महिलामा यौन भोक शनिबार बढी हुने
एक अध्ययनले महिलाको यौन चाहनाको विषयमा निक्कै रोचक तथ्य पत्ता लगाएको छ । अध्ययनले पत्ता लगाए अनुसार शनिबार राति ११ बजे महिलामा यौनको भोक सबैभन्दा बढी हुन्छ ।
वेलायतको एक स्वास्थ्य पत्रिकाले गरको अध्ययनमा १ हजार महिलालाई सहभागी गराईएको थियो । स्मरणरहोस् झण्डै एक वर्ष अघि गरिएको अर्को अध्ययनले भने बिहीबार विहान सेक्सको लागि सबैभन्दा उत्तम रहेको र बिहीबार बिहान गरिने सेक्सबाट सेक्स पार्टनरले सबैभन्दा बढी यौन सन्तुष्टि लिने तथ्य पत्ता लगाएको थियो । तर पछिल्लो अध्ययनले शनिबार राति ११ बजेको समयमा महिलामा यौन हर्मोनको मात्र निक्कै बढी हुने भएकाले त्यस बेलामा महिलामा यौनको भोक सबैभन्दा बढी हुने पत्ता लागेको हो ।
अब पुरुषका लागि गर्भनिरोधक औषधी
महिला अधिकारकर्मीहरुका लागि एउटा खुसीको खवर छ । अब बच्चा नजन्मियोस भनेर अनेक खाले गर्भनिरोधक औँषधि खाने जिम्मा पुरुषको भाग पनि पर्नसक्ने देखिएको छ ।बैज्ञानिकहहरुले पुरुष गर्भनिरोधक औँषधी निर्माण नजिक पुगेको बताएका छन जसको मुसामा सफल परिक्षण भइसकेको छ । हाल महिलाका लागि गर्भनिरोधक औँषधि उपलब्ध भएपनि पुरुषका लागि छैन । सेल नामक पत्रिकामा छापिएको अमेरिकी अध्ययनअनुसार उक्त औँषधिले मुसाको यौन क्रियामा कुनै असर परेन भने प्रजनन क्षमता अस्थायी रुपमा रोकिएको छ । पुरुष गर्भनिरोधक औँषधिको मानिसमा परिक्षण हुन भने बाँकी छ । बैज्ञानिकहरुका अनुसार अध्ययन निकै उत्साहवर्दक छ । पुरुषका लागि गर्भनिरोधक औँषधि नभएका कारण पनि ठूलो संख्यामा अनियमित गर्भधारण हुन गरेको तथ्य पत्ता लागेपछि बैज्ञानिकहरु औँषधी निर्माणमा जुटेका थिए । बैज्ञानिकहरुका अनुसार रगतको माध्यमबाट पुरुषको अण्डकोषमा जाने आँैषधि निर्माण गर्न भने निकै चुनौतिपुर्ण छ । डाना (फार्ब र्यान्सर डिन्स्टीच्युट एण्ड बाइलर कलेज अफ मेडिसिनमा अमेरिकी शोधकर्ता “जेक्यु–१” नामक आँैषधिको परीक्षण गरिरहेका छन् । यो आँैषधि प्रोटोनको उक्त तत्वलाई मात्र नियन्त्रण गर्छ जुन अण्डकोषमा मात्र पाइन्छ र शुक्रकिट उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ । औँषधि परिक्षण गरिएको मुसाको अण्डकोष सुक्दै गयो र शुक्रकिट कम उत्पादन हुन थाल्यो भने केही प्रजनन क्षमता समेत गुम्यो । औँषधी प्रयोग गर्न अघि भने उक्त मुसाको प्रजनन क्षमता सामान्य थियो र बच्चा उत्पादन हुँदै आएको थियो । शोधकर्ताहरुले यसलाई पुरुषका लागि पनि गर्भनिरोधक औँषधि निर्माण गर्नसकिने संकेतका रुपमा लिएका छन ।
जिमभन्दा सेक्स फाइदा
कसरतका जागि जिम जाने समय निकाल्नु धेरैका लागि सहज नहुन सक्छ । सेक्स पनि जिममा पसिना बगाउनु जस्तै फाइदाजनक हुने धेरै कमलाई मात्र थाहा हुनसक्छ । सेक्समा अतिरिक्त क्यालोरी खर्च हुने मात्र नभई यौन सुखसँगै शारिरीक व्यायाम पनि हुन्छ । चिकित्सकका अनुसार सेक्सका क्रममा हात, काँध र पेटको तल्लो भागसहितका मांशपेशीले काम गर्छ । यसले मोटोपन घटाउन पनि मद्दत्त गर्छ । सेक्सका क्रममा कम्तिमा १५ मिनेट शरीरको सबै भाग सक्रिय हुन्छ । सेक्सले टाउको दुःखाई कम गर्नुका साथै तनाव पनि कम गर्छ । कपालमा चमक आउँछ र त्वचामा पनि निखार ल्याउँछ । यो सबै यौन सम्पर्क गर्दा अपनाइने पोजिसनमा भरपर्छ ।– एजेन्सीको सहयोगमा
हवाईजहाजमा सेक्स
उचाईमा उडिरहँदा पनि मानिसहरुको कामोत्तेजना जाग्ने रहेछ र त हवाईजहाजमा यात्रा गरिहँदा यौनसम्पर्क गर्ने प्रवृत्तिमा बृद्धि भएको छ । एशिया प्रशान्त क्षेत्रमा केही अगाडि गरिएको एउटा सर्वेक्षणमा १५ प्रतिशत हवाईयात्रुले यात्रा गरिरहँदा यौन आवेशमा आएर संसर्ग गरेको स्वीकारेका छन् । त्यसो त शौचालयमा अर्धनग्न जोडीहरु उत्तेजनामा आएको र अँध्यारोमा उत्तेजनाले चिच्याउनेहरुको संख्यामा उल्लेख्य बृद्धि पाइएको छ ।
आजभोलि हवाई जहाजमै खुलमखुल्ला यौन क्रियाकलाप गर्ने जोडीको संख्या बृद्धि भइरहेको छ । ब्ल्याक्नेटले छोपेर यस्ता कार्य गर्नु त निकै चर्चित छ । धेरै जना चालक दलको सदस्यले शौचालयमा यौन क्रियाकलाप भएको अनुभव भएको स्वीकारेका छन् । उनीहरुका अनुसार त्यहाँ उडानकै क्रममा यौन सम्पर्क भएको संकेतहरु भेटिन्छन् ।
(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)
0 Comments
Thanks for your concerns