स्वस्थानी व्रत कथा ः एक चर्चा




डा. महेशराज पन्त
नेपालमा बर्सेनि पौषपूर्णिमामा शुरू भई माघपूर्णिमामा टुङ्गिने स्वस्थानीव्रतको महिमा शिवमार्गी नेवार पर्वते दुवै थरीमा यस पालि पौषपूर्णिमा पौष २८ गते परेको थियो माघपूर्णिमाचाहिँ माघ २८ गते पर्छ व्रत बस्न नसके पनि यस अवधिभर घरघरमा जस्तो स्वस्थानी व्रतकथा दिनकादिन पाठ गरी महीना दिनभित्र पूरा व्रतकथा पढिसक्ने चलन यही महीना लामो स्वस्थानी व्रतको अवसर पारेर स्वस्थानी स्वस्थानी व्रतकथाको विषयमा केही लेख्ने कोशिश गरिन्छ
स्वस्थानी व्रतको शिवमार्गी नेवार पर्वते दुवै थरीमा यत्तिको महिमा भए पनि नाउँ चलेका नेवारी नेपाली भाषाका कोषमा स्वस्थानी शब्द नचढेको देख्दा आश्चर्य लाग्छ यसको उदाहरणको लागि नेवारीका, हान्स योर्गेन्सेन ( डिक्शन्अरि अफ क्लासिकल नेवारी, लेविन मुन्स्क्गो, कोपन्हेगन, ई।सं। १९३६) पत्राप्रसाद जोशी (संक्षिप्त नेपाल भाषा शब्दकोश, रत्नप्रसाद जोशी, काठमाडौँ, ने.सं. १०७६) उल्रिक कोल्फर ईश्वरानन्द श्रेष्ठाचार्य ( डिक्शन्अरि अफ कन्टेम्पररि नेवारी, फाउगेहाविस्सेन्शारुत्फेर्लाग, बोन, .सं. १९९४) तथा च्वसापासा (कमलप्रकाश मल्ल, प्रधानसंपादक, डिक्शन्अरि अफ क्लासिकल नेवारी, काठमाडौँ, .सं. २०००) जस्ताको कोषलाई अघि सार्न सकिन्छ मैले देखेकोमा खालि इन्द्र मालीको कोष (नेपालभाषा तःखँग्वःधुकू, नेपालभाषा आकादेमि, काठमाडौँ, २०६६)मा मात्र यो शब्द चढेको उतापट्टि, नेपालीका, राल्फ लिली टर्नर ( कम्पेर्ए्टिभ् यान्ड् एट्इमलज्इक्ल् डिक्शन्अरि अफ नेपाली ल्याङ्ग्वेज, रूट्लेज यान्ड केगन पल, लन्डन, .सं. १९३१)सं बाल चन्द्र शर्मा (नेपाली शब्दकोश, रायल नेपाल एकेडेमी, काठमाडौँ, २०१९) नेपाल राजकीय प्रज्ञा(प्रतिष्ठान (नेपाली बृहत् शब्दकोश, काठमाडौँ, २०४०) जस्ताको कोषलाई दृष्टान्तको लागि औँल्याउन सकिन्छ मैले देखेकोमा खालि वसन्तकुमार शम्र्मा नेपाल (नेपाली शब्दसागर, भाभा पुस्तक भण्डार, काठमाडौँ, २०५७) नरेन्द्र चापागाई (नेपाली शब्दभण्डार, श्याम पुस्तक भण्डार, विराटनगर, २०६२)को कोषमा मात्र स्वस्थानी शब्द चढेको

स्वस्थानी यो शब्द हेर्दा संस्कृतभाषाको जस्तो देखिए पनि संस्कृतका कुनै कोषमा पनि यो शब्द चढेको मैले देखेको छैन हुँदा हुँदा नेपालीहरूले तयार पारेका संस्कृत कोष (उदाहरणको लागि कूलचन्द्र गौतम, संस्कृत नेपाली शब्दकोश, विद्यार्थी पुस्तक भण्डार, काठमाडौँ, संस्करण, २०६९ फणीन्द्रप्रसाद पाण्डेय, संस्कृतनेपाली बृहत् शब्दकोश, महेन्द्र संस्कृत विश्वविद्यालय, दाङ, २०५७)मा पनि यो शब्द चढेको छैन
यसो हेर्दा यो शब्द इन्द्र, भव रुद्र जस्ता शब्दमा आन् थपिई त्यसपछि प्रत्यय लागेर स्त्रीलिङ्ग बुझाउने इन्द्राणी, भवानी रुद्राणी शब्द बने जस्तै अकारान्त पुंलिङ्गी स्वस्थ शब्दमा आनी थपिई स्त्रीलिङ्गी रूप बनेको जस्तो देखिए पनि तोकिएका शब्दको मात्र व्याकरणअनुसार यस्तो रूप हुने (अष्टाध्यायी ४।१।४९) हुँदा त्यसको संभावना यहाँ छैन पद्मपुराणअन्तर्गतको भनी दाबी गरिएको, स्वस्थानी व्रतकथाको पाठबाट स्वस्थानी शब्दबाट स्वस्थानी रूप बनेको उदाहरण त्यहाँकोे १४२ श्लोकमा पाइन्छ
स्वस्थानीपरमेश्वर्या विधिवद् व्रतमाचर
तेन स्वस्थानलाभस्ते भविष्यति संशयः ।।
(प्रेमवल्लभ शास्त्री देवदत्त शर्माद्वारा संगृहीत प्रकाशित श्रीस्वस्थानीदेवी, सिंगाही, १९८२, २९ पृ.)
अर्थात् स्वस्थानी परमेश्वरीको विधिपूर्वक व्रत गर त्यसबाट तिम्रो स्वस्थानको अर्थात् आफ्नो ठाउँको लाभ हुन्छ
यसो भए पनि स्वस्थानी यस शब्दलाई व्याकरणसम्मत मात्र सकिँदैन जस्तो मलाई लाग्छ

