रोचक जानकारी

आधा पांग्रे साइकल, जसले गर्छ अन्यले जस्तै काम

साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ ।  तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएको छ ।

युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण, चेनलेस बाइक र आइस बाइकलगायत आफ्ना सरल आविष्कारहरूका लागि परिचित छन् । तर, उनको पछिल्लो आविष्कारले उनलाई चर्चित बनाएको छ ।

यो विचित्रको साइकलमा अगाडिको पूर्ण तर पछाडिको दुई वटा आधा पांग्रा छन् र तिनीहरूले अगाडिकोले जस्तै काम गर्छन् ।

यो साइकलका



दुई आधा पांग्र सही तरिकाले प्रयोग गर्दा एउटा पूर्ण पांग्राले जस्तै राम्रो काम गर्छ भन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ । तर, वास्तविकता यही हो । गोर्डिएभका अनुसार यो साइकलले अन्यले जस्तै राम्रो काम गर्छ ।

साइकल समतल सतहमा राम्रोसँग दौडने मात्र होइन यसले झन्झट र अवरोध ट्याकल गर्न सक्ने गोर्डिएभ बताउँछन् ।

अर्की महिलालाई सपनामा देखेको भन्दै श्रीमतीले श्रीमान्को यौनाङ्गमा खन्याइदिइन् तातो पानी



आफ्ना श्रीमानले अरु महिलाको प्रशंसा गरेको त के हेरेको समेत पनि श्रीमतीलाई मनपर्दैन । तर एकजना श्रीमतीले आफ्ना श्रीमानले अर्की महिलाको सपना देखेकोसमेत सहन सकिनन् । त्यसैले सुतिरहेका श्रीमानको यौनाङ्गमा तातोपानी खन्याइदिइन् । यही आरोपमा बोलिभियाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

अडिटी सेन्ट्रल यो अचम्मको घटना गत हप्ता बोलिभियाको शहर ला पाजमा भएको हो । ती महिलाले प्रहरीलाई दिएको बयान अनुसार उनका ४५ वर्षका श्रीमान् सुतिरहेका बेला बर्बराइरहेका थिए । श्रीमानले सपनामा नै अर्की महिलालाई आफ्नो प्रेम भावना व्यक्त गरिरहेका थिए । श्रीमानले अर्की महिलाको नाम लिएर बर्बराइरहेको सुनेपछि रिसले आगो भएकी श्रीमती त्यसपछि भान्सामा गइन् । एक भाँडो पानी बसालिन्, मज्जाले उमालिन् र त्यो पानी श्रीमानको यौनाङ्गमा खन्याइदिइन् । प्रहरी स्रोतका अनुसार तातो पानीले ती पुरुषको यौनाङ्गमा क्षती पुगेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । उनको पाखुरा र पिठ्युँमा पनि घाउ भएका छन् ।

पीडित आफैँले घटनाबारे प्रहरीलाई खबर गरे वा पोलेपछि चिच्याएको आवाजले छिमेकी सतर्क भए भन्नेबारे भने सटिक जानकारी प्राप्त छैन । तर टिएन इन्टरनेशनलका अनुसार स्थानीय अधिकारीले घटनाबारे छानबिन सुरु गरिसकेका छन् ।

ला पाजको स्पेशल क्राइम फाइटिङ फोर्सका सह–निर्देशक जुआन जोसे डोनेयरले २५ वर्षका यी व्यक्ति श्रीमतीमार्फत् घरेलु हिंसाको शिकार भएको पहिला घटना नभएको बताउँछन् । उनी भन्छन्, ‘यसअघि पनि ती महिलाले आफ्ना श्रीमानलाई अत्यधिक रक्सी खुवाएर आगो लगाइदिने प्रयास गरेकी थिइन् ।’

पहिलो पटक श्रीमानको कुन कुरामा श्रीमती यत्ति धेरै रिसाइन् भन्ने जानकारी पनि छैन । तर पछिल्लो पटक भने उनले अति नै गरेकी हुन् भन्दा फरक पर्दैन ।

Post a Comment

0 Comments