“विश्वको सबैभन्दा ठूलो परिवार” का घरमुलीको निधन
विश्वको सबैभन्दा ठूलो परिवारका घरमुली जियोना चानाको निधन भएको छ । भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने ७६ वर्षीय चानाको निधन भएको बीबीसीले जनाएको छ ।
मृतक जियोना चानाका ३८ पत्नी, ८९ जना छोराछोरी, १४ जना बुहारी तथा ३६ जना नातिनातिनी छन् । उनीहरू सबै जना एक सय कोठा भएको चार तले घरमा बस्दै आएका छन् । यही परिवारका कारण बख्तवांग गाउँ पर्यटकको आकर्षणको केन्द्र बनेको बीबीसीले जनाएको छ ।
जियोना सिकर्मी हुनुहुन्थ्यो भने उहाँकी जेठी पत्नीले घरका सबै सदस्यको कामको बाँडफाँड र अनुमगन गर्नुहुन्छ । अरू पत्नी र छोरा–बुहारी खेतीपाती गर्छन् । केही छोराहरू पैसा कमाउनका लागि अरू काम पनि गर्छन् ।
चानाको परिवारमा दैनिक झन्डै ४५ किलो चामल, ४० वटा कुखुरा, २५ किलो दाल, दर्जनौँ अण्डा, ६० किलो तरकारी र २० किलो फलफूल खपत हुन्छ ।
जुम्ल्याहाका बाबु फरक–फरक
जुम्ल्याहा बच्चा तर पिता फरक–फरक ! यो सुन्दै असम्भव लाग्छ । तर यो सम्भव भएको छ अमेरिकामा । एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् र ती दुइ जुम्ल्याहा बच्चाका पिता भने फरक फरक हुन् ।
छोटकरी नाम टि एम बताइएकी तर अन्य विवरण गोप्य राखिएकी ती महिलाले सुरुमा आफ्नो नयाँ ब्वायफ्रेण्ड नै दुबै बच्चाको बाउ भएको बताएकी थिइन् । तर पछि मातृत्वको लिखतमा दस्तखत गर्ने क्रममा उनले आफु नयाँ ब्वायफ्रेण्डसँग सम्भोग गर्नुअघि अरु कुनै पुरुषसँग सुतेको खुलासा गरिन् । त्यसपछि बच्चाहरुको पितृत्व परीक्षण गर्दा जुम्ल्याहा दुइ बच्चाको पिता एउटै नभएर फरक फरक रहेको प्रमाणित भयो ।
यो खुलासा भएसँगै अदालतले ती महिलाको पहिलो पार्टनरले एउटा बच्चाको खर्च भर्नुपर्ने फैसला गरेको छ । प्यासेक काउन्टी अदालतका न्यायाधीशले जुम्ल्याहा बच्चाका पिता फरक फरक रहेको हुँदा ती महिलाको हालका पतिले मात्रज्ञ दुबै बच्चाको पालनपोषणमा खर्च गर्न बाध्य नरहेको र महिलासँग सुरुमा यौन सम्पर्क गरेर एक बच्चाको गर्भाधारण गराउने पुरुषले उनका जैविक सन्तानको सम्पूर्ण खर्च व्यहोर्नुपर्ने फैसला गरे । महिलाको पहिलो ब्वायफ्रेण्डले अब बच्चाको पालनपोषणका लागि प्रतिहप्ता २८ डलर तिर्नुपर्नेछ ।
न्यायाधीशले आफुले जुम्ल्याहा बच्चाको पिता फरक फरक रहेको घटना पहिलोपटक देखेको बताए । तर विज्ञानले भने यस्तो कुरा सम्भव हुनसक्ने र हरेक १३ हजार जुम्ल्याहामा एउटा यस्तो भेटिने बताएको छ । जुम्ल्याहा सन्तानको जैविक पिता फरक फरक हुने यो प्रक्रियालाई हेट्रोप्याटर्नल सुपरफिकन्डेसन भनिन्छ । जब महिलाको एक पटकको महिनावारी चक्रमा दुइवटा डिम्ब तयार हुन्छन् र ती डिम्ब यौन सम्पर्कको क्रममा फरक फरक पुरुषको शुक्रकिटबाट फर्टिलाइजेसन हुन्छन् तब जुम्ल्याहा बच्चाका पिता फरक फरक हुन्छन् ।
किनेको जुस फिर्ता गर्दा ३४ अर्बको चिठ्ठा परेपछि...
किराना पसलमा केही सामान किन्न जाँदा दुईचार रुपैयाँमा पनि बार्गे्निङ गरिन्छ । कहिलेकाहीँ दुईचार रुपैयाँमा कुरा नमिलेर सामान खरीद नगरीकनै हिँडिन्छ त कहिले किनेको सामान पनि फिर्ता गरिन्छ ।
किनेको सामान फिर्ता गर्नुपर्दा खुसी त कसलाई पो लाग्ला र । तर कहिलेकाहीँ किनेको सामान फिर्ता गर्दा मानिस अर्बपति बन्दो रहेछ ।
यो कुनै काल्पनिक ठट्टा होइन । अमेरिकाका एक ५५ वर्षीय व्यक्तिको जीवनमा घटेको सत्य घटना हो ।
न्यु जर्सीमा बस्ने ५५ वर्षका तैयब सूमीले ५ डलर मूल्यमा पसलबाट सुन्तलाको जूसको बोतल किनेर ल्याए । जब उनले ५ डलरमा सुन्तलाको जुसको एउटा बोतल घरमा ल्याए तब उनकी पत्नी किचकिच गर्न थालिन्, महंगो हालेको भनेर । किनकी उनले अढाई डलरमा अर्को पसलबाट सोही जुस किनेर ल्याएकी रहेछिन् ।
त्यसपछि पत्नीको आदेशानुसार तैयब आफूले खरीद गरेको जुसको बोतल फिर्ता गर्न सोही पसलमा पुगे । उनले किनेको जूस फिर्ता गरेर तिरेको पैसा फिर्ता लिए ।
त्यो पसलमा पावरबल ज्याकपट अर्थात् चिट्ठा खुलेको रहेछ । ज्याकपटमा जित्नेले ३०६ मिलियन डलर जित्ने उल्लेख थियो । त्यसपछि उनले उक्त लट्रीको टिकट खरीद गरे र घर आए ।
चिट्ठा खरीद गरेको भएपनि उनलाई चिट्ठा पर्छ भन्ने कुनै आशा थिएन । अर्को दिन उनी आफ्नो गाडी धुनका लागि सोही स्टोरको बाटो हुँदै ग्यारेजतर्फ गैरहेका थिए । तर पसल अगाडि पुग्ने बित्तिकै उनले हिजो खरीद गरेको चिट्ठाको नतिजा चेक गर्ने हेक्का आयो । त्यसपछि उनले आफ्नो टिकट त्यहाँ रहेको मेसिनमा स्क्यान गरे ।
उक्त मेसिनमा टिकट स्क्यान गर्दा सो टिकट बिक्रेतालाई देखाउनु भन्ने सन्देश प्राप्त भयो । उनलाई लाग्यो कि मेसिनमा गडबडी भएकाले त्यो भनियो । उनले सोही सोँचेर उक्त टिकट पसलेलाई दिए । जब पसलेले उक्त टिकट चेक गरे, तब होसहबास नै उड्यो । किनकि तैयबलाई भाग्य चिठ्ठा परेको थियो र उनले ३१ करोड ५३ लाख डलरको चिट्ठा जितेका थिए । यो सुनेपछि उनको खुसीको सिमाना रहेन । एजेन्सीको सहयोगमा
0 Comments
Thanks for your concerns