- आनन्द राजोपाध्याय
शारदिक श्राद्ध, पार्वण श्राद्ध, सोह्र श्राद्ध, जब कन्या राशी सूर्य गएपछि आश्विन कृष्ण पक्ष प्रतिपदा देखि लिएर आश्विन शुक्ल प्रतिपदासम्म अर्थात् घटस्थापनासम्मलाई सोह्र श्राद्ध भनिन्छ । सोह्र श्राद्ध घटस्थापनाका दिनसम्मलाई मातामह (मामा बाजे) सम्मको लागि श्राद्ध गर्ने भएकोले सोह्र श्राद्ध महत्वपूर्ण मानिन्छ ।
ब्रम्हाण्ड पुराण
कन्या गते सवितरि यान्य हानितु षोडश क्रतु भिस्तानि तुल्यानि देवो नारायणोऽव्रवित ।
यो सोह्र श्राद्ध बेला आफ्ना पूर्वज पितृहरु पितृ लोकै शून्य हुने गरी मत्र्य मण्डलमा आफ्ना छोरा, नाति, पनातिहरुले श्रद्धापूर्वक पिण्ड देलाकि भन्ने आशाले आईपुगेका हुन्छन् ।
यावच्च कन्या तुलयोः क्रमादास्ते दिवाकरः
शून्यं पे्रत पुरं तावद् वृश्चिक यावदा गतः ।
भविष्य पुराणमा उल्लेख भए अनुसार
श्राद्धमा पितृ शव्द मृत पितृवाचक शव्द हो ।
“पितृणाम् लोकमपि गच्छन्तु ये मृताः ।। – अथर्व– १२।२।४५
पितृलोक शास्त्रमा भनिएको छ चन्द्रलोकको पछाडि
“विधूध्र्व यागे पितरो बसन्त”
गोलाध्याय त्रि प्रश्न वासना श्लोक १३
हाम्रो १ महिनाको पितृका १ दिन र अमावास्यको चन्द्रमा र सूर्य एकै राशीमा हुन्छन् । त्यसबेला सूर्य चन्द्रमाको ठिक माथि पर्दछ त्यसैबेला पितृहरुको मध्यान्ह हुन्छ र पूर्णिमाको दिन मध्य रात्रि हुन्छ ।
पित्रय रात्रयहनी मासः प्रविभागस्तु पक्षयोः ।
कर्मचेष्टा स्वहः कृष्णा शुक्लः स्वप्नाय शर्वरी ।।
मनुस्मृति १।६६
जब आश्विन कृष्ण पक्षमा शारदिक (सोह्र श्राद्ध) दिन पितृहरुको पर्व हो । यस पर्वमा जुनसुकै समयमा पिण्ड दिए पनि भोजन प्राप्त गर्दछ । जसरी जन्माष्टमीको दिन भक्तजनहरु रात्रि भजन गर्दछ । यो जन्माष्टमी पर्व भोजन भनिन्छ ।
त्यसैले श्राद्धकर्ताले चामल च्यूरा पिठो पञ्चामृत केरा राटी तिल, कुश राखी मुछि पिण्ड बनाई त्यसमा गैँडाको मासु एक टुक्रा राखी पिण्ड बनाई दिने हो । पिण्ड दिनुपर्ने आफ्ना पूर्वज पितृहरु यसप्रकार छन् । बाबु, बाजे, बडा बाजे, आमा, बज्यै, बडा बज्यै, सौतेनी आमा, मामाबाजे, बडा मामाबाजे, वृद्ध मामाबाजे, मामा बज्यै, बडा मामा बज्यै, वृद्ध मामा बज्यै, श्राद्ध कर्ताको स्वास्नी परलोक भए स्वास्नी र आफ्ना सन्तानहरु जेठाबा र उहाँका पत्नी र सन्तानहरु, काका काकी र सन्तानहरु, दाजु भाई र उहाँका पत्नी र सन्तानहरु दिदी बहिनी र उहाँका श्रीमान् र सन्तानहरु, फुफू फुपाज्यू र सन्तानहरु, आमाका दाजुभाई र पत्नीहरु र सन्तानहरु, सासु ससुरो, साला सालीहरु, गुरु, मित्र र साथी लाई पार्वण श्राद्धमा लिएको छ र दिनुपर्छ पनि श्राद्धकर्ताले अपशव्य भई यि पिण्ड र तर्पणादीले पितृ तृप्त भई आफ्ना कूललाई आशिर्वाद दिई फर्कन्छन् ।
हुनतः गैँडाको मासुले अनन्त वर्षसम्म पितृ तृप्ति हुन्छ भनेर मत्स्य पुराणमा उल्लेख छ ।
चानन्ता खड्ग मांसेन चैवहि– अध्याय १७ श्लोक ३५
