काठमाडौँ २ लाई मैले कर्मथलो बनाएको छु । – ओनसरी घर्ती




(काठमाडौँ क्षेत्र नं. २ मा आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाओवादी) तर्फबाट उम्मेदवार बन्नुभएका कम्युनिष्ट नेता ओनसरी घर्ती मुलुकको राजनीतिको लागि नयाँ नाम होईन । उहाँ यस अघि पनि २०६४ को संविधानसभाको निर्वाचनमा समानुपातिकबाट र २०७० को संविधानसभाको निर्वाचनमा रोल्पाबाट विजय हासिल गरी संविधानसभाको गरिमामय सभामुख पदमा निर्वाचित हुनुभएको थियो । उहाँले २०७२ देखि २०७४ सालसम्म सभामुखको जिम्मेवारीमा बसेर कार्य गर्नुभएको थियो ।


यस पल्ट वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका घर्ती आम जनसमुदायले आफूलाई मत हाल्ने विश्वास व्यक्त गर्ने प्रष्ट वक्ता हुन् । उहाँसँग यही कार्तिक २५ गते शुक्रवार साँखुको समरा गार्डेनमा आगामी मंसिर ४ गते हुने चुनावको विषयमा कुराकानी गरिएको थियो । उक्त अवसरमा उहाँसँग लिईएको अन्तर्वार्ताको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।– सम्पादक)

यस क्षेत्रमा प्रायः सधैँ एमालेले मात्रै जितेकाछन्, तपाइँले कसरी यो क्षेत्र जित्नुहुन्छ ?

- पहिलो कुरा त जनताको समर्थन नै हो । मैले घरदैलोका क्रममा केही साथिहरुले म बाहिरबाट आएको पनि भनेका छन् । तर एमालेका प्रतिस्पर्धीलाई पनि यस क्षेत्रमा कहिल्यै नदेखेको भनिरहेका छन् । साथै मैले अहिलेसम्म कुनै पनि पदमा बसेर दूरुपयोग नगरेको हुँदा आम जनसमुदायले सोही कुरा बुझेर निडर महिलाको रुपमा मलाई लिएको पाएका छु । आम जनताले मलाई घरदैलोमा जाँदा मत दिने अभिव्यक्ति दिनुभएको छ । यही नै मेरो चुनाव जित्ने आधारमा हो ।

सांगठानिकरुपमा माओवादी केन्द्र यो क्षेत्रमा तुलनात्मक रुपमा कमजोर रहेको छ । तपाइँको भर काँगे्रसमा छ । काँगे्रसले सर्लक्क भोट दिने वातावरण बनेको छ ? वा कसरी बनाउनुहुन्छ ?

- काँगे्रसको मत सर्लक्क आउनको लागि केही समस्या हामीबीच थियो । हामी फरक पार्टीको भएको कारण पनि यस्तो भएको हो । कार्तिक १७ गतेसम्म बाहिर प्रचार प्रसार गर्न नमिल्ने समयमा हामीले सबै इकाईहरुमा संयुक्त भेला र संयुक्त निर्वाचन परिचालन समिति गठन ग¥यौँ । जसले गर्दा काँगे्रसका साथिहरुमा हामीप्रति बिश्वास बढ्दै गएको छ । साथै काँगे्रस पार्टी विभिन्न कालखण्डमा नेतृत्व गरेको पार्टी हो । आज बाध्यात्मक अवस्थामा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको हो । जबकी उहाँले प्रधानमन्त्री हुन मानिरहेको थिएन । हाम्रै जोडबलले मात्रै उहाँले प्रधानमन्त्री बन्न स्विकार गर्नुभएको हो  । यस क्षेत्रका बुद्धिजीवी जनताले राम्ररी बुझेका छन् त्यसैले जनताले मत दिनेछन् भन्नेमा विश्वस्त छु ।



तपाइँसँग यस क्षेत्रको लागि विकासको एजेण्डा के छ ?

- यस क्षेत्रको लागि मैले तीनवटै सरकारसँग समन्वय गरेर काम गर्ने विचार गरेको छु ।  राष्ट्रिय गौरवका योजनाहरु जुन यहीँका जनताको सपना हो । त्यही सपना पूरा गर्ने विचार गरेको छु । शंखरापुरको लागि साँस्कृतिक ग्राम, करिडोर निर्माण, शुद्ध खानेपानीको आयोजना, कागेश्वरी मनोहरा नगरपालिकामा स्पोर्ट हब बनाउन पहल गर्नेछु । साथै मैले घरदैलोका क्रममा ६४ प्रतिशत जनता शुद्ध खानेपानीबाट वञ्चित छन् । त्यसैले त्यसलाई पहिलो प्राथमिकता दिएर काम गर्नेछु । त्यसपछि स्मार्ट सिटी र करिडोर सडक निर्माणमा मेरो प्राथमिकता हुनेछ ।





त्तपाइँ बहुचर्चित काठमाडौँ क्षेत्र नं. २ बाट चुनाव लड्दै हुनुहुन्छ । यो क्षेत्र शीर्ष नेताहरुको लागि डेथ जोनका रुपमा पनि लिईन्छ तपाइँले यही क्षेत्रबाट उम्मेदवारी दिनुको कारण के होला ?

