न्हुदँ समारोह समिति सक्व ११४० को अध्यक्षमा लक्ष्मीश्वरी चुनिए


लावण्य÷साँखु । यही असोज ११ गते शनिवार सम्पन्न भेलाले न्हुदँ समारोह समिति सक्व ११४० को अध्यक्षमा साँखु धुँलाटोल निवासी लक्ष्मीश्वरी श्रेष्ठ चुनिनुभएको छ । उहाँलाई निवर्तमान अध्यक्ष मनोजकुमार श्रेष्ठले पदभार हस्तान्तरण गनुभएको हो ।
न्हुदँ समारोह समिति सक्वको अध्यक्षमा पहिलो पटक महिला नेतृत्व आएको हो । यो ऐतिहासिक अवसरमा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, उप मेयर शुक्रलक्ष्मी श्रेष्ठ, ई. राजदास श्रेष्ठले लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मेयर श्रेष्ठले शंखरापुर नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरिरहेको र सो पाठ्यक्रम तयार भईसकेपछि सो पुस्तकको नेपाल भाषा र तामाङ भाषामा उल्था गरिने बताउँदै सो पाठ्य सामग्री स्थानीय जातजाति रहेका स्कुलहरुमा लागू गरिने बताउनुभएको छ ।
कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष मनोजकुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन निवर्तमान सचिव लक्ष्मीश्वरी श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै योगेशमान डंगोलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । न्हुदँ समारोह समितिको परम्परा अनुसार यस वर्षको सचिव अर्को वर्ष अध्यक्ष हुने गर्दछ ।

Post a Comment

0 Comments