व्यायामले निको पार्छ क्यान्सर !



कसरतले स्तन क्यान्सर निको पार्ने

दिनहुँ व्यायाम गर्नु हुन्छ भने यसलाई संधै निरन्तरता दिइरहनुस् किनभने यसले तपाईलाई निकै फाईदा दिन्छ । महिलाको हकमा शुभ समाचार के पनि छ भने नियमित व्यायामले तन्दुरुस्त रहने महिलाले स्तन क्यान्सरको खतरालाई सजिलै पार गर्न सक्छ । युरोपियन जर्नल अफ क्यान्सर प्रिभेन्समा प्रकाशित एउटा नयां अनुसन्धानमा दावी गरिए अनुसार नियमित रुपमा व्यायाम गर्ने महिला स्तन क्यान्सरको शिकार भए पनि उनीहरु मध्ये करिव ४० प्रतिशत यो रोगका कारण मर्ने सम्भावना कम हुन्छ । नर्थ क्यारोलिना विश्वविद्यालय अध्ययन दलको एउटा समूहले किशोरावस्थादेखि नै ब्यायाम गर्ने महिलामा स्तन क्यान्सरसँग जुध्ने क्षमता बढी हुने औंल्याएको छ ।

यो अध्ययनमा बताइए अनुसार स्वस्थ जीवनशैली अपनाउने महिलामा स्तन क्यानसर भइहाले पनि निको हुने सम्भावना धेर्रै नै रहन्छ । अनुसन्धानकर्ताका अनुसार एउटा स्वस्थ जीवनशैली शरीरको प्रतिरक्षा प्रणाली राम्रो हुन्छ र क्यान्सर कोशिकासँग सजिलै जुध्न सकिन्छ । अध्ययनमा अनुसन्धानकर्ताले हालै यो रोगको उपचार गराउन १ हजार ५ सय ८ महिलालाई सामेल थिए । यसमा महिलाले सम्पूर्ण जीवनकालमा गरेको व्यायामको विस्तृत अध्ययन गरिएको थियो ।

विश्वकै लामो पुल

रुसले विश्वको सबैभन्दा लामो केबुल पुल उद्घाटन गरेको छ । मुलुकको सुदूरपूर्वी क्षेत्रको अर्थतन्त्रलाई पुनः बलियो बनाउन अरर्बौं अमेरिकी डलर बराबर खर्च गरी यो पुलको निर्माण भएको हो र यसको अन्तिम कार्य सम्पन्न गरिएको छ । प्रधानमन्त्री दिमित्री मेदभेदेभले सेप्टेम्बर महिनामा एशिया(प्रशान्त आर्थिक समुदायको शिखर वैठकको तयारीको स्थलगत निरीक्षणमा जाँदा भ्लादिभोस्तोकदेखि रुस्कायाद्वीपसम्म जाने उक्त पुलको उद्घाटन गर्नु भएको हो । यो पुल एक हजार १०४ मिटर लामो छ । रुसले यस क्षेत्रमा व्यापक लगानी आकर्षण गर्न २० अर्ब अमेरिकी डलर यस परियोजनामा खर्च गरेको छ ।

घरेलु काम गर्ने व्यक्ति स्वस्थ हुने !

घरेलु काम गर्न अल्छी गर्नेहरूलाई एउटा गजबको जानकारी आएको छ । खाना पकाउनु, भाडा धुनु बढारकुँडार गर्नुजस्तो दिनहुँ गरिने घरेलु कामकाजले एल्जाइमरको खतरा कम हुने जनाइएको छ । असी वर्षको उमेरमा समेत घरेलु कामले फाइदा गर्छ । यो अनुसन्धान न्युरोलजी जर्नलमा प्रकाशित छ ।

अध्ययनमा ७० देखि ८० वर्ष उमेर समूहका तर डिमेन्सिया नभएका ७ सय १६ व्यक्तिलाई सहभागी गराइएको थियो । उनीहरूको दैनिक क्रियाकलापलाई नियालियो, स्मरण शक्तिसँग सम्बन्धित परीक्षण समेत गरियो । ती सहभागीमध्ये करिव ७१ जनालाई करिब तीन वर्षपछि एल्जाइमर भयो । उनीहरू अन्य व्यक्तिको दाँजोमा कम सक्रिय देखिएका थिए । अनुसन्धान अनुसार, सबै प्रकारका शारीरिक क्रियामा रमाउने अभ्यास वृद्ध उमेरमा समेत एल्जाइमरको जोखिम कम गर्न सहायक हुन्छ । यस्तो उमेरमा सामान्यतः व्यायाम नगरिए पनि सामान्य दैनिक चर्यामा व्यस्त रहनुपर्ने अनुसन्धानले औंल्याएको छ । अब आजैदेखि घरेलु काममा हामी पनि किन नकस्सिने त ?

