gazal

गजल
– मानन्धर “अभागी”, जोरपाटी, हाल साँखु सलम्बुटार
तिमीलाई भेट्न म झरनासरी झर्नु पथ्र्यो
तिमीसम्म आई पुग्न कयौँ जङ्घार तर्नु पथ्र्यो
दुष्टहरुको बथान बिरानो यो सहरमा
सधैँ तिम्लाई सम्झेर आँखामा आँशु भर्नु पथ्र्यो
छाल जस्तो छचल्किन्छ नदि जस्तो बहकिन्छ
के गर्नु कोमल यो मन खुम्चिएर मर्नुपथ्र्यो
शिशा जस्तै रहेछ खै, फगतः यो जिन्दगी
हिजो छाती चर्किएर मृत्युसँग हर्नुपथ्र्यो
तिमीलाई भेट्न म झरनासरी झर्नुपथ्र्यो
तिमीसम्म आई पुग्न कयौँ जङ्घार तर्नुपथ्र्यो ।

Post a Comment

0 Comments