पिउने र पिलाउने आज क्या दम्दार भो
जस्लाई घृणा गरेथेँ उनैसित प्यार भो
मैले क्रान्ति गरेको अन्याय त्यो विरुद्ध
उहि पुरानै व्यवस्था युद्धको के सार भो
मोर्चा बनाएँ आफैले ज्यानको बाजी थाप्दै
हिजोको त्यो युद्धमा जितेर नि हार भो
न देशको माया रैछ न रैछ जनताकै
सबैभन्दा धनी बन्ने मान्छेको विचार भो
यौटालाई सिध्याएर धेरैले स्वप्न देखे
सबै राजा बन्नु रैछ बन्द–काटमार भो ।।
0 Comments
Thanks for your concerns