नेमकिपाको एमसीसीविरुद्ध खबरदारी सभा र जुलुस !




एमसीसीका मतियार खबरदार !

लावण्य÷साँखु । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेशसमेत नगर्न सरकार र सांसदहरुलाई दबाब दिँदै खवरदारी सभा गरेको छ । शुक्रबार काठमाडौंको नयाँबानेश्वर चोकमा नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेश नगर्न दबाब दिँदै खबरदारी सभा गरेको हो । माइतिघर, पुरानो बानेश्वर, नयाँ बानेश्वरमा नारा र प्लेकार्डसहित नेपाल मजदुर किसान पार्टीले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

एमसीसीका मतियार खबरदार !

नेमकिपाद्वारा पुरानो बानेश्वर, नयाँ वानेश्वर र कोटेश्वरदेखि मीनभवनसम्म जुलुस गर्दै काठमाडौंको संसद् घेराऊ गर्दै गरिएको खबरदारी जुलुस तथा सभा सम्पन्न गरिएको थियो ।

एमसीसी सम्झौता राष्ट्रघाती भएको निष्कर्षमा पुगेको नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेश समेत नगर्न सरकार र सांसदहरुलाई दवाव दिँदै खवरदारी सभा गरेको छ ।

शुक्रबार काठमाडौंको नयाँबानेश्वर चोकमा नेपाल मजदुर किसान पार्टीले सो सम्झौंता संसदमा पेश नगर्न दवाव दिँदै खवरदारी सभा गरेको हो । सभामा बोल्दै पार्टीका नेता प्रेम सुवालले सो सम्झौता राष्ट्रघाती भन्दै संसदमा पेश गर्न नदिन सांसदहरुलाई अपिल गरे । सो सम्झौंता खारेज नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी दिए । नेता सुवालले एमसीसी सम्झौंता संसदबाट पारित भए भारत र अमेरीकी सेनाको नेपाल परेडस्थल बन्ने र एक सेकेन्डमै नेपाल ध्वस्त हुने दावी समेत गरे ।

नेता सुवालले श्रीलंकाले एमसीसी सम्झौंता राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको निष्कर्ष निकाल्दै खारेज गरेजस्तै नेपालले पनि खारेज गर्नुपर्ने बताए ।  खवरदारी सभामा देशघाती एमसीसी सम्झौता खारेज गरलगायतका नाराबाजी लगाउँदै प्रर्दशन गरिएको थियो ।

सभामा नेमकिपाका नेताहरु प्रदेश सांसद सुरेन्द्रराज गोसाई, अनुराधा थापामगर, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति लगायतले सम्बोधन गर्नुभएको थियो ।

Post a Comment

0 Comments