नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्रा सुरु, साँखुमा चहलपहल बढ्यो, मूल जात्रा आज



लावण्य÷साँखु । साँखुमा आठ दिनसम्म मनाइने बज्रयोगिनी जात्रा यही बैशाख ६ गतेबाट सुरु भएको छ । आज बैशाख ९गते साँखु जात्राको सबैभन्दा महत्वपूर्ण दिन मूल जात्रा ९मूःजात्रा० हो । आजको दिनलाई विशेष बनाउन जात्रा व्यवस्थापन समितिले टीभी टुडे बाट प्रत्यक्ष प्रसारणको व्यवस्था समेत गरेको छ । जसका कारण बाहिर निक्लेर जात्रा हेर्न नसक्ने, नभ्याउनेहरुले घरमै बसेर जात्रा हेर्न सकिने भएको छ ।
जात्रा ९ गते दिउँसो करिब १ बजेतिर सुरु हुन्छ भने करिब साँझ ७ बजेतिर सकिन्छ । यस दिन साँखु बजारमा स्वदेशी एवं विदेशी पर्यटकहरुको समेत भीडभाड देख्न पाइन्छ ।
जात्राका लागि चैतेदसैंमा पाँच थकाली गुर्जुसहित स्थानीय नगरबासीको तर्फबाट दाम र सुपारी स्वयम्भू चैत्य र मूल बज्रयोगिनी देवीलाई चढाएर निमन्त्रणा गर्ने परम्परा रहेको छ । त्यही दिनदेखि औपचारिक रूपमा जात्रा सुरु भएको मानिन्छ । चैतेदसैंको दिन जात्रा सुरु भएको संकेतस्वरूप नायखिं बाजा बजाएर नगर परिक्रममा गरि झ्याली पिट्ने गरिन्छ । करिब तीन हजार तीनसय वर्ष अगाडि साँखु महानगरका राजा शङ्खरदेवले आफ्नो राज्यअन्तर्गतका सात वटा गाउँमा सुखशान्ति मिलोस् कल्याण होस् र खेतीपाती राम्रो होस् भन्ने कामनाका साथ सो  जात्रा चलाएका थिए भन्ने किम्बदन्ती पाइन्छ ।
यो जात्राका क्रममा बज्रयोगिनी माइको मन्दिरबाट बज्रयोगिनीको सुनको जलप लगाएको प्रतिमूर्ति, सिंहिनी, व्याघ्रिनी र स्वयम्भू चैत्य ९चिवाद्यः० गरी चार वटा मूर्ति दुई किमी तल साँखु बजारमा झारिन्छ । नेपालकी शिरोमणि देवी बज्रयोगिनी माताबाट राजा र प्रजालाई दर्शन दिने उद्देश्यले यी चार मूर्ति बजारमा ल्याएर जात्रा चलाइने गरेको हो ।
नेपालको उत्पत्तिसँग सम्बन्धित भएको बज्रयोगिनी देवीको जात्रामा यस भेगका अधिकांश समुदायको उपस्थिति रहन्छ । बज्रयोगिनी माई जात्राको सुरुकै दिन बालाजु बाइसधारामा मेला लाग्ने परम्परा छ । साँखु नगरका गागल, पालुबारी, लप्सेफेदी, इन्द्रायणी, चाँगु, र घुमारचोक गरी सात गाउँमा चार दिनसम्म खेतीपातीका काम नगर्ने चलन रहेको छ ।
गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँमा कमलको फूल, हिरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनी तथा नीलो कालो अमोघसिद्धि आदिबुद्धलाई जात्रा गर्ने परम्परा रहेको  छ । जात्राको ४ दिन पछि मूजात्राका रुपमा साँखुबासीहरुले मनाउने गर्छन्, यस दिन साँखुबासीहरुले आफ्ना आफन्तहरु बोलाएर भोज खुवाउने चलन रहेको छ । जात्रामा बज्रयोगिनीको मुर्तिसँगै चिभाद्यः, सिंहिणी, ब्याघ्रिनी र अमोघसिद्धिको मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्ती घुमाउने परम्परा रहेको  छ ।
जात्रा प्रत्येक वर्ष मनाउने भएपनि साँखु बजारका आठ टोलहरुमध्ये चार टोलमा मात्रै माई राख्ने सत्तलको व्यवस्था गरिएको र पालैपालो ती चारवटै टोलहरुमा माई विराजमान गराइने प्रचलन रहेको छ ।
यसपटक बज्रयोगिनी जात्रा मूल व्यवस्थापन समिति मार्फत जात्रा संचालन गरिएको छ । यसरी जात्रापर्व सञ्चालन गरिएको करिब ६ वर्ष भईसकेको छ ।
जात्रा अघि बज्रयोगिनी मन्दिर जाने बाटो मर्मत, सरसफाई लगायतको कार्य गरिएको थियो । झन्डै ३३०० वर्ष अगाडी देखि सुरु भएको “एतिहासिक पौराणिक बज्रयोगिनी माइ जात्रा हेर्न साँखु जाऔ आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याऔँ” भन्दै आयोजकले साँखुको जात्रा हेर्न र यस जात्राको अवसरमा व्यवस्थित साँखु बजार कसरी बन्दैछ अध्ययन गर्न समेत आयोजकले आँैल्याएको छ ।

Post a Comment

0 Comments