१ असोज २०७९, शनिवार
लावण्य/साँखु । रोटरी क्लब अफ साँखु तथा रोट्रयाक्ट क्लब अफ साँखुको आयोजना तथा पतञ्जली योग विज्ञान, शंखरापुर नगरपालिका, नेपाल स्काउट सक्व क्रयु र चलाखुटोल टोलसुधार समितिको सहयोगमा यहि असोज ११ गते देखि १५ गते सम्म निःशुल्क ५ दिने खुल्ला पतञ्जली योग विज्ञान शिविर सञ्चालन हुँदैछ ।
रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ का ए जि तथा योग गुरू गु्रवेन तौजलेज्यूको प्रत्यक्ष निर्देशनमा सञ्चालन हुने सो कार्यक्रम चलाखुटोलमा बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने छ ।
सो शीविरमा भाग लिनको लागि ८० जनाको कोटा तोकिएको हुँदा तत्काल रोटरी क्लब लगायतका संघसंस्थाहरुसँग सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।
सो कार्यक्रमका कार्यक्रम संयोजक नवराज श्रेष्ठ हुनुुहुन्छ ।
साँखुमा खुल्लारुपमा हुन लागेको योग शीविरमा भाग लिनको लागि समयमै नाम टिपाउन समेत रोटरी क्लब अफ साँखुले आम जनसमुदायमा अनुरोध गरेको छ ।

0 Comments
Thanks for your concerns