देगुँविहार (देवाचा) संरक्षण बारे













पाठक पत्र

देगुँविहार (देवाचा) संरक्षण बारे

शंखरापुर नगरपालिकाद्वारा विश्व सम्पदा सूचिमा सूचिकृत गर्न प्रयासरत साँखु, बज्रयोगिनी मन्दिर परिसर भित्रको देश–गुँ विहार . देगु विहार . देगुबाहा . देबाहा यानेकी गुँविहार (बज्रयोगिनी) र साँखु देश जोड्ने जक्सन विहार (हालसम्म पनि ऐतिहासिक÷पौराणिक महत्व बोकेको बौद्ध स्तुप÷चैत्य, पाटी÷सत्तल एवं विार परिसर यथावत छ), पौराणिक÷प्राकृतिक बगैँचा, खोल्सा, नागांचा पाख÷परिसर लगायत सो स्थान वरपरको मूर्त÷अमूर्त भौतिक÷साँस्कृतिक÷प्राकृतिक सम्पदामा (तपशिलमा उल्लेखित अवश्यम्भाव्य समस्याले) गम्भीर आँच आउने किसिमले सिमित व्यक्ति तथा समूहको स्वार्थका लागि गर्न खोजिएको सम्पदा विरोधी योजना तत्काल बन्द गर्न गराउन सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराउँदै तपशिलका समस्याहरुको निराकरणको पहलकदमीका लागि जोडदार माग गर्दछौँ ।

यस अघि पनि हामीले तल उल्लेखित सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराईसकेका छौँ ।

तपशिल

– ऐतिहासिक देगुँविहार (देवाचा) क्षेत्र उत्खनन÷अन्वेषन गर्नुपर्ने भएकोले झन् त्यहाँका पौराणिक प्रमाणहरु नष्ट हुने ।

– पौराणिकता अध्ययन गर्न आउने अन्वेषक, ईतिहासकारहरुका लागि आवश्यक पौराणिक प्रमाणहरु नष्ट हुने ।

– नागांचा पाख क्षेत्र र सो सँग सम्बन्धित मूर्त अमूर्त सम्पदामा खतरा हुने ।

– नागांचा पाख क्षेत्रमा भूक्षय र पहिरोले तलका खेतियोग्य जमीन बगरमा परिणत हुने ।

– सार्वजनिक जग्गा अतिक्रमित हुने ।

– पर्यावरणमा प्रत्यक्ष असर भै प्राकृतिक विपत्ति उत्पन्न हुने खतरा बढ्ने ।

– धार्मिक तथा जातिय सहिष्णुतामा खलल उत्पन्न हुने ।

– प्राकृति खोलानाला, खोल्सी, बोटविरुवा लगायतमा क्षति भै प्राकृतिक सम्पदाहरु नष्ट हुने ।

– यस्तै अन्य विभिन्न कारणहरु समेत विद्यमान रहेकोले सो क्षेत्रको ऐतिहासिक एवं पौराणिक संरचना नबिगार्न एवं संरक्षण गर्नको लागि सम्पूर्ण सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहन्छौँ ।

रामकृष्ण सिं डंगोल (अध्यक्ष)

शंखरापुर सम्पदा विकास समिति

बोधार्थ ः

१) शंखरापुर नगरपालिका, २) न्यायिक समिति (शंखरापुर नपा), ३) शंखरापुर नपा वडा नं. ६

४) शंखरापुर नपा वडा नं. ७, ५) शंखरापुर नपा वडा नं. ८, ६) ईलाका प्रशासन कार्यालय, साँखु

७) महानगरीय प्रहरी प्रभाग, साँखु, ८) नापी कार्यालय, साँखु, ९) मालपोत कार्यालय, साँखु

१०) सब डिभिजन वन कार्यालय, साँखु, ११) पुरातत्व विभाग, काठमाडौँ, १२) जिल्ला प्रशासन कार्यालय, काठमाडौँ,

Post a Comment

0 Comments