ई. राजदास श्रेष्ठ
सन् १९३१ मार्च २ तारिख जन्मनुभएका सोभियत नेता मिखाईल गर्वाछ्योभ सन् १९८५ देखि १९९१ सम्म तत्कालीन सोभियत संघका राष्ट्रपति भए । र उनी महान समाजवादी अक्टोवर क्रान्तिपछि स्थापना भएको विशाल सोभियत संघको अन्तिम राष्ट्रपति हुन पुगे ।
उनको कार्यकाल समाप्तिसँगै संसारमै सबभन्दा ठूलो र विश्वमा एक शक्तिशाली राष्ट्र सोभियत संघको पनि विघटन हुन गयो । जुन वास्तवमा एक दुःखदायी घटना नै भन्नुपर्छ ।
म स्वयं तत्कालीन सोभियत संघमा ५÷६ वर्ष अध्ययन गरी एक केमिकल ईञ्जिनियरिङको डिग्री हासिल गरी फर्केको नाताले पनि सोभियत संघको विघटनमा धेरै दुःख लागेको छ र त्यो भन्दापनि म एक सोभियत नारी भालेन्टिनासँग विवाह गरी दुई छोराहरु त्यहिँ हुर्काई पढाई फर्केको हुनाले पनि सोभियत संघको विघटनमा ठूलोचोट पुगेको महसुस गर्दैछु ।
तत्कालीन सोभियत संघमा जन्मेका मेरा दुई छोराहरु अलेक्जेन्डर श्रेष्ठ र देनिस श्रेष्ठ दुवै अहिल्यै तत्कालीन सोभियत राजधानी मास्को सहरमा छन् ।
तत्कालीन सोभियत उक्राईनाको खार्कोभ सहरमा जन्मेका दुवै ती मेरा छोराहरु मास्को सहरमा अवस्थित छन् र आफु जन्मेको खार्कोभ सहरमा रुसी सेनाको आक्रमण र बमबारीले तिनीहरुको मुटुमा कति चोट परेको होला भन्ने कल्पना गर्न पनि मलाई धेरै गाह्रो भैरहेको छ । मेरा छोराका साथिहरु छन् त्यो खार्कोभ सहरमा जुन अहिले युद्धग्रस्त छ र बिजुली पानीको अभावमा धेरै दुःख कष्ट भोगिरहेका छन् । केही समय अघि मेरा जेठा छोरा नेपाल आएका थिए र काठमाडौँको साँखुमा म सँगै बस्दै थिए ।
मेरो छोराहरुले बरोबर खार्कोभमा फोन गर्थे र आफ्नो एक अभिन्न मित्र आलेकलाई र आफ्नो साथीको दुःख दर्दका कुरा सुनेर छोरोको मुखबाट शव्दहरु बन्द हुन्थे । म सुनिरहन्थेँ र पछि आफ्नो साथीहरुको दुरावस्था सुनेर छोराले उससँग फोन नै गर्न छाडे । उसको दुःख वेदनाको कुरा सुन्न नसकेर ।
छोराको साथी आलेक भन्थे घरबाट बाहिर निस्कन हुँदैन, गोली ठोकेर मारिदिन्थे, सडकभरी लासै लास यत्रतत्र फालिएका, कसको हो लास थाहा छैन न रुसी सैनिकको न उक्राईनी जनताको । पानी, बिजुलीको अभाव, खाद्यान्नको संकट, जाडो र चिसोले उत्तिकै सताउने, घरको छिडीभित्र (अण्डरग्राउण्ड) बस्नुनपर्ने । सायद दोस्रो विश्वयुद्ध लड्दा पनि सोभियत जनताले त्यत्ति दुः पाएका थिएनन् होला । जुन अहिले रुसी उक्राईन द्वन्द्वले गर्दा उक्राइनी जनताले भोगिरहेका छन् ।
त्यो त्यही खार्कोभ शहर हो उक्राईनाको जहाँ मैले सन् १९७० देखि १९७५÷७६ सम्म अध्ययन गर्न बसेँ । त्यहीँ मेरो विवाह भएको थियो एक सोभियत नागरिक भालेन्टिनासँग सन् १९०१ मा र दुई छोरा जन्मेका थिए अलेक्जेन्डर र देनिस त्यही सहरमा । धेरै रमाइलो थियो धेरै राम्रो थियो सोभियत जनजीवन त्यसबेला । मानिसलाई खान लाउनको लागि दुःख थिएन, पढ्न पढाउन समस्या थिएन कुनै । स्वास्थ्य शिक्षा सबै निशुल्क थियो न पढ्नलाई पैसा तिर्नुपथ्र्यो न बिरामी हुँदा अस्पताल भर्ना हुँदा केही खर्च हुन्थ्यो । अस्पताल सबैको लागि खुला र निशुल्क स्वास्थ्य सेवा । पढ्नलाई कुनै विद्यार्थीले न स्कुल फी तिर्नु पथ्र्यो न पाठ्यपुस्तक किन्नु पथ्र्यो ।
