पत्रकार जुनसुकै अवस्थामा पनि समाचारको लागि तयार हुनुपर्ने

साँखु÷गत असार ७ गते लावण्य सन्देश साप्ताहिकले चौँथो वर्ष पूरा गरि पाँचौ वर्ष प्रवेश गरेको अवसरमा सक्व कटेजमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय समाचार समितिका अध्यक्ष कूलचन्द्र वाग्ले, विशेष अतिथि काठमाडौँ क्षेत्र नं. २ का सभासद दिपक प्रसाद कुइँकेल, नेपाली काँग्रसका नेता प्रतिमा गौतमले संयुक्तरुपमा मैनवत्ती बालेर गरेका थिए । कार्यक्रममा भूकम्पका कारण मृत्युवरण गर्न पुगेकाहरुको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि कूलचन्द्र वाग्लेले पत्रकारहरु सदैव समाचारका लागि तयारी अवस्थामा रहनुपर्ने र त्यस्तोखाले जिम्मवारी लावण्य सन्देशले पूरा गरेको बताएका थिए । आफ्नो कार्यालय क्षति हुँदा र साँखु बजारमा विजुलीको पहुँच नहुँदा समेत लावण्य सन्देशले आफ्नो पत्रिकालाई नियमितरुपमा पाठक समक्ष पु¥याएर आफ्नो धर्म निर्वाह गरेको बताएका थिए । विशेष अतिथि सभासद दिपक प्रसाद कुइँकेलले काठमाडौँ को पूर्वी भेगमा लावण्य सन्देशले आम जनतालाई सूसुचित हुन मद्दत गरेको बताएका थिए । कार्यक्रममा नेपाल पे्रस युनियनका महासचिव अजयबाबु शिवाकोटी, सञ्चार विकास समूहका मुरारी कुमार शर्मा, गोरखापत्र संस्थानका गोकर्ण अर्याल, नेपाल पे्रस युनियनका पूर्व प्रशिक्षण विभाग प्रमुख आनन्दराम आचार्य, नेकपा एमालेका एलपी श्रेष्ठ, नेपाल महिला संघका काठमाडौँ अध्यक्ष विष्णुदेवी पुडासैनी लगायतले पत्रिकाको प्रगतिको शुभकामना व्यक्त गरेका थिए भने मानन्धर अभागीले गजल वाचन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सम्पादक पवनलाल श्रेष्ठले दिएका थिए भने कार्यक्रम सञ्चालन सत्यनारायण श्रेष्ठले गरेका थिए । कार्यक्रमको सभापतित्व मिजेन्द्रकाजी श्रेष्ठले र धन्यवाद ज्ञापन जयराम श्रेष्ठले गरेका थिए ।

Post a Comment

0 Comments