तोरुकोन्दोका छोरी ज्वाइँद्वारा कोन्दो पुस्तकालय निरीक्षण


लावण्य÷साँखु । यही मंसिर ५ गते जापानी स्वयंसेवक स्व. तोरुकोन्दोका छोरीज्वाइँद्वारा शंखरापुर–२ स्थित महेन्द्र राष्ट्रिय आधारभूत विद्यालयमा स्थापना गरिएको कोन्दो पुस्तकालयको निरीक्षण गर्नुभएको छ ।
सो पुस्तकालय कोन्दो फाउन्डेसनको सहयोगमा निर्माण गरिएको हो ।
पुस्तकालय निरीक्षणका क्रममा छोरी एकिको कासिमोतो र ज्वाइँ मित्सुहिरो कासिमोतोले सो पुस्तकालय निर्माण गरेकोमा कोन्दो फाउन्डेसनलाई धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “आफूहरु जापान गएर पुस्तकालयको लागि के कस्तो सहयोग गर्न सकिन्छ सो बारे जानकारी गराउनेछु ।”

उहाँले पुस्तकालय स्थापनाको लागि ठाउँ उपलब्ध गराईदिएकोमा विद्यालयका प्रअ र व्यवस्थापन समितिलाई धन्यवाद दिनुभयो ।
सो अवसरमा उहाँहरु दुवैलाई शंखरापुर २ का वडा अध्यक्ष जीवन लामाले संयुक्त रुपमा कदर पत्र प्रदान गर्नुभएको थियो ।
सो अवसरमा कोन्दो फाउन्डेसनका अध्यक्ष अपार खड्का, कोषाध्यक्ष केशव उपाध्याय रिमाल, नरेश खड्का, विद्यालयो तर्फबाट प्रअ ईश्वरी दंगाल एवं शिक्षकहरु का साथै पत्रकार पवनलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।

सो अवसरमा श्रीमान्÷श्रीमती कासिमोतो विद्यालयका विद्यार्थीहरुसँग रमाईलो गर्दै विद्यार्थीहरुलाई चकलेट बाँड्नुभएको थियो ।

Post a Comment

0 Comments