स्वर्गमा पनि पितृ देवताको पनि देवता – स्वर्गेतु पितरोऽन्ये देवाना मणि देवता । –वायु पुराणा अ. १० श्लोक
त्यसैले पितृ खुशी भए कूलमा असल छोरा पितामह खुशी भए गोधन प्रदान गर्दछ र प्रपितामह (बडाबाजे) खुशी भए अतुल धन सम्पत्ति प्रदान गर्दछ ।
पिता दधाति सत्पुत्रान गोधनानि पिता ।
मह धन दाता भनेत्सोपि यस्तस्य प्रपितामह ।।
ग.पु. अ. १३ श्लोक १२४
हाम्रा पूर्वज पितृहरु जब सूर्य कन्या राशिमा सर्दछ तब मत्र्यमण्डलमा आफ्ना छोरा नातिले श्राद्ध तर्पणादिले तृप्ति हुन्छन् भन्ने आशाले सुक्ष्मरुपबाट घुमिरहेको हुन्छन् । हाम्रा पूर्वज पितृहरुलाई यदि श्राद्ध गरेन भने सूर्य कन्या राशिबाट तुला राशिमा सर्दछ तबसम्म पितृ गणहरु पर्खन्छन् । सूर्य तुला राशिबाट वृश्चिक राशिमा सर्छ त्यसबेला हाम्रा पूर्वज पितृगणहरु निराशाको लागि सास फेर्दै श्राप दिएर आफ्नै लोकमा फर्कन्छन् ।
वृश्चिके समतिक्रान्ते पितरौ दैवतेः सह । निश्चस्य प्रति गच्छन्ति शापं दत्वा सुदारुणम् ।। भविष्य पुराण
यदि श्राद्ध कर्ताले कुनै कारणबश भन्नाले कुनै रोगले ग्रसित र गरिबी अथवा आफ्नी श्रीमती रजस्वला भएमा श्राद्धमा कुनै प्रकारको छुन योग्य छैन घरमा काम गर्ने कोही छैन भने यथा शक्ति धन (दक्षिणा) दिनु । यदि श्राद्धकर्तासँग धन पनि छैन अन्न पनि छैन भने कलिलो कलिलो मिठो होला कि जस्तो घाँस लिई प्रभू मेरो हालत थाहा छँदैछ सन्तुष्ट हुनुहोस् भनि गाईलाई गोग्रास(घाँस) खुवाउनाले पनि पितृ तृप्ति हुन्छ भनि नारद पुराण पूर्व भाव प्रथम पाद पेज १०७ मा उल्लेख गरिएको पाइन्छ ।
केहि नभएको बेला यति मात्रै गरिएपनि पितृ त्यसै सन्तुष्ट हुन्छ । पितृ सन्तुष्ट भएमा सन्तान भई धनवान समेत हुन्छ । जब यति स्वचित भावले पितृ खुशी भएमा भगवान विष्णु गदाधर पनि खुशी हुन्छन् । देवता, पितृ, गन्धर्व, यक्ष आदि सबै खुशी हुन्छन् । यस्तो अवस्थामा एक मात्र परम ब्रम्ह परमात्मा श्री भगवान विष्णु गदाधरले श्राद्ध गर्नेको पाप तत्काल नाश गर्दछ ।
कल्याणमा आधारित २०५६ साल श्री कृष्ण सम्वत् ५२२५ अगस्त १९९९ संख्या ८ भाग ७३ पेज ७८२ मा आधारित पितृको समय तालिका प्रस्तुत गरेको छु । यसबाट पितृको सेवा गर्न सहयोग पुग्ने विश्वास लिएको छु ।
शुक्ल पक्षमा चन्द्रमा सूर्यबाट टाढा हुन्छ, त्यसबेला सूर्यको किरण चन्द्रलोक पुग्न सक्दैन । त्यसैले त्यहाँ विस्तारै रात्रि हुँदै जान्छ । कृष्ण पक्षमा विस्तारै उज्यालो हुँदै जान्छ । कारण त्यसबेला चन्द्रमा सूर्यको नजिकिँदै जान्छ, अनि पितृहरुको दिन भयो ।
हाम्रो ३० दिनको एक महिना हो, हाम्रो एक महिनाको पितृको एक दिन हो । हाम्रो १ दिन भन्नु अर्थात् २४ घण्टा हो अतः हाम्रो २४ घण्टाको पितृको साला खाला ४८ मिनेट हुन्छ । अब कुन तिथिमा पितृको कुन समय भन्ने समय तालिकाबाट केही थाहा पाउन सक्छौँ ।
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)
0 Comments
Thanks for your concerns