सेर्गेई मिखाईल गर्वाछ्योभ –२




ई. राजदास श्रेष्ठ


मिखाईल गर्वाछ्योभको पूरा नाम मिखाईल सेर्गेईभिछ् गर्वाछ्योभ हो । उनी सन् १९३१ मार्च २ तारिखमा रुसको दक्षिण पश्चिम भागमा रहेको स्टाभरोपोल क्षेत्रमा प्रिभोल्नाय भन्ने ठाउँमा एक किसान परिवारमा जन्मेका थिए । र गत अगष्ट ३० तारिख २०२२ मा रुसी महासंघको राजधानी मस्को शहरमा उनको मृत्यु भएको थियो ।

दोस्रो विश्वयुद्धको समाप्तीपछि सन् १९४५ मा गर्वाछ्योभ सोभियत कम्युनिष्ट पार्टीको युवा दस्ता कस्सोभोलमा सामेल भएका थिए । र एक युवा सोभियत कम्युनिष्टको रुपमा आफु जन्मेको स्टाभ््रोपोल क्षेत्रमा ४ वर्ष सम्म एक बाली काट्ने मेशीन कम्वाईन चलाएर कृषि क्षेत्रमा काम गरे ।

त्यसपछि सन् १९५२ मा मास्को स्टेट युनिभर्सिटीमा उनी एक कानुनी विद्यार्थीको रुपमा भर्ना भए । र त्यसैबेला उनी सोभियत कम्युनिष्ट पार्टीको सदस्य बने । सन् १९५५ मा आफ्नो पढाई सकेपछि उनी स्टाभरोपोल क्षेत्रमा फर्केर पार्टीका विभिन्न क्षेत्रमा दक्षतापूर्वक काम गरेर सन् १९७० मा त्यस क्षेत्रका कम्युनिष्ट पार्टीको प्रथम सचिव (फस्ट सेक्रेटरी) बन्न सफल भए ।

सन् १९७० मा म सोभियत संघको राजधानी मास्को शहरमा आफ्नो अध्ययनको प्रथम वर्षमा रुसी भाषा अध्ययन गर्दै थिएँ र सोही साल अगष्ट महिनामा रुसी भाषा अध्ययन सकाएर केमिकल ईञ्जिनियरिङ्ग कोर्स अध्ययन गर्न सोभियत उक्राईनाको दोस्रो ठूलो सहर खार्कोभ गएको थिएँ ।

तत्कालिन सोभियत सत्ता लिओनिद ईलिछ् बे्रझनेभको हातमा थियो र उनी सोभियत कम्युनिष्ट पार्टीको शक्तिशाली पद महासचिव (जनरल सेक्रेटरी) भएर सोभियत कम्युनिष्ट पार्टी र सोभियत संघ चलाईराखेका थिए । पश्चिमा युरोप र संयुक्त राज्य अमेरिकासँग शीत युद्ध चलिरहेपनि त्यसबेला सोभियत संघ विश्वमा एक शक्तिशाली राष्ट्रमा गनिएको थियो र कृषि तथा औद्योगिक क्षेत्र बाहेक सैनिक सामग्री उत्पादन र अन्तरीक्ष प्रविधिमा पनि धेरै अघि बढिरहेको थियो ।

सोभियत संघको ईतिहासमा ब्रेझनेभकाल अन्य समयमा भन्दा सबभन्दा शान्त र समृद्ध थियो । र सोभियत संघले आफ्नो वर्चश्व विश्वमा कायम गर्न र विश्वमा समाजवादी व्यवस्था स्थापना गर्न र धेरै देशहरुलाई आर्थिक तथा सैनिक सहयोग गर्दै थियो । नेपाल एक राजतन्त्रात्मक मुलुक भएपनि नेपालसँग पनि राम्रो र सुमधुर कूटनीटिक सम्बन्ध कायम भएको थियो ।

सोभियत संघले अन्य विकासोन्मुख देशहरुलाई जस्तै नेपाललाई पनि आर्थिक र शैक्षिक सहयोग उपलब्ध गरिरहेको थियो ।

सोभियत संघको सहयोगमा त्यसबेला नेपालमा केही ठूल ठूला उद्योगहरु स्थापना भएका थिए जस्तै जनकपुर चुरोट कारखाना, वीरगञ्ज चिनी मील, कृषि औजार कारखाना सँग सँगै पूर्व पश्चिम राजमार्ग हेटौँडा ढल्केबार खण्डको सडक निर्माण पनि गरिएको थियो ।

यस बाहेक पछिल्लो समयमा आएर सोभियत संघले सुदूर पश्चिम नेपालको धनगढीमा रोजीन एण्ड टर्पेन्टाईन कारखाना पनि खोलिदिएको थियो ।

