शीतलहर र सरकारी उदासिनता

 


वर्षेनी शीतलहरका कारण तराईका भूभागमा दर्जनौँ मानिसहरुको ज्यान गएको हामीले देख्दै आएका छौँ

सरकारले शीतलहरबाट बच्नको लागि कुनै विशेष योजना अहिलेसम्म ल्याएको छैन तराई मधेश नेपालको अन्न भण्डार पनि हो यहाँका जमिनमा बाली सम्म धान लगाउन सक्ने हुँदा प्रमुख बाली धानमा नेपाल आत्मनिर्भर हुनसक्ने ठाउँ पनि यही तराई मधेश मात्रै हो

तर विगत केही दशकदेखि यस भूभागमा सरकारी उदासिनताका कारण यहाँका किसानले उचित मूआब्जा नपाउनुले धान खेति गर्ने किसान मर्कामा परेका छन् साथै युवाहरु विदेश पलायन हुन थालेका छन् जसले गर्दा नयाँ सीप सिकेर नयाँ ढंगले खेतिपाती गर्नेहरुको संख्या घट्न थालेका छन् यसले गर्दा अहिले धानबाट उत्पादन हुने चामलकै लागि पनि छिमेकी राष्ट्र भारतमा निर्भर हुन पर्ने भएको केही दशक अगाडिसम्म नेपाली चामल भारत पैठारी हुँदै आएको थियो तर अहिले भने भारतीय ब्राण्डका चामल नेपाल निकासी भैरहेको

सरकारले नेपालको एक तिहाई भूभागको समस्या, त्यो पनि वर्षेनी हुने समस्यामा समेत उदासिनता देखाउनुले सरकार प्रति यस भूभागका जनताको बिश्वास गुम्दै गईरहेको यसैको फलस्वरुप गत स्थानीय निर्वाचन प्रदेश सभा एवं प्रतिनिधि सभाको निर्वाचनमा यस भूभागमा रहेको प्रदेश नं. मा मधेशी दल राजपा संघीय समाजवादी फोरमले प्रदेश सरकार बनाउन सक्ने गरि बहुमत प्राप्त गर्न सफल भएको

यहाँका जनताले केन्द्र सरकारबाट अपेक्षा नगरेपछि प्रदेश सरकारले यो समस्याको समाधान गर्नेमा बिश्वास गरेका छन् तर यो वर्षको जाडोमा भने प्रदेश सरकार बन्ने छाँटकाँट नै छैन जसले गर्दा तराई मधेशका जनतालाईढुंगो बोल्दैन राजा आउँदैनभन्ने उखान चरितार्थ भएको

साथै भारतसँगको खुला सिमानाका कारण यो भूभाग सामरिक महत्वको भूभाग समेत हो सरकारले यस भूभागको भारतसँग जोडिएको सिमानामा सःशस्त्र प्रहरी खटाएको तर त्यो पर्याप्त मात्रामा छैन जस्ले गर्दा सीमा सुरक्षाको कुरा भगवान भरोसामा छाडिएको भान पर्छ

लावण्य सन्देश वर्ष अंक ३० को सम्पादकीयबाट

Post a Comment

0 Comments