रोचक विश्व

छोरीसँग जनावर साट्ने अनौठो चलन
हामीकहाँ बिहेको बेला केटी पक्षले केटा पक्षलाई दाइजो दिने चलन छ । तर केन्याको एक आदिवासी समुदायमा भने केटापक्षबाट बाख्रा, गाइ तथा उँट दाइजो लिएर छोरीचेलीहरुलाई बिहे गरिदिने चलन छ । निकै दर्दनाक लाग्ने यो परम्परागत चलन अनुसार बालिका तथा किशोरीहरुलाई उनीहरुका अभिभावकले केटापक्षबाट दाइजोको रुपमा गाइवस्तु लिएर आफ्नी छोरी बिहे बेच्ने गर्छन् । २० वटा बाख्रा, १० वटा गाइ तथा ३ वटा उँटमा छोरी साट्ने बाउआमाहरु केटा पक्षबाट गाइ बाख्रा तथा उँट लिन पाएकोमा दंग पर्छन् र यसरी वस्तुभाउ लिन घम्साघम्सी समेत हुन्छ । यो चलक केन्याको पोकोट आदिवासी समूदायमा विद्यमान छ । केटी पक्षलाई बुझाउनुपर्ने गाइवस्तुको बार्गेनिङमा कुरो मिलेपछि बेहुलो आएर जबरजस्ती बेहुलीलाई लतारेर लैजाने चलन छ । बिहेको समारोह अघि उनीहरुलाई एक महिना छुट्टै राखिन्छ । कुरो मिलेपछि बाउआमाले बिहेको चाँजोपाँजो गरेर आफुलाई सिँगार्न थालेपछि मात्र बालिका तथा किशोरीहरुले आफुलाई गाइवस्तुको भाउमा बेच्न थालेको थाहा पाउँछन् ।सानै उमेरमा अपरिचित केटाको बेहुली बनेर जानुपर्दा धेरै छोरीचेलीहरु रोइकराइ पनि गर्दछन् । भाग्न कोसिस पनि गर्छन् । तर बाख्रा, गाइ तथा उँट बुझाइसकेको युवक नलगी कहाँ छाड्थ्यो र रु बेहुलीलाई दह्रो गरी अठ्याएर लतार्दै लग्छन् ।
यसरी दाइजोको रुपमा केटी पक्षलाई बुझाउनुपर्ने वस्तुभाउहरु किस्ता किस्तामा बुझाइन्छ र बेहुली लग्ने दिनमा एउटा पशु लिएर केटा पक्ष केटी लिन आउँछन् ।
आफ्नो बिहेको कुरा थाहा पाएर छोरी भाग्नसक्ने आशंकामा बाउआमाहरुले बिहेको दिनसम्ममा यो कुरा गुपचुप राखेका हुन्छन् ।
दाइजोको रुपमा पाएका वस्तुभाउ मध्ये बेहुलीले एउटा साँढे बिहेको दिन छान्नुपर्छ र सो साँढेलाई मुटुमा तरबार रोपेर बली दिइन्छ । यसरी बली दिनुअघि केटीहरुले सो साँढेलाई धेरैपटक मुक्का हानेर गलाउँछन् । बिहेको दिनमा सोही साँढेको मासु पकाएर खाइन्छ ।बिहेको दिन तथा रातभर चल्ने समारोहमा बेहुली उभिइरहनुपर्ने अप्ठेरो चलन छ । त्यसक्रमममा नाचगान पनि हुन्छ ।
बारिन्गो काउन्टीस्थित पोकोट आदिवासी इलाकामा झण्डै १ लाख ३३ हजार पोकोट आदिवासीको बसोबास छ । केन्याको कानूनले बाल विवाह निषेध गरेपछि यसरी गरिदिने विवाहमा बेचिने चेलीहरु १४(१५ वर्षका हुन्छन् ।
यो समुदायमा यस्तो अनौठो बिहेको चलन मात्र होइन किशोरावस्थामा पुग्नु अगावै बालिकाहरुको योनीच्छेदन गरिदिने चलन पनि छ । कैँची वा ब्लेडको माध्यमबाट योनीको केही भाग काटिदिने र त्यसपछि घाउ निको नहुन्जेल सम्म खुट्टा चलाउन नमिल्ने गरि बाँधिदिने कठोर चलन छ । साथै बालिकाहरुको कपाल समेत खौरिदिने चलन छ । यसरी योनीच्छेदन गरेपनि आफ्ना छोरीचेलीहरु पवित्र हुने मान्यता अभिभावकहरुमा छ । तर अदक्ष मानिसहरुले योनीच्छेदन गरिदिने र औषधि उपचार समेत नहुँदा रगत बगेर तथा संक्रमणका कारण बालिकाहरुको ज्यानै समेत जाने गर्छ ।
