– फूलमाया घिसिङ –प्रशिक्षार्थी पत्रकार
लावण्य÷साँखु । बीसौँ शताव्दीमा ईटालिकी एजुकेटर तथा फिजिसियन मारिया मन्टेश्वरीले सुरुवात गरेको मन्टेस्वरी शिक्षण बीधि अहिले संसारभर लोकप्रिय बन्दै गइरहेको छ ।
नेपालमा पनि मुख्य मुख्य सहरहरुमा यो बीधिले पठनपाठन गराउने उद्देश्यले थुप्रै मन्टेश्वरी स्कुलहरु सञ्चालनमा आएका छन् । मन्टेश्वरी बीधि भनेको यस्तो आधुनिक बीधि हो जहाँ विद्यार्थीहरु आफ्ना रुचिका गतिविधिहरुमा तल्लिन रहन्छन् ।
यस बीधिमा विद्यार्थी आफैले छोएर, हेरेर विभिन्न किसिमका क्रियाकलामा संलग्न भएर अथवा खेलको माध्यमबाट सबै ईन्द्रियहरुको प्रयोग गरी शिक्षा हासिल गर्ने गरिन्छ । खेल बीधिबाट पठनपाठन गर्ने भएकै कारण मन्टेश्वरी बीधि संसारभरीनै प्रख्यात छ ।
सामान्यतया २ देखि ६ वर्ष उमेर समूहका बालबालिकाहरु मन्टेश्वरी स्कुलमा भर्ना हुन्छन् । विभिन्न उमेर समूहका बालबालिकाहरुलाई उनीहरुको व्यक्तिगत आवश्यकतालाई मध्यनजर गरी सोही किसिमको वातावरण तयार गरिन्छ । विद्यार्थीको रुची अनुसार विद्यार्थी केन्द्रित सिकाईलाई अवलम्बन गरिन्छ । प्रत्येक बालबालिकाको आफ्नै क्षमता हुने भएकाले उनीहरुलाई अझ राम्रो गर्न प्रोत्साहन गरिन्छ । मन्टेश्वरी कक्षा कोठाहरु निकै आकर्षक ढंगबाट सजाएका हुन्छन् । त्यस्ता सजावटहरु बालबालिकाको सिकाइलाई मध्यनजर गरी सृजनात्मक ढंगबाट बनाएका हुन्छन् । कक्षा कोठा भित्र र कक्षा कोठाबाहिर राखिएका र सजाइएका विभिन्न सामग्रीहरु प्रत्येक उमेरका बालबालिकाको सिकाईसँग जोडिएका हुन्छन् ।

0 Comments
Thanks for your concerns