-ं यो क्षेत्र विभिन्न शीर्ष नेतृत्वले चुनाव लड्नुभएको क्षेत्र हो । यो क्षेत्र सन्त नेता कृष्णप्रसाद भट्टराईले सेवा गर्नुभएको क्षेत्र, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रपति विद्या भण्डारी, जननेता मदन भण्डारी, पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी लगायतले सेवा र नेतृत्व गर्नुभएको क्षेत्रबाट मैले निर्वाचन लड्न पाउनु मेरो साँैभाग्य हो । यस क्षेत्रका जनता शिक्षित र बुद्धिमान भएकैले यहाँका जनता परिवर्तनशील छन् ।

त्यस क्षेत्रका जनता शीर्ष नेताहरुबाट केही निराश छन् । किनकी यस क्षेत्रबाट जीतेर गएका नेताहरुले यस क्षेत्रलाई माया नगरेको गुनासो छ ? तपाइँ कसरी लिनुुहुन्छ यसलाई ?

-ं मैले उहाँहरुलाई निराश हुन दिनेछैन । हो म रोल्पामा जन्मेको व्यक्ति हुँ । तर यो क्षेत्रलाई मैले कर्मथलो बनाएको छु । अबको ५ वर्ष त म यस क्षेत्रका जनप्रतिनिधिकै नाताले त काम गर्छु नै । अहिले त मैले पार्टीमा पनि भनिसकेको छु । मेरो बाँकी जीवन यसै क्षेत्रमा समर्पित भएर बिताउनेछु ।

तपाइँको निकटतम प्रतिद्वन्द्वि को होला ?

- मतभारको हिसाबले नेकपा एमालेका उम्मेदवार नै मेरो निकटतम प्रतिद्वन्द्वि हुन्छ ।

नेकपा एमालेले लोकतान्त्रिक गठबन्धन लाई ठगबन्धनको उपमा दिँदै प्रतिगमन तर्फ गएको भन्दै छन् खास कुरो के हो ?

- यो हाँसो उठ्दो कुरा हो । को प्रतिगमनकारी र को ठगवादी भन्ने प्रष्टै छ । ७० करोडको काण्ड, ओम्नीको काण्ड हामीले गरेका त हैनौँ । दोस्रो कुरा करीब दुई तिहाई भएको सरकारले खुरु खुरु काम नगरीकन पार्टीलाई फोड्ने, चाहिने नचाहिने काम गर्न कस्ले भन्यो ? आफ्नो पार्टीको करीब दुई तिहाईको बहुमत छँदाछँदै पनि संसद विघटनको लागि दुई दुईपटक सम्म सिफारिश गर्ने । पार्टीलाई टुक्राउनको लागि अदालतको सहायता लिने । अनि दोष जत्ति अरुलाई थुपार्ने । ओलीले पाँच वर्षसम्म शासन गर्न पाउने अवसर थियो । तर उहाँले आफ्नै पार्टीलाई मिलाएर लान नसक्नुमा दोष अरुलाई दिएर पन्छन मिल्दैन । आम जनताले दोष कस्को हो भन्ने कुरा बुझेका छन् । त्यसैले पनि गठबन्धनको पक्षमा पूर्ण बहुमत दिनेछ । नेपाली जनता चेतनै नभएको जनता हैनन् त्यसैले पनि हामीलाई मत दिन्छन् । शेरबहादुरजी प्रधानमन्त्री बन्न मान्नुभएको थिएन । बाध्यताका कारण मात्रै स्विकार्नुभएको हो ।

१८–२५ वर्षको युवा उमेर समूहको मतदातामा महिलाको संख्या पुरुषको तुलनामा ३ लाख ६५ हजार ८९५ कम छ । सबै प्रदेशहरुमा महिलाको संख्या कम देखिएको छ । विशेषत मधेश प्रदेशमा त यो संख्या ५० प्रतिशत मात्र हुन आउँछ । यस सम्बन्धमा कानुन निर्माण गर्ने थलो संसदमा बहस गर्नु आवश्यक छ कि छैन ?

