डेंगु विरुद्ध साँखुका युवाहरुको सक्रियता









३० भाद्र २०७९, बिहीवार

लावण्य/साँखु । यही भाद्र २९ गते बुधवार साँखुका केही जागरुक युवाहरुको समूह रोटरी क्लब अफ साँखु, शंखरापुर स्काउट, सक्व क्रु, रोट्रयाक क्लब अफ साँखुका युवाहरुको एक समूहले विषादी छर्कने स्पे्रयर पम्पबाट डेंगु विरुद्ध साँखु बजारमा स्यानिटाईज गरेको छ ।

रोटरी क्लब अफ साँखुका अध्यक्ष लकस श्रेष्ठका अनुसार यो सुरुवात मात्रै भएको र अब शंखरापुर नगरका अन्य स्थानहरुमा समेत रोटरी क्लबका साथिहरुको सहायतामा डेंगु विरुद्ध स्यानिटाईज गर्ने भएको छ ।

सिमाना जोडिएको कागेश्वरी मनोहरा नगरपालिका डेंगु संक्रमणको लागि रेड जोनमा पर्दा शंखरापुरमा समेत सचेतना जरुरी भएको महसुस गरिएको छ ।

Post a Comment

0 Comments