साँखु–जोरपाटी सडक सुधारको लागि चक्काजाम गरिने


लावण्य÷साँखु । साँखु जोरपाटी शंखरापुर सडक सरोकार समितिको आव्हानमा यही असोज १३ गते बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म साँखु जोरपाटी सडक खण्डको खुलालटार चोकमा चक्काजाम एवं सडकमै धर्ना बस्ने कार्यक्रम गर्ने भएको छ ।
समितिको यही असोज ८ गते बसेको बैठकले सो सम्बन्धी निर्णय गरि पे्रस विज्ञप्ती निकालेको हो । साथै समितिले शंखरापुर नगरपालिकालाई ज्ञापन पत्र समेत दिएको छ भने साँखु सालिनदी यातायात प्रा.लि., महानगरीय प्रहरी वृत्त बौद्ध, बाबा गोकर्णेश्वर अटो प्रा.लि., आमा याङ्ग्री हेल्मो यातायात प्रा.लि. र सिन्धु हेलम्बु यातायात प्रा.लि. लाई बोधार्थ समेत दिएको छ ।
सो कार्यक्रममा साथ सहयोग गर्नको लागि समितिले पे्रस विज्ञप्ती, पर्चा, पम्प्लेट मार्फत् अनुरोध गर्ने निर्णय समेत गरेको जानकारी समितिका अध्यक्ष मिलन खड्काले हामीलाई दिनुभएको छ ।

Post a Comment

0 Comments