आयुर्वेद भन्छ, आफ्नो दिनको सुरुवात घाम उदाउनुअघि गर्नुपर्छ । नभएपनि सूर्योदयसँगै उठ्ने अभ्यास गरौं । यसले गर्दा आफ्नो पुरा दिन सही ढंगले व्यवस्थापन गर्न पाइन्छ । आयुर्वेदमा स्वतः बिहान उठ्नुपर्ने वताएको छ । यसका लागि अलार्मको भर पर्नु हुँदैन ।
ब्रेकफास्ट गर्नुअघि खाली पेट व्यायाम एवं योग गर्नुपर्छ । यसले शरीरमा नयाँ उर्जा प्रवाह गर्नका साथै रक्त संचारलाई पनि बढाइदिन्छ । खुला हावामा उभिएर ५ देखि १० मिनेटसम्म पुरा फोक्सो फुलार सास लिनुपर्छ । यसले शरीरमा अक्सिजनको मात्रा पुरा गर्छ । साथै फोक्सो स्वस्थ्य र बलियो बन्छ ।
नियमित रुपमा दिनमा दुई, चार गिलास मनतातो पानी पिउनुपर्छ । यसले पाचन प्रक्रिया चुस्त एवं तन्दुरुस्त हुन्छ । मुटु रोगको खतरा पनि कम हुन्छ ।
आयुर्वेदमा उल्लेख भए अनुसार बिहानको नास्ता लिनैपर्छ । बिहान नास्ता गर्नु हाम्रो पहिलो प्राथमिकता हो । नास्ता ७ देखि ९ बजेको बीचमा लिनुपर्छ । यसले मस्तिष्क सक्रिय रहन्छ । इनर्जी लेभल बढ्छ ।
हरेक दिन नियमित तालिका अनुसार खानेकुरा सेवन गरौं । खानेकुरा सुपाच्य, सन्तुलित होस् । तर, एकै पटकमा थरीथरीका खानेकुरा सेवन नगरौं । बरु दिनभरमा पटक–पटक थरीथरीका खानेकुराको सन्तुलन मिलाउनुपर्छ । विजातिय खानेकुरा सेवन नगरौं । सकेसम्म सात्विक भोजन लिनुपर्छ । मसला कम भएको, शाकाहारीलाई प्राथमिकता दिनुपर्छ ।
खाना खानुअघि वा खाना खाए लगत्तै पानी पिउनु हुँदैन । खाना खानु आधा घण्टा अघि वा पछि मात्र पानी पिउनुपर्छ । यद्यपी खानाका साथमा थोरै पानी सेवन गर्न सकिन्छ । खाना खाए लगत्तै तुरुन्तै बलको काम नगरौं । साथै नुहाउनु पनि हुँदैन । खाना खानसाथ सुत्नु हुँदैन ।
हरेक दिन कम्तीमा आधा घण्टा घाममा बिताउनुपर्छ । यसले भिटामिन डि प्राप्त हुन्छ । शरीरको कतिपय दुखाई कम हुन्छ । कुप्रिएर, झुकेर, खुम्चिएर बस्नु हुँदैन । यसरी बस्दा शरीरका भित्री अंगहरुको कार्य संचालनमा बाधा पुगिरहेको हुन्छ । सोझो वा मेरुदण्डलाई सिधा बनाएर बस्नुपर्छ । हरेक दिन कम्तीमा सात वा आठ घण्टा सुत्नैपर्छ । सुत्ने कोठा खुला वा हावा आउजाउ गर्ने हुनुपर्छ । सुत्ने समयमा मनमा अनेक कुरा खेलाउनु हुँदैन ।
के गुलियो खानेकुराले मधुमेह हुन्छ ?
चिनीजन्य खानेकुरा सेवन नगर्दा मधुमेह लाग्दैन भन्ने जमात पनि कम छैन । जबकी मधुमेहको कारण चिनीजन्य खानेकुरा मात्र होइन ।
मधुमेह हुनुमा वंशानुगत र अन्य कारण बढी जिम्मेवार हुन्छ । यद्यपी मधुमेहले ग्रस्त भइसकेपछिको अवस्थामा गुलियो खानेकुरा सेवन गर्दा शुगर अनियन्त्रित हुन्छ ।
मधुमेहका रोगीलाई अक्सर सल्लाह दिने गरिन्छ कि, उनीहरुले सुगर फ्रि चिज खानुपर्छ । जबकी मधुमेह रोगीको खाना शुगर फ्रि मात्र होइन, क्यालोरी फ्रि पनि हुनुपर्छ । अहिले के पनि भन्न थालिएको छ भने, मधुमेह भनेको खानदानी रोग हो । अर्थात हुनेखानेलाई लाग्ने रोग हो । यसको अर्थ जो सुख र सुविधाभोगी छन्, ऐशआरमको जीवन विताउँछन् उनीहरु यो रोगको चपेटामा आउँछन् ।
यसको अर्थ के भने, ऐशआरम खोज्नेहरु शारीरिक रुपमा निस्क्रिय हुन्छन् । श्रम गर्दैनन् । व्यायाम गर्दैनन् । मीठोमसिनो खान्छन् । यस किसिमको खराब जीवनशैली पनि अहिले मधुमेहको कारण बन्दैछ ।
दुई प्रकारको मधुमेह हुन्छ, टाइप–१ र टाइप–२ । यी दुबै मधुमेहको भिन्नतालाई सजिलै थाहा पाउन सकिन्छ । टाइप–१ मधुमेहमा इन्सुलिन उत्पादन गर्ने कोशिका शरीरको प्रतिरक्षा प्रणालीद्वारा नष्ट हुन्छ । जबकी टाइप–२ मधुमेहमो शरीरले प्यानक्रियाजद्वारा उत्पादन हुने इन्सुलिन प्रयोग गर्न सक्दैन ।
मधुमेहको रोगीले कम खानुपर्छ, भलै थोरै थोरै खानुहोस् । तर, आवश्य पनि खाइरहनुहोस् । मानिसहरु के सोच्छन् भने, मधुमेह बुढ्यौलीमा लाग्छ । तर, यो सबै उमेर समूहमा लाग्न सक्छ । बालकदेखि बयस्कसम्म ।
मधुमेह किन हुन्छ ?
हामी कामको चक्करमा पर्याप्त निन्द्रा लिदैनौं । राती अबेर सुत्ने, बिहान चाडै उठ्ने बानी पनि कतिपयको हुन्छ । तर, पर्याप्त निन्द्रा पुगेन भने विभिन्न रोग लाग्न सक्छ । त्यसमध्ये मधुमेह पनि एक हो । दिनमा कम्तिमा ८ देखि १० गिलास पानी पिउनुपर्ने हुन्छ । तर, पानीको मात्रा पुगेन भने शरीरमा ब्लड शुगरको मात्रा बढ्छ ।

0 Comments
Thanks for your concerns