दहीको व्याक्टेरियाबाट फाईदा

दहीमा हुने ब्याक्टेरियाले आन्द्रामा हानिकारक ब्याक्टेरियालाई नियन्त्रणमा राख्ने आवरण तयार पार्छन् । जसले गर्दा दुवै समूहका ब्याक्टेरियाबीच प्रभुत्वका लागि प्रतिस्पर्धा चल्ने गर्छ । यस प्रतिस्पर्धामा प्रायः हितकारी ब्याक्टेरिया नै हावी हुन्छन् र हामी विभिन्न खालका पेटको रोगबाट सुरक्षित रहन्छौं । नियमित रुपमा दही खाने मानिसलाई पेटको रोग खासै लाग्दैन । प्राकृतिक दहीमा शरीरलाई चाहिने चिल्लो पदार्थ हुन्छ । अत्यावश्यक ङ्खयाटी एसिड तथा कन्जुगेटेड लिनोलिक एसिडको स्रोत हो दही । यी चिल्लो पदार्थ शरीरले निर्माण नगर्ने भएकाले दुग्धजन्य पदार्थबाट हामीले यी तत्व प्राप्त गर्नुपर्छ । अनुसन्धानबाट स्पष्ट पारिए अनुसार कन्जुगेटेड लिनोलिक एसिडमा क्यान्सरविरोधी गुण हुन्छ र यसले शरीरमा अनावश्यक बोसो कम गर्छ । प्रतिरक्षा प्रणाली बलियो पार्ने, खराब कोलेस्टेरोल घटाउने र मुटुको रोगको खतरा कम गर्नमा पनि कन्जुगेटेड लिनोलिक एसिडको भूमिका रहन्छ । दहीलाई क्याल्सियमको पनि राम्रो स्रोत मानिएको छ । यसमा हुने सर्ट चेन ङ्खयाटी एसिडले गर्दा आन्द्राको एक भाग कोलोनमा अम्लीयता बनिरहन्छ र क्याल्सियम पाचनमा सहयोग पुग्छ । दहीमा शरीरलाई चाहिने रिबोङ्खलाभिन, फस्फोरस र प्रोटिनसमेत पाइन्छ ।

Post a Comment

0 Comments