- यो विषय नीतिगतरुपमै सम्बोधन गर्ने हो । अहिले नीतिगतरुपमा समस्या छ जस्तो लाग्दैन । यो आम जनताको मानसिकताको विषय हो । एउटा मात्रै भएपनि छोरै चाहिन्छ भन्ने सोच कारण यो समस्इा निम्तिएको हो । यो समस्या छिमेकी देश चीन र भारतमा समेत छ । छोरा र छोरी दुवै समाजको लागि आवश्यक छ । त्यसैेले म अपिल गर्न चाहन्छु की छोरा र छोरी दुवै सक्षम हुनुपर्छ । छोरा मात्रै भएर अथवा छोरामात्रै सक्षम भएर पुग्दैन । समाज चल्न पुस्तान्तरण हुन र जीवन निर्वाह गर्न छोरा र छोरी दुवैको उत्तिकै आवश्यकता छ त्यसैले छोरा छोरी दुवै पाउनु जरुरी छ । म के भन्न चाहन्छु भने कम्तीमा दुई सन्तानको अवधारणा र छोरा र छोरी दुवै चाहिन्छ भन्ने मानसिकता आम जनतामा हुनुपर्छ । यसको लागि सचेतना अभियानका साथै छोरी जन्माउनको लागि पे्ररित गर्नु जरुरी छ । गर्भपतन महिलाको अधिकार हो तर मानसिकता भने परिवर्तन हुनु जरुरी छ । बाउ आमाको सेवा छोरी मान्छेले पनि गर्न सक्छ । र छोरा वा छोरी जे पाउँछ त्यो स्विकार्य हुनुपर्छ ।

गठबन्धनले चुनाव जित्ने आधार के हो ?

-ं गठबन्धन एउटा बाध्यताको उपज हो । गठबन्धनले चुनाव जित्नुको आधार भनेकै आम जनताको अभिमत हो । सचेत जनताले बुझेका छन् दुई तिहाई जस्तो मत पाएर पनि पाँच वर्ष सरकार चलाउन नसक्नेलाई पुनः जनताले मत दिन्नन् त्यसैले पनि गठबन्धनले जित्ने कुरामा म ढुक्क छु ।

तपाइँ यस क्षेत्रको जनप्रतिनिधि बन्दै हुनुहुन्छ तपाइँको विजयमा यस क्षेत्रले के अपेक्षा राखेको हुन सक्छ साथै हाम्रो पत्रिका मार्फत् आफना क्षेत्रका मतदाताहरुलाई केही भन्न चाहनुहुन्छ कि ?

-ं म तपाइँहरुको पत्रिका मार्फत् सम्पूर्ण मतदाताहरुमा अपिल गर्न चाहन्छु कि गठबन्धनले देशको आवश्यकता र जनताको माग बमोजिम व्यवस्था बचाउन, शान्ति र स्थिरताको लागि सम्बिधान बचाउनको लागि गठबन्धन गर्नुपरेको हो । जनताको समृद्धिलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ । दलहरुले केही अलमल गरेकै हो । अब यस्तो गर्ने छूट दलहरुलाई र्छैन । म राज्यको तीन अंगमध्ये व्यवस्थापिकाको प्रमुख भएर काम गरिसकेको नेपाली चेली हो । मैले धेरै ठूलो संघर्ष गरेको छु । मैले जीवन जनताको लागि दिईसकेको छु । यहाँबाट फर्किने कुनै योजना छैन । जनताको सेवा गर्नु नै मेरो लक्ष्य हो । अवसर पाएर पनि मैले कहिल्यै दूरुपयोग गरेको छैन । हुनतः संसारभर मानवताको सेवा गर्न सकिन्छ कुनै भौगोलिक सिमानाले बाँध्न सकिँदैन । मैले विभिन्न क्षेत्रमा गएर काम गरेको छु । यो क्षेत्रको सेवा गर्दै म बाँकी जीवन बिताउन चाहन्छु । मलाई सेवा गर्ने मौका दिनुस् अवसर दिनुस् यही नै भन्न चाहन्छु ।



बक्समा
हो म रोल्पामा जन्मेको व्यक्ति हुँ । तर यो क्षेत्रलाई मैले कर्मथलो बनाएको छु । अबको ५ वर्ष त म यस क्षेत्रका जनप्रतिनिधिकै नाताले त काम गर्छु नै । अहिले त मैले पार्टीमा पनि भनिसकेको छु । मेरो बाँकी जीवन यसै क्षेत्रमा समर्पित भएर बिताउनेछु ।

मैले घरदैलोका क्रममा ६४ प्रतिशत जनता शुद्ध खानेपानीबाट वञ्चित छन् । त्यसैले त्यसलाई पहिलो प्राथमिकता दिएर काम गर्नेछु । त्यसपछि स्मार्ट सिटी र करिडोर सडक निर्माणमा मेरो प्राथमिकता हुनेछ ।

Post a Comment

0 Comments