नक्सालको सुवर्ण किर्ति बिहारको करुणामयको मूर्ति ४४ वर्षसम्म प्रहरी परिसरमा



यो मूर्ति २०३४ सालतिर चोरिएको स्थानीय बताउँछन्

– क्रिस्टिना श्रेष्ठ –

२०७८ पौष १४ गते



लावण्य÷साँखु । नक्सालको सुवर्ण किर्ति बिहारमा रहेको पूर्णकदको करुणामयको मूर्ति २०३४ साल तिर चोरिएको थियो ।

सो मूर्ति चोरी गरिसकेपछि चोरहरुले बेचविखन गर्न सकेनन् अथवा विदेश लान सकेनन् सोही कारण मूर्ति अलपत्र भएपछि हनुमान ढोका प्रहरी परीसरमा पुग्यो ।

त्यत्तिबेला देखि सो मूर्ति बारे खासै सोधखोज भएनन् अथवा मूर्ति पुनस्र्थापित गर्ने कोशिस भएन ।

तर यस पटक भने सम्पदा अभियन्ता यादवलाल कायष्थको टोली सो मूर्ति पुनस्थापित गराउन कोशिस गरिरहेको छ ।

सो मूर्ति प्रहरी परीसरबाट विधिवत लगी सुवर्ण किर्ति विहारपरीसरमै पुनःस्थापना गर्ने तयारी उहाँहरुको छ । यसको लागि उहाँहरुले स्थानीय पूजारी एवं लब्ध प्रतिष्ठित व्यक्तित्वहरुसँग समन्वय गरिरहनुभएकोछ ।

Post a Comment

0 Comments