आज बाट काठमाडौँमा जुलुस सभा गर्न नपाईने !




– कृशु श्रेष्ठ –

काठमाण्डौमा आजदेखि मेला, महोत्सव तथा सभा जुलुस गर्न नपाइने

२०७८ असोज १४ गते बिहीवार

लावण्य÷साँखु । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भीडभाड, मेला र महोत्सव गर्न रोक लगाएको छ ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ ।

अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो । कोभिड–१९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ ।

Post a Comment

0 Comments