बिजुक्छे पत्नीको श्रद्धाञ्जली कार्यक्रम भोलि


२०७९ असार ९ गते

लावण्य/साँखु । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ ।

उहाँका धर्मपत्नी शोभा प्रधानको उपचारका क्रममा असार ८ गते बुधवार अपरान्ह निधन भएको जानकारी भक्तपुर नगरपालिका–९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले दिनुभएको थियो ।

उहाँको श्रद्धाञ्जली कार्यक्रम भोलि असार १० गते शुक्रवार दिउँसो १ बजे भक्तपुरमा गरिने भएकोछ । उहाँको पार्थिव शरीर भक्तपुर क्यान्सर अस्पताल नजिकै भक्तपुर नगरपालिका वडा नं. १ स्थित इनागः (सिद्धपोखरी) बाट सुरु हुनेछ । 

रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मंसीर २०४० मा विवाह भएको थियो । सुवेग र सुवान गरी उनका दुई छोरा छन् ।

लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत रहेकी प्रधानको नेपाल क्यान्सर हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो ।

Post a Comment

0 Comments