औद्योगिक क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि त्यसबेला सोभियत संघले नेपाललाई काठमाडौँ महाराजगञ्जस्थित कान्ति बाल अस्पतालजस्तो अनुपम उपहार दिएको थियो ।

कान्ति राज्यलक्ष्मीदेवी शाहको नामबाट तत्कालीन राजा महेन्द्रले सन् १९६३ को जनवरी ७ तारिखमा उद्घाटन गरिएको कान्ति बाल अस्पताल तत्कालीन सोभियत संघ सरकारको सहयोगमा स्थापना भएको थियो । ९५ रोपनी क्षेत्रफलमा अवस्थित आधुनिक सविधा सम्पन्न उक्त बाल अस्पताल ३ सय ५० बेड सहितको अस्पताल बनेको हो ।

औद्योगिक र स्वास्थ्य क्षेत्रमा जस्तै शैक्षिक क्षेत्रमा पनि नेपालमा दक्ष जनशक्ति जस्तै मेडिकल डाक्टर, इञ्जिनियर, वकिलहरु बढाउन सोभियत संघले धेरै नेपाली विद्यार्थीहरुलाई निशुल्क छात्रवृत्ति प्रदान गरेको थियो र आज लगभग १० हजार जति डाक्टर, इञ्जिनियर र अन्य क्षेत्रका विज्ञहरु सोभियत संघबाट प्रशिक्षित भई आएका छन् नेपालमा ।

साँस्कृतिक र कूटनीटिक क्षेत्रमा पनि धेरै राम्रो सम्बन्ध कायम भएको थियो नेपाल र सोभियत संघ बीच त्यसबेला ।

नेपाल जस्तै विश्वका अन्य धेरै मुलुकहरुलाई विशेष गरेर एशिया, अफ्रिका र अरब क्षेत्रका देशहरुलाई धरै आर्थिक, सैनिक र शैक्षिक सहयोग प्रदान गर्दै थियो । तर लिओदिन ईलिछ् बे्रझनेभ काल समाप्तिपछि सोभियत राजनीतिमा उथलपुथलको वातावरण सृजना हुन आयो र सोभियत संघ आफै वघटनको बाटोमा ओर्लियो सन्् १९८२ मा लिओनिद ब्रेझनेभको मृत्यु पछि ।

लिओनिद ब्रेझनेभको शासनकाल ः

सन् १९०६ मा रुसी साम्राज्यको हाल उक्राईनाको कामेन्स्की क्षेत्रमा जन्मेका लिओनिद् बे्रझनेभले सन् १९६४ देखि १९८२ सम्म १८ वर्षसम्म सोभियत संघको शाक्तिशाली पदमा बसेर राज्य चलाए । र संयुक्त राज्य अमेरिकासँग शीत युद्ध भइरहन्दापनि सोभयतलाई एक विश्व शक्तिको रुपमा चिनाउँदै देशलाई स्थिरता र समृद्धिको बाटोमा डो¥याउन सफल थिए । तापनि ब्रेझनेभकै पालामा सोभियत संघभित्र विभिन्न कारणहरुले गर्दा जनमानसमा एक किसिमको असन्तुष्टी अन्यौल वातावरण पैदा भएको थियो । बाहिर खुला रुपमा बोल्न नसक्ने भएपनि भित्र भित्र मानिसहरुमा सोभियत सिस्टमको विरोधमा युरोप र अमेरिकाको सोभियत विरोधी नीति र आवाजले सोभियत संघ भित्र प्रभाव जमाउँदै लगेको आभास हुन थाल्यो । र पश्चिमा मुलुकहरुको दाँजोमा सोभियत संघको विज्ञान तथा प्रविधिको विकास पछि पर्दै गएको गुनासो हुनुको साथै देशभित्र आर्थिक अनियमितता, भ्रष्टचार उत्पादनमा ¥हास हुँदै गएको कुरा पनि महसुस हुन थाल्यो ।

यही कारणले गर्दा बे्रझनेभको मृत्युपश्चात् छोटो अवधि सत्तामा टिकेका आन्ड्रोपोभ र कन्सटान्टिक चेर्नेन्को पछि सोभियत सत्तामा उदाएका शक्तिशाली नेता मिखाईल गर्वाछ्योभले सोभियत संघको नीतिमा आमूल परिवर्तन ल्याई देशलाई अमेरिका र पश्चिमा युरोपका विकसित देशहरुमा जस्तै प्रजातान्त्रिक वातावरण ल्याउने चेष्टा गरेका थिए तर पूर्ण रुपमा उनी आफ्नो राजनीतिमा असफल भए र आफु राष्ट्रपति पदमा रहँदै गर्दाको समयमै विशाल सोभियत संघ पतन हुन पुग्यो ।

क्रमशः ............

(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments