गजल – इच्छाराम थापा “धड्कन” खुलालटार



टोलाउँदै नशिली नजर हानिदिए राम्रो

निःशव्द सहस्र बातहरु मानिदिए राम्रो

घाम नडुब्दै प्यास मेटाउने जवानी बहाना

माधुर्य मुस्कानको प्याला तानिदिए राम्रो

जुनसँगै लोलाए नयन करिब जो डुब्न

एकान्ती आनन्द छ साथ मीठो जादिदिए राम्रो

अमृत बन्छ विष घुट्को त्यो मोहनी मात क्या

सयौँ जुनी एकै जीवन मृत्यु ठानिदिए राम्रो

छक्याएर कथाका ती पात्र फेरिएछ जब

दुई ज्यान दुई आत्मा डोरी बानिदिए राम्रो ।।

Post a Comment

0 Comments