शंखरापुर नगरपालिकाको प्रायोजन तथा शंखरापुर कृषक समूहको आयोजनामा १९ औ“ राष्ट्रिय धान दिवस शंखरापुरमा मनाइयो ।
२०७९ असार १५ गते
लावण्य/साँखु । शंखरापुर नगरपालिकाको प्रायोजन तथा शंखरापुर कृषक समूहको आयोजनामा १९ औँ राष्ट्रिय धान दिवस शंखरापुरमा मनाइयो ।
धान दिवस कार्यक्रमका प्रमुख अतिथि वागमति प्रदेश सदस्य मणिराम फुयाल, विशेष अतिथि शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, विशेष अतिथि उप मेयर समिता श्रेष्ठ, अतिथि वडा नं. ६ का वडा अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, शंखरापुर नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
औपचारिक कार्यक्रममा बोल्दै वागमति प्रदेश सभा सदस्य मणिराम फुयालले भन्नुभयो– जुनसुकै र जस्तोसुकै विकास भएतापनि कृषि पेशाको विकल्प नभएको हुँदा किसानको कामको उचित मूल्यांकन गर्दै राज्यले किसानको उब्जनीको समर्थन मूल्य तोकेर किनिदिनुपर्ने बताउनुभयो ।
यस्तो गरिएमा किसानहरु विस्थापित हुनबाट जोगिन्छन् नभए किसानहरु यो पेशाबाट विस्थापित हुने हुँदा आजभन्दा भयावह रुपमा खाद्यान्न संकट गहिरिन सक्ने बताउनुभयो ।
कार्यक्रममा मेयर रमेश नापितले भन्नुभयो– नगरपालिकाको सहयोग अब प्रत्यक्ष किसानले पाउने गरी वितरण गरिनेछ । यसमा किसानको उब्जनी अनुसार अनुदान दिइने समेत उहाँले बताउनुभयो ।
शंखरापुर कृषक समूहले उत्पादन गरिरहेको बीउविजनको बजारीकरणको आवश्यकता रहेको बताउँदैन त्यसको लागि कृषक समूहसँग नगरपालिकाले सहकार्य गर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख समिता श्रेष्ठले धेरै समयपछि आफुले खेतमा धान रोप्न पाएको भन्दै माटोमा पाईला टेक्ने वातावरण बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले भन्नुभयो मलको हाहाकार हुँदा वागमति प्रदेशका कृषि मन्त्रीसँग हार गुहार गर्दा उनको विवशता देखेर जनप्रतिनिधि पनि निरिह भईरहेकोले यो व्यवस्थामा परिवर्तन जरुरी रहेको बताउँदै पञ्चायत कालमा एक बोरा मल पाउने ठाउँमा किसानहरुले लाईनमा बसेर पनि अहिले ५ किलो मल पाईरहेकोमा असन्तुष्टी व्यक्त गर्नुभयो ।
उहाँले शंखरापुर नगरपालिका कृषकको जीवनस्तर उकास्नको लागि आवश्यक सहकार्य गर्न तयार रहेको बताउँदै शंखरापुरको नारा नै कृषि र पर्यटन रहेको हुँदा यसमा नगरपालिकाले तदारुकताका साथ गम्भीर भएर काम गर्ने बताउनुभयो ।
कार्यक्रममा कृषि शाखाका प्रमुखले किसानहरुलाई आवश्यक सेवा र सुविधान दिन शाखा तयार रहेको बताउनुभयो ।
कार्यक्रम सञ्चालन सुन्दर मल्लले गर्नुभएको थियो भने स्वागत मन्तव्य मनिता श्रेष्ठले दिनुभएको थियो । कार्यक्रमको सभापतित्व समूहका अध्यक्ष सुर्जनारायण श्रेष्ठले गर्नुभएको थियो ।
0 Comments
Thanks for your concerns