मलाई थाहा भएसम्म नेपालमा संस्कृतमा लेखिएको, स्वस्थानी व्रतकथाको सबभन्दा पुरानो पुस्तक ने.सं. ६९३ (वि.सं. १६२९) कोे (ऐश्वर्यधर शर्मा, स्वस्थानी(व्रतकथा, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाडौँ, २०४९) नेवारीको चाहिँ ने.सं. ७२३ (वि.सं. १६६९) को (काशीनाथ तमोट, स्वस्थानीपरमेश्वरी व्रतकथा, शुभ सपूmकुथि प्रकाशन, काठमाडौँ, ने।सं। ११२७) नेपालीको चाहिँ वि.सं. १८६७ को (जेसिका भान्टाइन बिर्केन्होल्ज, ट्रान्सलेट्इङ् ट्रेडिशन् क्रिएट्इङ् कल्चरल रिकन्स्ट्रक्शन् अफ हिस्ट्री यान्ड् डिभेलप्मेन्ट् अफ स्वस्थानी व्रत कथा अफ नेपाल, हिमालयः जर्नल् अफ दि असोशिएशन् अफ नेपाल् यान्ड् हिमालयन् स्टडिज, २५ ठेली, .सं. २००५, ४१ पृ.) हो
ने.सं. ७९४ (वि.सं. १७३०) माघशुक्लपञ्चमीको दिन आफ्नो दरबारको आसपासमा शिवसहितको स्वस्थानी परमेश्वरीको मूर्ति काठमाडौँका राजा प्रताप मल्लले स्थापना गरेकाले (ऐश्वर्यधर शर्मा, स्वस्थानी, घनलक्ष्मी शर्मा, काठमाडौँ, २०४५, १३१ पृ.) स्वस्थानी व्रतकथाको पुस्तक लेखिएको सय वर्षपछि स्वस्थानीको उपासनालाई राजकीय सम्मान मिलेको प्रमाण पाइएको
भारतमा स्वस्थानीको परंपरा नभएकोले, नेपालमा यसको परंपरा अहिलेसम्म चलिरहेको स्वस्थानीका पुस्तक पनि नेपालमा मात्र पाइएकाले तथा भारतबाट प्रकाशित स्वस्थानीको एउटा संस्करण पनि नेपाली भाषाबाट उल्था गरिएकोले (प्रेमवल्लभ शास्त्री देवदत्त शर्मा, श्रीस्वस्थानीदेवी, १९८२) स्वस्थानी व्रतकथाको उद्भव सत्रौँ शताब्दीको आसपासमा हुनु धेरै संभव
संस्कृत नेवारी दुवै भाषाका प्राचीनतम स्वस्थानी व्रतकथाका पुस्तकको कथावस्तुबाट नेपालको संदर्भ आउँदैन पछिपछिका पुस्तकमा मात्र त्यस्तो संदर्भ देखिएकाले सत्रौँ शताब्दीपछि मात्र स्वस्थानी व्रतकथा स्थानीय ढङ्गले रङ्गिन थालेको अनुमान हुन्छ
स्वस्थानी व्रतकथाका चल्तीका पुस्तकमा यो व्रतकथा स्कन्दपुराण केदारखण्ड माघमाहात्म्यअन्तर्गतको हो भनी लेखिएको हुन्छ भत्रे कुरा यो पाठ गर्ने सुत्रेहरूको लागि नौलो होइन तर स्वस्थानीको, संस्कृतको नेवारीको सबभन्दा पुरानो पुस्तक (ऐश्वर्यधर शर्मा, स्वस्थानी व्रतकथा, २०४९, ५७ पृ.सं. काशीनाथ तमोट, स्वस्थानीपरमेश्वरी व्रतकथा, ने.सं. ११२७, १५ पृ.)मा नै यो व्रतकथा लिङ्गपुराणअन्तर्गतको हो भनी लेखिएको नेपाली भाषाको स्वस्थानी व्रतकथालाई हिन्दीमा उल्था गरी छपाइएको पुस्तक (प्रेमवल्लभ शास्त्री देवदत्त शर्मा, श्रीस्वस्थानीदेवी, १९८२)मा यो व्रतकथा स्कन्दपुराण केदारखण्ड माघमाहात्म्यअन्तर्गतको हो भनी अध्यायपीछे लेख्दा लेख्दै त्यही पुस्तकमा संस्कृतमा दिइएको स्वस्थानीदेवीव्रतकथा पद्मपुराणको माघमाहात्म्यबाट