स्कुलमा प्रारम्भिक शिक्षा सकाएपछि सोभियत संघको कुनै पनि सहरमा कुनै पनि शिक्षण संस्थामा आ–आफ्नो इक्षा अनुसार विद्यार्थीहरु आफुले चाहेको विषयमा बिना रोकटोक भर्ना हुन र पढ्न पाउँथे र कुनै पनि शिक्षण संस्थामा उच्च शिक्षा हासिल गर्दा केही शुल्क तिर्नु पर्दैन कर्सैलाई, बरु उल्टो प्रत्येक सोभियत विद्यार्थीहरुले छात्रवृत्तिस्वरुप प्रत्येक महिना ३५ रुबल पाउँथे र महिनाको २ रुबल तिरेर छात्रावासमा सबै सुविधा सहित बस्न पाउँथे । ४÷५ वर्ष आफ्नो पढाई नसकेसम्म । यस्तो थियो सुव्यवस्था विद्यार्थीहरुको लागि तत्कालीन सोभियत संघमा र प्रत्येक सोभियत नागरिकले रोजगारी पाएको हुन्थ्यो र सबै सोभियत नागरिकलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध थियो विना पसा उपचार हुन्थ्यो कुनै पनि रोगको कुनै पनि सहरका अस्पतालमा ।
यस्तो व्यवस्था भएको सोभियत संघको आयु भने धेरै रहन सकेन दुःखको कुरा । सन् १९१७ मा सम्पन्न भएको महान समाजवादी अक्टोबर क्रान्तिले स्थापना गरेको सोभियत समाजवाद सन् १९९१ मा आएर मिखाइल सेर्गेभिच गर्वाछ्योभको शासनकालमा अन्त्य भयो र सोभियत संघको यस दुःखद अन्त्यको दोष पूर्णरुपमा मिखाइल गर्वाछ्योभको नाममा राखिएको छ । यद्यपी सोभियत समाजवादको पतनको सुरुवात भने सन् १९५३ देखि नै सुरु भएको थियो । जब तत्कालीन सोभियत नेता स्टालीनको मृत्यु पश्चात् निकिता खु्रश्च्योभले सोभियत सत्ता हातमा लिएका थिए ।
सन् १९४५ मा द्वित्तिय विश्व युद्ध समाप्तीपछि सोभियत संघ विश्वमा एक शक्तिशाली राष्ट्रको रुपमा उदय हुँदै थियो र सारा विश्व दुई खेमामा विभाजित भएको थियो । एक पक्ष थियो सोभियत समाजवादतिर भने अर्को पक्ष थियो संयुक्त राज्य अमेरिकाको नेतृत्वमा विश्व पूँजीवादतिर । विश्वका धेरै प्रगतिशील देशहरु सोभियत संघको समाजवादबाट पे्ररित थिए भने विश्वमा धनी कहलिएका पश्चिम युरोपका राष्ट्रहरु साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकासँग आवद्ध दिए उत्तर एटलान्टिक सैनिक संगठन (नाटो) अन्तरगत ।
पश्चिममा अमेरिकी नेतृत्वको नाटो संगठन खडा भएको थियो भने पूर्वी समाजवादी देशहरुलाई एकवद्ध गरी सोभियत संघले पनि आफ्नो नेतृत्वमा वार्सा सैनिक संगठन खडा गरेको थियो र यी दुई खेमाका देशहरुबीच अझ विशेष गरेर संयुक्त राज्य अमेरिका र सोभियत संघबीच शीतयुद्ध सुरु भयो, दोस्रो विश्वयुद्धको अन्त्य पश्चात् ।
दोस्रो विश्वयुद्ध सुरु हुन अघि नै तत्कालीन सोभियत नेता स्टालीनले सोभियत संघमा ठूलो औद्योगिक तथा कृषि क्रान्ति गरी देशलाई विश्वमै एक शक्तिशाली राष्ट्रको रुपमा खडा गरिसकेको थियो र दोस्रो विश्वयुद्धमा सोभियत संघको विजय र नाजी हिटलर जर्मनीको पराजयले सोभियत संघको गरिमा धेरै उच्च भएको थियो विश्व राजनीतिमा । तर सन् १९५३ मा स्टालीनको मृत्यु पश्चात् सोभियत सत्ता हातमा लिन पुगेका खु्रश्च्योभले सोभियत समाजवादको दिशा नै परिवर्तन हुने गरी (बीस वर्षमा सोभियत संघमा साम्यवाद स्थापना गर्ने भन्ने झूठो नारा लगाई सोभियत समाजवादलाई पतोन्मुख दिशमा डो¥याए । पश्चिमा पूँजीवादी देशहरुसँग सहअस्तित्व स्थापना गर्ने नीति निर्माण गरेर ।
खु्रश्च्योभको यही नीति सोभियत संघको पतनको शीर्ष विन्दु थियो र सन् १९९१ मा आएर सेर्गेई मिखाईल गर्वाछ्योभले सोभियत समाजवादलाई तिलाञ्जली दिए ।
क्रमशः ............
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)
0 Comments
Thanks for your concerns