्ष ल्याउने अर्को १५ महिना पछि सशक्त विरोध थाल्ने योजनामा प्रमुख प्रतिपक्षले काम गर्ने हो भने सरकार पूर्णरुपमा निरंकुश हुन जान्छ सरकारले जस्तोसुकै निर्णय पनि गर्छ चुनावको बेला साम, दाम, दण्ड, भेदको नीति ल्याउँदै केही लोकप्रिय कार्यक्रम ल्याएर पुनः नेकपा कै नेतृत्वले सत्ता कब्जा गर्नेमा दुईमत नहोला !

Post a Comment

0 Comments