रोचक जानकारी - यौनरोग संक्रमण हुँदा चम्किने कण्डम

 रोचक जानकारी - यौनरोग संक्रमण हुँदा चम्किने कण्डम

१३–१४ वर्ष उमेरका किशोर विद्यार्थीहरुले दुनियामै अहिलेसम्म नभएको अनौठो आविष्कार गरेर सबैलाई अचम्ममा पारेका छन् । बेलायतको लण्डनस्थित आइज्याक न्युटन एकेडेमीमा अध्ययनरत तिनजना किशोरहरुले यस्तो कण्डमको विकाश गरेका छन् जो यौनरोगका जिवाणुहरु भेट्ने बित्तिकै चम्किन थाल्छ ।

दी एस टी आइ कण्डम नामको उक्त अनौठो कण्डम निर्माण गर्ने विद्यार्थीहरुमा १३ वर्षका मुआज नवाज, १४ वर्षका डानयाल अली र १४ वर्षका चिराज शाह रहेका छन् । उनीहरुको यो आविष्कार विश्वमा बढ्दो यौनरोगको संक्रमण विरुद्धको लडाइँमा कामयावी हुने विश्वास गरिएको छ । उनीहरुको यो आविष्कारले टिन टेक अवार्ड समेत हात पारेको छ ।

उनीहरुले तयार पारेको यो कण्डममा यस्तो अणुहरुको प्रयोग गरिएको छ जुन यौनरोगका ब्याक्टेरिया तथा भाइरसको सम्पर्कमा आउँदै बित्तिकै चम्किन थाल्छ ।

कस्ता व्यक्तिले कोरोनाविरुद्धको खोप नलगाउने ?

कोरोना विरुद्धको खोप कसले लगाउने र कसले नलगाउने भन्ने अन्योल छ । १८ वर्षमाथिका सबै व्यक्तिले खोप लगाउन मिल्छ तर केही अवस्थाहरु पनि यस्तो अवस्थाको लगाउन मिल्दैन ।

निम्न अवस्थामा व्यक्तिले कोरोना विरुद्धको खोप लगाउन हुँदैन ः

१. १८ वर्षभन्दा कम उमेरका व्यक्ति

२.खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस् प्रतिक्रिया (गम्भीर एलर्जी) भएको व्यक्ति ।

३. यो खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस् भएको व्यक्ति ।

४. पहिला अन्य कुनै खोप, सुई, औषधि वा खानेकुराबाट गम्भीर प्रकारको प्रतिक्रिया भएको व्यक्ति ।

५. हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल

६. कोभिड–१९ को लागि मोनोक्लोनल एन्टीबडी वा कन्भाल्सेन्ट प्लाज्मा थेरापी उपचार विधि अपनाएका व्यक्तिले ९० दिन पछि खोप लगाउन मिल्छ ।

७.कोरोना संक्रमितले संक्रमणमुक्त भएको ३० दिनपछि खोप लगाउन मिल्छ ।

यी अवस्था भएका व्यक्ति बाहेक बाँकी सबै व्यक्तिले आफ्नो पालो आउँदा खोप लगाउनुपर्छ । खोप लगाउनु अघि आफ्नो रोग र आफुले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्छ ।

नक्कली अकाउन्टबाट थाहा पाइन् श्रीमान्को “सिक्रेट लाइफ”, वास्तविकता थाहा पाउँदा दंगै परिन् श्रीमती

अमेरिकामा एक महिला आफ्ना श्रीमानको अचम्मको व्यवहारले चिन्तित छिन् । महिलाले रिलेशनशिप एक्सपर्टलाई आफ्नो कहानी सुनाउँदै मद्दत मागेकी छिन् ।

यी महिलाले भनिन्, ‘म आफ्ना श्रीमानसँग १४ वर्षदेखि छु र हाम्रो विवाह भएको ११ वर्ष भइसकेको छ । मेरा श्रीमानका थुप्रै महिला साथी र पूर्व प्रेमिकाहरु भएको कुरा मलाई विवाह अघि नै थाहा भइसकेको थियो । तर उनले यो कुरा मसँग लुकाएर राखेका थिए ।’

‘थाहा भएपछि उनले मलाई ‘यसबारे खुलेर तिमीसँग कसरी कुरा गर्ने थाहा नभएकोले लुकाएको’ बताए । यद्यपि, उनले आफू ती महिलासँग आकर्षित भएको तर सामान्य दोस्तीभन्दा अरु केही नभएको बताए ।’

महिलाले लेखिन्, ‘अब ११ वर्षपछि मैले एकपटक पुनः उनका यस्ता केही महिला साथीबारे थाहा पाएकी छु । उनीहरुले ती महिलासँग थुप्रै डेटिङ साइटमार्फत् दोस्ती गरेका थिए । यीमध्ये एक महिला मेरा श्रीमानसँग बाइक राइडमा जाने गर्दथिन् । मलाई थाहा भयो कि मेरा श्रीमानले ती महिलालाई आफू सिंगल भएको बताएका थिए । ती महिलालाई मेरो बारे कुनै जानकारी छैन ।’

जब मैले यसबारे श्रीमानलाई सोधेँ तब उनले ‘म आफ्नो बच्चाहरुसँग सधैं व्यस्त रहने भएकोले’ कुराकानी गर्नका लागि मात्रै ती महिलासँग दोस्ती गरेको बताए । मेरा श्रीमानले ती महिलासँग आफ्नो दोस्तीबाहेक केही नभएको बताए ।

महिलाले भनिन्, ‘अब हालै मलाई अर्को कुरा थाहा भएको छ । मेरा श्रीमानले केही महिलालाई उनको श्रीमतीको मृत्यु भइसकेको बताएका छन् । 

Post a Comment

0 Comments