रोचक जानकारी



कमिलाको अनौठो व्यवहार ः एक अर्काको मुखमा बान्ता गरेर मित्रता कायम !

यो विशाल पृथ्वीमा करोडौँ प्रकारका जीवजन्तु छन् । पर्यावरण सन्तुलन राख्नका लागि प्रकृतिले सबै जीवहरुलाई अहम जिम्मेवारी दिएको हुन्छ । कमिला पनि यस्तो जीव हो जुन पर्यावरणका लागि निकै महत्वपूर्ण हुन्छ । मानिसमा जस्तै कमिलाले पनि एक आपसमा मित्रता कायम गर्दछ र सामाजिक बन्धनमा रहन्छ ।

तपाइँलाई सुन्दैमा अनौठो लाग्न सक्दछ कि कमिलाले एक अर्काको मुखमा बान्ता गरिदिएर मित्रता कायम गर्दछन् । कमिलाले एक अर्काको मुखमा बान्ता गरिदिएर सामाजिक बन्धन कायम गर्ने र सूचनाको आदानप्रदान गर्ने गर्दछन् ।

कमिलाको शरीरमा प्रमुख ३ भाग हुन्छन् । पहिलो भाग फोरगट, दोश्रो भाग मिडगट र तेश्रो हिन्डगट ।

पेटको सुरुवाती हिस्साको रुपमा रहेको फोरगटलाई सामाजिक पेट पनि भनिन्छ । त्यहीँ सामाजिक पेटको प्रयोग कमिलाहरुले मित्रता बढाउन तथा सूचना संकलनका लागि गर्दछन् ।

फोरगटमा रहेको बान्तालाई कमिलाहरुले सामाजिक मित्रता बढाउने काममा प्रयोग गर्दछन् । त्यसका लागि कमिलाले एक अर्काको मुखमा उल्टी गरिदिन्छन् । उक्त प्रक्रियालाई ट्रोफाल्याक्सिस भनिन्छ ।

कमिला सामाजिक प्राणी हो जुन सदैव कोलोनी अर्थात् झुण्ड बनाएर बस्दछ । कमिलाको समूहको प्रतिनिधित्व रानी कमिलाले गर्छिन्। कमिलाको गोलोमा भाले र पोथी कमिला सँगै रहन्छन् । भाले कमिलालाई उसको प्वाँखबाट चिन्न सकिन्छ भने पोथी कमिलाको प्वाँख हुँदैन ।

कमिलाको आँखा केवल देखावटी मात्र हुन्छ, अर्थात् आँखाले देख्दैन । खानाको खोजीमा बाहिर निस्किएको बेलामा कमिलाहरुले रानी कमिलाद्धारा छाडिएको फेरोमोन्स नामक रसायनको गन्ध सुँघेर एक अर्काको पछाडि लस्कर बनाएर हिँड्दछन् । एजेन्सीको सहयोगमा

कोभिड–१९ राहत कोषबाट पैसा निकालेर महँगा कार र घडी !

अमेरिकामा कोभिड–१९ महामारीका बेला सुरु गरिएको राहत कोषबाट ऋण निकालेर महँगा कार र घडी किनेका एक व्यक्तिलाई ९ वर्षको जेल सजाय सुनाइएको छ ।

ह्युस्टनका ३० वर्षीय ली प्राइसलाई कोभिड राहत कोषबाट निकालेको रकमबाट कार तथा घडी किनेको र घर कर्जा तिरेको भन्दै ९ वर्ष जेल सजाय सुनाइएको न्याय मन्त्रालयले जानकारी गराएको हो ।

नक्कली निवेदन पेश गरेर जालसाजी र सम्पत्ति शुद्धीकरणमा संलग्न भएको अभियोगमा लीलाई ९ वर्षको जेल सजायँ सुनाइएको समाचारमा उल्लेख छ । उनले सेप्टेम्बरमा नै आफूमाथि लागेका आरोप स्वीकारेका थिए ।

मन्त्रालयका अनुसार लीले पेचेक प्रोटेक्सन प्रोग्राम (पीपीपी) नामक कोभिड राहत कोषबाट जालसाजी गरेर पैसा निकालेका थिए । उनले ३ वटा साना व्यवसायको नाममा दुई पटक ऋणका लागि निवेदन दिएका थिए । पीपीपीबाट २६ लाख अमेरिकी डलर ऋण लिने प्रयास गरेका उनले १६ लाख डलर लिकाल्न सफल भएको सीएनएनले जनाएको छ ।

पीपीपीसमक्ष ऋणका लागि २ पटक निवेदन दिएका लीले पहिलो निवेदनमा निर्माण कम्पनीका लागि ७ लाख ५२ हजार ४५२ डलर दिन अनुरोध गरेका थिए । त्यसक्रममा निवेदन दर्ता हुनु अघि नै निधन भएका ओहायोका एक व्यक्तिको तर्फबाट उक्त रकम बराबरको ऋण माग गरेका थिए ।

पहिलो निवेदनमा लीले निर्माण कम्पनीमा ३० जना स्टाफ रहेको र औसत मासिक तलब खर्च ३ लाख ९८१ डलर हुने पनि दाबी गरेका थिए । तर अदालतको कागजातमा न कुनै कर्मचारी भएको न तलब नै दिइने गरेको उल्लेख छ । न्याय मन्त्रालयका अनुसार उनले निवेदनसँगै करसम्बन्धी नक्कली कागजात र चालक अनुमतिपत्र पनि पेश गरेका थिए ।

लीले मे ३ गते कोभिड कोषबाट पैसा निकालेर १८ दिनपछि ८५ हजार डलरमा फोर्ड एफ–३५० कार किनेका थिए । त्यस्तै, उनले दोस्रो निवेदनमा अर्को कम्पनीको नाममा ९ लाख ३७ हजार ५ सय डलर ऋण माग गरेका थिए । कम्पनीमा ५० जना कर्मचारी रहेको र तलबबापत् मासिक ३ लाख ७५ हजार खर्च हुने झूटो दाबी पनि गरेका थिए ।

दोस्रो निवेदन अनुमोदन भएपछि लीले जुन २३ गते ऋण रकम बुझेका थिए । उनले ३ दिनपछि १४ हजार ३४३ डलरमा रोलेक्स खडी किनेका र अर्को दिन २ लाख ३३ हजार ३३७ डलरमा ल्याम्बोर्गिनी कार किनेका थिए । पदाधिकारीहरूले उनीसँग बाँकी रहेको ७ लाखभन्दा बढी डलर रकम जफत गरेका छन् । अदालतले दुईटा कार र रोलेक्स घडी फिर्ता गर्न पनि भनेको छ ।

स्मरणीय रहोस्, कोभिड–१९ महामारीका बेला साना व्यवसाय सञ्चालन गरी कामदारको रोजगार सुनिश्चित गर्न भन्दै अमेरिमामा पीपीपी ऋण कार्यक्रम लागू गरिएको थियो । तर उक्त कार्यक्रम यही मे ३१ मा अन्त्य भएको छ । सीएनएनबाट

Post a Comment

0 Comments