उद्धृत भनी राखिएको (उही, १७३० पृ.) स्थिति यस्तो भए पनि लिङ्गपुराणबाट उद्धृत पद्मपुराणबाट उद्धृत भनिएका स्वस्थानी व्रतकथामा एउटै श्लोक दुवै ठाउँमा भएको नभेटिने भने होइन (लिङ्गपुराणबाट उद्धृत भनिएको व्रतकथामा ५२ पृष्ठका ÷ श्लोकलाई पद्मपुराणबाट उद्धृत भनिएको व्रतकथाका ८०÷८१ श्लोक उदाहरणको लागि दाँज्नू) नेवारीको, एउटा प्रकाशित स्वस्थानीव्रतकथा (अच्युतानन्द राजोपाध्याय जुजु, श्री स्वस्थानी धर्मव्रत कथा, लक्ष्मी राजोपाध्याय, ने.सं. ११००)लाई स्कन्दपुराण, लिङ्गपुराण, शिवपुराण आदिबाट यो संग्रह गरिएको हो भनी त्यहीँ लेखिएको (उही, ३४७ पृ।) नेवारी भाषामा लेखिएको, यसै पाला प्रकाशित स्वस्थानी कथाको अर्को पुस्तक (प्रेम साय्मि, श्री स्वस्थानी परमेश्वरीया बाखं, देव वज्राचार्य, काठमाडौँ, २०७१)लाई लिङ्गपुराण आदि नाना शास्त्रबाट संग्रह गरिएको भनी त्यहीँ लेखिएको (उही, ९४ पृ) हुँदा हुँदा स्वस्थानीको पूरा कथा स्कन्दपुराण, रेवाखण्डका ८८ श्लोकका आधारमा रचिएका हुन् भत्रे मानिस पनि भेटिन्छन् (लिन्डा लुइ इल्टिसको थीसिस, ५४ पृ.) पाठालोचनात्मक रीति अर्थात् टेक्स्ट्युयल क्रिटिसिज्मअनुसार स्वस्थानी व्रतकथाको परिशीलन गर्नु अपरिहार्य भत्रे यतिसम्मका कुराबाट स्पष्ट हुनुपर्छ
स्वस्थानी व्रतकथा नेपालकै उपज हो, नेपाली भाषामा यसको जुन रूप उपलब्ध , त्यो नेवारीको रूपान्तर हो भनी नयराज पन्तले भत्रे गरेको मैले सुनेको छु अरू अरू विद्वान्हरूको पनि त्यही धारणा भएको कुरा लिन बेनेट (डेन्जरस् वाइभ्ज् यान्ड् सेक्रिड् सिस्टर्स, कोलम्बिआ यूनिभर्सि्टि प्रेस, न्यू यर्क, .सं. १९८३, २७४(२७५ पृ.) लिन्डा लुइ इल्टिस ( स्वस्थानी व्रतः नेर्वा वुमन् यान्ड् रिट्युअल् इन् नेपाल, यूनिभर्सि्टि अफ विस्कन्सिन( म्याडिसनमा .सं. १९८५ मा प्रस्तुत थीसिस, ४५ पृ.) का लेखमा झल्किएको नेवारी भाषा रहनसहनमा जरो गाडेको स्वस्थानीको पूजा नेवारहरू बेपारको सिलसिलामा जहाँ जहाँ गए, त्यहाँ त्यहाँ पैmलियो भनी लिन्डा लुइ इल्टिस ( पृ.)ले लेखेको कुराको संझना पनि यहाँनिर हुन्छ
स्वस्थानीव्रतकथालाई विभित्र लब्धप्रतिष्ठ पुराणबाट उद्धृत भने पनि यो यहीँको रचना हो, बाहिरको होइन, खालि आफ्नो रचनाको गौरव बढाउनको लागि यसलाई पुराणहरूबाट उद्धरण गरिएको हो भनी लेखिएको हो यस्तो चलन यहाँ रचिएका केही स्थलपुराणमा पनि नदेखिएको होइन खुलाएर भन्दा, नेपालका तीर्थको बखान गरिएका हिमवत्खण्ड नेपालमाहात्म्यलाई स्कन्दपुराणअन्तर्गत विष्णुमतीको तीरका तीर्थको मात्र महिमा गाइएको लुन्तिकेश्वरपुराणलाई महाभारत अन्तर्गत भनी लेखिनु पनि यस्तै कुरा हो
राजधानी दैनिक बाट साभार

Post a Comment

0 Comments