महिलाको घाँटीबाट निकालियो ४ फिटको सर्प

 

यो दुनियाँमा कहिलेकाहीँ पत्याउनै नसकिने खालका यस्ता घटना हुन्छन्, जुन सुन्दा पनि आँत नै सिरिङ्ग हुन्छ

हालै रुसमा एकजना महिलाको मुख हुँदै घाँटीभित्र छिरेको एउटा सर्पलाई बल्लतल्ल बाहिर निकालिएको

दक्षिणी रुसको दागेस्तानमा पर्ने लेभासी गाउँकी ती महिला बगैँचामा सुतिरहेको बेला उनको मुखबाट फिटको सर्प भित्र छिरेर घाँटीबाट तलसम्मै पुगिसकेको थियो

सर्प मुखभित्र छिरेपछि तत्कालै ब्युँझिएर रन्थनिएकी ती महिलालाई तत्काल अस्पताल लगियो त्यहाँ उनलाई बेहोस पारियो डाक्टरहरुले उनको घाँटीभित्र छिरिसकेको सर्प निकाल्न सफल भए

सार्वजनिक भएको भिडियोमा महिलाको मुखभित्रबाट ट्युबको सहायताले सर्प निकालेपछि डाक्टरहरु पनि आत्तिएको देखिन्छ बाहिर निकालेपछि उक्त सर्पलाई त्यहाँ रहेको बकेटमा हालिएको उक्त सर्प ज्युँदै कि मरेको भन्नेचाहिँ भिडियोबाट खुल्दैन

मानिसको मुखबाट सर्प छिरेको उक्त घटना निकै दुर्लभ भएको तर सो ठाउँका बुढापाकाहरुले चाहिँ घरबाहिर गएर सुत्न नहुने सुतेमा मुखभित्र सर्प छिर्ने भन्दै पहिले देखिनै सल्लाह दिने गरेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्

मेट्रो डक को डट युकेबाट

Post a Comment

0 Comments