मनको इच्छा पूरा गरिदिने इनार
दुनियामा केही यस्ता रहस्यमय चिज हुन्छन् जसले प्रकृतिको नियमलाई नै चुनौति दिन्छन् । जमिनमा बनेको खाडलमा गहिराइ बढ्दै जाँदा अँध्यारो पनि बढ्दैजान्छ, किनकी तलसम्म प्रकाश पुग्न सक्दैन । तर यो शाश्वत सत्यलाई चुनौति दिएको छ एउटा इनारले । पोर्चुगलको सिन्तारामा रहेको एक इनारमा जति गहिराइमा गयो उति धेरै उज्यालो छ । यो इनारको पिँध निकै उज्यालो छ, बीचको भाग भन्दा । इनारको पिँध जमिनबाट प्रकाश निस्किरहेको छ र त्यो प्रकाशको रोशनी माथितर्फ आएको छ । लेडीरिनथिक ग्रोटा नामको उक्त इनारको आकार पनि अचम्मको छ । यो इनारको गहिराइ ४ तले घर जत्तिकै छ र यसको ब्यास तल घट्दै गएको छ । यसको आकार पनि अचम्मको छ र उल्टो टावरजस्तो देखिन्छ । इनारको बाहिरपट्ट िपनि कलात्मक पर्खाल तथा मूर्तिहरु कुँदिएको छ । इनारको पिँधमा कुनै बत्ति बालिएको छैन, तर त्यहाँ उज्यालो छ र प्रकाश कहाँबाट आएको छ रु त्यो रहस्यको विषय बनिरहेको छ । यो इनारलाई विशिङ वेल्स अर्थात् चिताएको कुरा पूरा गरिदिने इनारको नामले चिनिन्छ । मानिसहरु यो इनारमा सिक्का फ्याँकेर वर माग्ने गर्छन् । यो इनारभित्र सिक्का फाल्नाले मागेको वर पाइन्छ भन्ने आम मान्यता रहेको छ । इनार हेर्न आउने जो कोही मानिस अचम्ममा पर्छन् जब इनारको पिँधमा उज्यालो देखिन्छ । चारतले घरजत्तिकै गहिराइभित्र कहाँबाट प्रकाश आयो रु भन्ने विषय अहिले पनि रहस्यको विषय बनिरहेको छ ।
विश्वकै सबैभन्दा सानो बाईबल
इजरायलमा विश्वकै सबैभन्दा सानो बाइबल तयार गरिएको छ । जेरुसेलम नानो बाइबल कम्पनीले ५ मिलिमिटर अर्थात् ०.२ इन्च लामो इसाइ ग्रन्थ बाइबल तयार गरेको हो ।
इसाइहरुको धर्मग्रन्थ बाइबलका सबै अक्षरहरु लेखिएको यो सुक्ष्म बाइबल घाँटीको मालामा झुण्डाउन सकिन्छ र घडिको भित्रपट्टी लगाउन पनि सकिन्छ । साथैँ औलामा समेत बेर्न सकिन्छ ।
यो बाइबलको हालै उत्तरी इजरायलमा आयोजित एक समारोहमा प्रदर्शन गरियो । कम्पनीले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा यो बाइबललाई सबैभन्दा सानो बाइबलको रुपमा दर्ता गराउन औपचारिक दाबी पेश गरेपछि गिनिज बुकले अझै मान्यता दिइसकेको भने छैन ।
सुरुमा यो नानो बाइबलका २७ प्रति प्रकाशन गरिएको छ । यो बाइबल ल्याटिन भाषामा लेखिएको छ ।
बाइबलको पानाको रुपमा रहेका हरेक चिप सिलिकन वाफरबाट बनेको छ । हरेक अक्षरको चौडाइ ०।१८ माइक्रोन रहेको छ ।
विश्वमा अहिलेसम्म सबैभन्दा सानो बाइबलको रुपमा भारतमा बनेको १।१ इन्च लामो, १।३ इन्च चौडा तथा ०।३९ इनच मोटाइको बाइबलले गिनिज बुकमा दर्ता छ ।

Post a Comment

0 Comments