आन्द्राको क्यान्सरको लागि व्यायाम नै उपचार

पश्चिम अस्टे«लिया विश्वविद्यालय र पश्चिम अस्टे«लिया चिकित्सा अनुसन्धान संस्थानको संयुक्त दलले अध्ययनमा पाएअनुसार जो व्यक्ति नियमित रूपमा कुनै न कुनै शारीरिक व्यायाम गर्दछन् उनीहरूलाई क्यान्सर हुने आशंका कम हुन्छ ।

अनुसन्धानकर्ताहरूले यो अध्ययनका लागि ९ सय ७० व्यक्तिलाई सामेल गरे । तिनलाई आन्द्राको क्यान्सर पनि थियो । तीबाहेक ९ सय ६६ सामान्य व्यक्तिलाई समेत अध्ययनमा सहभागी गराइयो । सबै व्यक्तिसँग तिनको दिनहुँको शारीरिक अभ्यास, जीवन शैली, आहार, चिकित्सा र पेसाबारे सोधियो ।

अर्को कुरा, तपाईलाई शरीरसँगै मानसिक रूपले समेत फिट रहने मन भए नियमित रूपमा व्यायाम वा एरोबिक्स गर्नु्स् । हल्का व्यायाम वा एरोबिक्स गर्नु शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यका लागि समेत फाइदाजनक हुन सक्छ । नियमित एरोबिक्स गरे स्मरण शक्ति कमजोर हुने डिमेन्सिया रोगको खतराबाट जोगिन सकिन्छ । अमेरिकास्थित मायो क्लिनिकसँग आबद्ध स्नायु रोग विशेषज्ञ डा.जे. एरिक अहस्काङ र उनको टोलीले एरोबिक्स जस्तो हल्का व्यायाममा आधारित १ हजार ६ सयभन्दा बढी अनुसन्धानपत्रको अध्ययनपछि यो निष्कर्षमा जनाएको छ ।

चिनी बढी खाँदा छिट्टै बुढ्यौलीले छुने

चिनीले छिट्टै बुढो भइन्छ भन्ने निष्कर्ष निकालिएको छ । चिनीको अधिक मात्राले शरीरमा इन्सुलिनको स्तर बढाउँछ र बोसो लाग्न थाल्छ । शरीरमा बोसो सञ्चयसँगै आन्तरिक क्रियामा पनि फरक पर्न थाल्छ । अधिक चिनी वा गुलियो खान थाल्यौँ र इन्सुलिनको मात्रा बढ्यो भने बुढ्यौली चाँडै आउँछ भन्ने खोजकर्ताहरुको निष्कर्ष छ । चिनीको रासायनिक संरचना कार्बोहाइड्रेटहरु तथा मोनोसाचेराइड्स, डिसाचेराइड्रेटहरु र ओलिगोसाचेराइड्समा आधारित हुन्छ । सबैभन्दा महत्वपूर्ण मोनासाचेराइड्स भनेको ग्लुकोज, डेक्सट्रोज र फ्रक्टोज हुन् । धेरै जसो चिनीबीचको सम्मिश्रणबाट जटिल खालको चिनी, सक्रोज बन्छ । विशेष गरी होटलहरुको टेबलमा राखिने चिनी सक्रोज हो । सक्रोज डिसाचेराइडवर्गमा पर्छ किनभने यसमा आधा ग्लुकोज र आधा फ्रक्टोज हुन्छ ।

मान्छेले विभिन्न खाद्य वस्तुबाट चिनी उपभोग गरिरहेको छ । अधिकांश चिनी सामान्य ग्लुकोजमा परिणत हुन्छ । यसरी परिवर्तित ग्लुकोजलाई इन्सुलिनले कोषहरुसम्म पु¥याउँछ । कोषहरु र प्रवाह भइरहेको इन्सुलिनबीच तालमेल मिलुञ्जेलसम्म शरीरमा यो कार्य राम्रोसँग हुन्छ ।

तर, अचेलको आधुनिक जीवनशैलीले रगतमा ग्लुकोजको मात्रा निरन्तर बढी रहने र इन्सुलिन पनि त्यही अनुरुप वृद्धि हुने भएकाले अन्ततः कोषको इन्सुलिनसँगको तालमेल बिग्रन्छ । रगतमा चिनी र इन्सुलिनको वृद्धिले शरीरमा ठूलो मात्रामा फ्रिरेडिकलहरु उत्पादन भएर क्षति पुग्न थाल्छ । कोषहरु क्षतिग्रस्त हुने भएकाले छालाको चमक पनि हराउने दावी खोजकर्ताहरुको छ ।

Post a Comment

0 Comments