कस्मस कलेजका विद्यार्थीहरुको साँखुमा अध्ययन भ्रमण











– क्रिस्टिना श्रेष्ठ –

८ पौष शुक्रवार

लावण्य÷साँखु । कस्मस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी, डिपार्टमेन्ट अफ आर्किटेक्चर टुटेपानी चापागाउँ ललितपुरमा अध्ययनरत २०२१ र २०२२ ब्याचका विद्यार्थीहरुको लागि साँखु बजारमा अध्ययन भ्रमण गराउन कलेजका असिस्टेन्ट प्रो. दिपा श्रेष्ठले पहलकदमी लिनुभएको छ ।

जुन भ्रमणमा कलेजका एड्भाईजर डिल्लीराम सापकोटा, हेड अफ डिपार्टमेन्ट सोनी पाण्डे, डेपुटी हेड अफ डिपार्टमेन्ट नृजना श्रेष्ठ, असिस्टेन्ट प्रोफेसरहरु कैलाश सुवाल, रोजी महर्जन, समिक्षा अधिकारी, सुमन ढकाल, नविन पराजुली र युना प्रजापति रहेका थिए ।

विद्यार्थीहरुलाई साँखुका ईतिहासविद् प्रकाशमान सक्वले साँखुको ऐतिहासिक महत्वबारे बताउनुभएको थियो । साथै उहाँले साँखु बजारमा रहेका चार ढोकाको महत्व, यहाँ रहेका पाटी पौवा, मठमन्दिर, पोखरीहरुबारे जानकारी गराउनुभयो भने साँखु सहर बनाउँदा खेरिको आर्टिटेक्ट डिजाईनहरुबारे विद्यार्थीहरुलाई जानकारी गराउन यो भ्रमण फलदायी हुने बिश्वास उहाँले व्यक्त गर्नुभयो ।

विद्यार्थीहरुले सामुदायिक भवन, नीजि भवन, राजकूलो, पाटी पौवा, मठ मन्दिरका संरचना बारे जिज्ञासा राख्ने र त्यसबारे जानकारी लिने कार्य गरेका थिए ।

कलेजका शिक्षक शिक्षिकाहरुले विद्यार्थीहरुले टिपोट गरेका विषयमा कलेजमा पुगेपछि सो विषयमा एक आपसमा छलफल गरी विद्यार्थीहरुलाई आवश्यक परे पुनः भ्रमणमा ल्याउने बताउनुभएको थियो ।

साँखु बजारका नीजि घररुको संरचना बारे समेत उहाँहरुले जिज्ञासा राख्नुभएको थियो ।

Post a Comment

0 Comments