१४ असोज २०७९, शुक्रवार
लावण्य/साँखु । “गरौ योग, रहौ निरोगी” भन्ने मूल नाराका साथ सुरु गरिएको पतञ्जली योग पिठ नेपालको तत्वावधानमा निशुल्क योग बिज्ञान शिविर रोटरी क्लब अफ साँखु, शंखरापुर नगरपालिका, चलाखुटोल सुधार समिति, सक्व स्काउट क्र्यु, रोट्रयाक्ट क्लब अफ साँखुको सहयोगमा सञ्चालन गरिएको शीविरको भोलि बिहान समापन हुने भएको छ ।
सो शीविर असोज ११ गते देखि शुरु भएको थियो । असोज १५ गते भोलि साँखुको चलाखु टोलमा बिहान ५ बजे देखि ७ बजे सम्म योग शीविर सञ्चालन गरिसकेपछि समापन कार्यक्रम गरिने भएको हो ।
सो शीविरमा प्रत्येक दिन सयौँको संख्यामा योगाभ्यास गर्न चाहनेहरुको भीड लागिरहेको थियो । सो शीविर सञ्चालन पछि आयोजकहरु उत्साहित भएका छन् ।
शीविरमा नगर प्रमुख रमेश नापित उप प्रमुख समिता श्रेष्ठ प्रवक्ता एबम वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ लगायत स्थानीयले सहभागिता जनाएका छन । स्वास्थ्यनै ठुलो धन भएको हुँदा योगको माध्यमबाट आम व्यक्तिलाई स्वस्थ जीवनयापन गर्न प्रेरित गर्ने उद्देश्यका साथ शुरु भएको उक्त शिविरले नागरिकहरुमा योग विज्ञानको महत्व र यसले मानव जीवनमा पार्ने प्रत्यक्ष फाइदाका विषयमा सकारात्क सन्देश प्रभाव गर्ने अपेक्षा लिइएको छ ।
सो शीविरमा रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ का ए जि तथा योग गुरु गु्रवेन तौजलेले योग सिकाउनुभएको थियो । उहाँलाई साँखुका योग गुरु तीर्थ विनोद गिरीले सघाउँदै आउनुभएको छ ।
0 Comments
Thanks for your concerns