छैठौ शताव्दीमा निर्मित ब्रम्हाको मूर्ति पुनस्र्थापना गर्नु जरुरी





२०७८ पौष १० गते

लावण्य/साँखु । आजभन्दा करीब ३० वर्ष अगाडि चोरिएको ब्रम्हाको मूर्ति गौशाला प्रहरी परीसरमा अलपत्र अवस्थामा रहेको छ ।

सो मूर्ति छैठौँ शताव्दीको रहेको र सो मूर्ति राखिएको ब्रम्हाको मन्दिर पनि जीर्ण अवस्थामा रहेको सम्पदा अभियन्ता यादवलाल कायष्थ बताउनुहुन्छ ।

 उक्त मूर्ती ३० वर्ष अगाडि चोरी भएको र विदेश लान प्रयास गर्दा नसकिएपछि चोरहरुले सो मूर्ति चोरहरु बेपत्ता भए । असाधारण ब्रम्हाको सो मूर्ति हाल अत्यन्तै लापरबाही तरिकाले बेवारिसे अवस्थामा गौशालास्थित प्रहरी चौकीमा राखिएको उहाँले सामाजिक सञ्चाजमा पोष्ट गरिएको भिडियोमा पनि हेर्न सकिन्छ ।

उहाँले सामाजिक सञ्जाल मार्फत् “संस्कृतिमन्त्री प्रेम आले ज्यू, तत्कालै यो ब्रह्माको मन्दिरको पुनस्र्थापना गर्ने कार्यक्रम सुरू गरिहालौँ ।” भन्नुभएको छ ।

विश्वमै विरलै पाईने ब्रह्मा भगवानको मूर्ति र मन्दिर नेपालमा छ, यसको सबै मिलेर पुनस्र्थापना गरौँ भन्दै उहाँले आम सम्पदापे्रमी नेपालीहरुसँग आग्रह गर्नुभएको छ ।

ब्रम्हाको मन्दिर भने पशुपति नजिकैको पेट्रोल पम्प पछाडिको रहेको छ । उहाँले मन्दिर रहेको स्थानको भिडियो समेत सामाजिक सञ्जालमा राख्नुभएको छ ।

साथै सो विषयमा ब्रम्हाको मूर्ति मन्दिरमा पुनस्र्थापना गरिनुपर्ने भन्दै ध्यानआकृष्ट गर्न जाँदा उहाँहरुलाई पशुपति विकास कोषले दूव्र्यवहार गरेपछि उहाँहरुले सो विषय समेत सामाजिक सञ्जालमा हालिसकेपछि पशुपति विकास कोषले आगामी मंगलबार पौष १३ गते छलफलको लागि बोलाएको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल मार्फत् “यो असाधारण अलौकिक मुर्तिलाई सम्बन्धित मन्दिर मै पु¥याउन आवश्यक सहयोग गर्ने हैन त ??” भन्दै आफ्नो सन्देश छोड्नुभएको छ ।

केही समय अगाडि उहाँहरुले वर्तमान आईजीपी शैलेस थापा क्षेत्री र नेपाली काँगे्रसका नेता प्रकाशमान सिंहलाई भेटेर भर्खरै चोरी भएका मूर्तिहरुबारे ध्यानाकर्षण गर्नुभएको थियो ।

Post a Comment

0 Comments