४० वर्ष पछाडि फर्केर हेर्दा .....




२२ मंसिर २०७९, बिहीवार

लावण्य/साँखु । २०३९ सालमा भर्खरै जनमत संग्रह सकिएर पहिलो राष्ट्रिय पञ्चायतको निर्वाचन र नगर पञ्चायत तथा गाउँ पञ्चायतको निर्वाचन भईसकेको थियो ।

त्यत्तिखेर सक्रिय राजतन्त्र  थियो । त्यत्तिबेला हामीले करीब २२ रुपैयाँ महिनाको शुल्क विद्यालयलाई बुझाउनु पथ्र्यो । त्यो पैसा नभएर मुमा बुबाले वर्षको एक्कैचोटी धान बेच्ने बेलामा बुझाउनुहुन्थ्यो ।

त्यत्तिखेरको एउटा स्कुलमा भएको घटना याद आउँछ । पहिलो त्रैमासिक परीक्षा बैशाख मा हुन्थ्यो किनकी त्यत्तिबेला फाल्गुनमा भर्ना सुरु हुन्थ्यो । महिना फी तिर्न नसकेपनि परीक्षा दिन गएका विद्यार्थीलाई सिस्नो पानी लगाइन्थ्यो र परीक्षा हल बाहिर पठाइन्थ्यो ।

परीक्षा हल बाहिर पुगेपछि विद्यार्थीलाई विद्यालयकै पटाङ्गीनीमा बसिरहेका व्यवस्थापन समितिका अध्यक्ष महोदयले त्यत्तिबेला ५०÷१०० जति दिनुपर्ने थियो दिइन्थ्यो, तर उनले भोलि बिहान तिम्रो बुबालाई घरमा पठाईदे भन्थ्यो ।

पहुँच भएका स्कुलहरुमा हलुवा खुवाईन्थ्यो । जुन स्कुललाई हलुवा स्कुल भनिन्थ्यो ।

त्यत्तिबेला हामीलाई ९० प्रतिशत किसान भएको देश भनेर पढाउन्थ्यो ।

किसानहरुको काम नभएको बेला सडक खन्न कामको लागि खाद्यान्न भन्ने कार्यक्रम चल्थ्यो ।

किसानहरुले बिहान सबेरै काममा जान्थे र रक्सी अलिकति र आलु दुईटुक्रा खान्थे पछि चिया खुवाउने प्रचलन सुरु भयो । बिहानको खाना आफ्नै घरमा खाएर दिउँसो पुनः ज्यामी काम गर्न वा पर्म जाँदा दिउँसो को खाजा खाने टाईममा हामी फुच्चा फुच्चीहरु बुबा मुमा जहाँ जहाँ जान्थे त्यहीँ गएर खाजा खान पुग्थेँ । कहिले काहिँ स्कुल छाडेरै भएपनि खाजा खान पुगिन्थ्यो । त्यहाँ चिउरासँग आलु चना र मासु मिसिएको हड्डी खान पाइन्थ्यो ।

ज्यामी ज्याला धेरै कम भएको र एक भारी दाउराको मूल्य ५ रुपैयाँ भन्दा तल भएको कारण शहर बजार बाहिर डाँडामा बस्ने तामाङ समुदायका मानिसहरु दिनभर रुख काट्ने र भोलिपल्ट दाउरा बेचेर आफुलाई चाहिने सरसामान किनेर लान्थे ।

उनीहरुकोमा केही बालीनाली हुन्थेन कोदो र मकै बाहेक । तर २०३९/४० कै बीच हाम्रा गाउँघरतिर स्कुस खेतिको प्रचलन सुरु भयो । त्यसपछि भने केही हदसम्म डाँडा पाखामा बस्नेहरुको जीवनस्तर सुध्रिन थाल्यो ।

हाम्रो बजार नजिकैका खेतहरुमा दुईबाली आलु लगाउन थालियो । त्यसपछि किसानहरुको आम्दानी केही बढोत्तरी भयो । दुई बाली आलु र एक बाली धान ।

किसानले दिनभर काम गरेर पाएको ज्यालाबाट एक दिन साँखु–काठमाडौँ ओहोर दोहोर गर्न र खाजा खान बल्लतल्ल पुग्थ्यो । त्यत्तिबेला डिजेल लिटरको ३ रुपैयाँ पनि थिएन भने गाडी भाडा २ रुपैयाँ ७५ पैसा थियो ।

आम मानिसको औसत आयु ४७–५० मात्रै थियो । बच्चाहरु धेरै मर्दथे त्यही भएर जस्ले पनि कतिवटा सन्तान भयो भन्दा अहिले बाँकी ३ वटा, ४ वटा भन्थे । पाउन त ७ वटा पाएको ६ वटा पाएको बताउँथे । त्यतिखेर परिवार नियोजन गर्न प्रचलन सुरु भइसकेको थियो । दुई सन्तान ईश्वरको वरदान भनिन्थ्यो ।

५० प्रतिशत बालबालिका स्कुल जाँदेनथे ।  ४२ प्रतिशत मात्रै  साक्षर थिए ।   धेरै जिल्ला सदरमुकाममा  क्याम्पसको सुविधा थिएन ।

९५ प्रतिशत जनताले सडक सुविधा, विजुलीको सुविधा, खानेपानीको सुविधा  पाएका पाएका थिएनन् । शौचालयको व्यवस्था भएका घरहरु औँलामा गन्न सकिने जत्तिपनि थिएनन् ।

४.  जुत्ता र पाइण्ट लगाउन पाउनु अत्यन्त ठूलो कुरा थियो । नटालेको पाइण्ट र तुना नगाँसेको जुत्ता लगाउनेहरु अत्यन्त थोरै हुन्थे । वर्षको १ जोर किनिएको चप्पलले वर्षैभरी पु¥याउनु आवश्यक थियो ।

स्कुल डे«स नै सबैभन्दा राम्रो लुगा हुन्थ्यो । कतै भोज भतेर जान एवं आफन्त कहाँ जान सोही लुगाको प्रयोग हुन्थ्यो ।

घर घरमा चिया खाने प्रचलन थिएन । पसलमा चिया खाँदा २५ पैसा लिइन्थ्यो । हामी त्यही चिया १ रुपैयाँ र ५० पैसाको किनेर खान्थ्यौँ । ४० पैसा कपको चिया भएपछि भने घरमा चिया पकाउन थालिएको थियो । त्यत्तिबेलासम्म हाम्रो टोलमा चिया पकाउने घर खोज्नु पथ्र्यो ।

२०४० सालमा पहिलो पटक हाम्रो घरमा दम दिने स्टोभ र पे्रसर कुकर भित्रिएको थियो ।

२०४४ सालतिर सार्क सम्मेलन ताका टोल टोलमा टेलिभिजन देखाइन्थ्यो । त्यत्तिबेलाको टिभी पछि रामायण आउने समयमा राति टिभी हेरेर घर जाने बेलामा हल छुटेजस्तै हुन्थ्यो । त्यत्तिबेला घरघरमा रंगीन टिभी हुनेको त कुरै छाडौँ ब्लाक एण्ड ह्वाईट टिभी हुनेहरुको पनि सानै अर्को हुन्थ्यो ।


पाठक वर्गले यो स्तम्भमा आ–आफ्नो पुराना सम्झनाहरु लखेर पठाउन सक्नुहुनेछ ।

For comment : lwsandesh@gmail.com

Post a Comment

0 Comments