लावण्य÷साँखु । यही कार्तिक ८ गते भाग्योदय माविले शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा ७० औँ वार्षिकोत्सव विद्यालय प्राङ्गणमा मनाएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै मेयर सुवर्ण श्रेष्ठले यस क्षेत्रकै पुरानो विद्यालयको प्रगतिको कामना गर्दै भन्नुभयो– “शंखरापुर नगरपालिकाले शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन गरेको छ । साथै शैक्षिक विकासको लागि स्थानीय पाठ्यक्रम समेत तयार गरेको बताउनु भयो ।”
कार्यक्रममा अतिथि शंखरापुर नगरपालिकाका शिक्षा विभाग प्रमुख बौधराज निरौलाले शंखरापुर नगरपालिका भित्रका शैक्षिक समस्या र चुनौतीबारे बताउँदै भाग्योदय मावि पहुँचको दृष्टिकोणले सहज पहुँचमा रहेको, विद्यालय संख्या पनि न्यून नभएको बताउँदै तर पनि करिब ५ सय हाराहारीमा विद्यार्थी पु¥याउने लक्ष्य लिनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेपाली काँगे्रसका राजुभाई मानन्धर, नेकपा (नेकपा)का एलपी श्रेष्ठ, शंकर दुलाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरज केसीको सभापतित्वमा भएको थियो ।
0 Comments
Thanks for your concerns