कुतः राजदास साहित्य सिरपाः ११४१ साहित्यकार पूर्ण मुनकर्मीलाई प्रदान गरियो



२०७९ जेष्ठ १४ गते

लावण्य/साँखु । नेपाल भाषा साहित्यक्षेत्रमा यस वर्ष विभिन्न पुस्तकहरु प्रकाशन भएको छ । ती प्रकाशित कृतिहरुमध्येबाट “सम्वत सन्दर्भ छगू दुवाला” को लागि कुतः राजदास सिरपा दिईएको छ । सो पुरस्कार वितरण कार्यक्रमको आयोजना सूर्यविनायकको भक्तपुर पार्टी प्यालेस गपलीमा गरिएको थियो ।

पुरस्कारको राशी नगद ५० हजार र प्रमाणपत्र रहेको छ । पुरस्कार वितरण कार्यक्रमका सभापति एवं समाजसेवी एवं नेपाल भाषापे्रमी पञ्चवीरसिंह तुलाधरले सो पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा केमिकल ईञ्जिनिरयर राजदास श्रेष्ठले पुरस्कार स्थापना गर्नुको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने स्वागत मन्तव्य विमल ताम्राकारले दिनुभएको थियो ।

कार्यक्रममा हपा सिरपा (विशेष पुरस्कार) को रुपमा उपन्यासकार डा. रीना तुलाधर, कथाकार पशुपतिमान पःमां, हाइकु लेखक हाइजिन मोक्षबहादुर अमात्य, समालोचक अपर्णा प्रधानलाई जनही रु. १० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा जनगायक÷लोकगायक रामकृष्ण दुवाल, कुतः प्रकाशनका अत्यक्ष विमल ताम्राकारलाई सम्मान गरिएको थियो भने समालोचक अपर्णा प्रधानको “न्हायकं महा अभियान”, आख्यानकार मथुरा सायमीको “महाअभियान”, कथाकार पशुपतिमान पःमांको “वाउँभतु व मलखं कःगु छेँ”, पूर्ण ताम्राकारको कवि सुन्दर मधिकर्मी लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पुरस्कार छनौट प्रक्रिया बारे डा. पुष्पराज राजकर्णिकार र समालोचक पूर्ण ताम्राकारले पुरस्कार छनौट प्रक्रियाबारे आफ्नो विचार राख्नुभएको थियो ।

कार्यक्रममा कवयत्री प्रतिसरा साय्मि, साहित्यकार रामेश्वर भुजु, वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु गोंगः, तिलक प्रकाश कायस्थ, अगिब बनेपाली, महेन्द्र गोपाल कर्माचार्य, डा. इन्दुल केसी, कृष्णभक्त बोडे, योगेन्द्र प्रधान, त्रिरत्न शाक्य, ध्रुव मधिकर्मी, प्रकाश सक्व, विजयरत्न असंबरे, ऋषिप्रसाद श्रेष्ठ, सत्यनारायण मानन्धर, विष्णु केशरी ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।

Post a Comment

0 Comments