तिमीले यो के बनायौ ?






– राजु थापा, खुलालटार


ए सरकार !

तिमीले यो के बनायौ ?

सडक बनायौ कि खोला बनायौ ?

कपनको भेल,

जोरपाटी आउँदछ

मोटरसाइकल  र मोटर डुबाउँदछ ।

गाउँ मासेर त

शहर बनायौ ।

न नहर बनायौ

न लेन बनायौ

तिमीले यो के बनायौ

सडक बनायौ कि खोला बनायौ ?


Post a Comment

0 Comments