इपाटोलमा त्वाःभ्वय् सम्पन्न

साँखु÷गत मंसिर ९ गते इपाटोलमा त्वाःभ्वय् सम्पन्न भएको छ । उक्त भोज करिब ७ वर्ष पछि पुनः सुरु गरिएको हो । सो कार्यक्रममा टोल गणेशका साथै नाट्यश्वर पूजा गरेर टोलबासीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।
कार्यक्रममा इपाटोलका २३ जना वृद्धवृद्धालाई सम्मान गरिएको थियो । वृद्धवृद्धालाई राजकुमार श्रेष्ठले सम्मान गरेका थिए भने टोलका १७५ घर परिवारको सो भोजमा सहभागिता रहेको थियो ।
सो भोजको आयोजना इपाटोलका केही जागरुक युवाहरुले गरेका थिए ।

Post a Comment

0 Comments