आकाशमा उडिरहेकी देवी



प्रशिक्षार्थी पत्रकार
दिपेश मानन्धर
कान्तिपुर क्याम्पस
२०७८ चैत्र १९ गते

लावण्य/साँखु । ममता अजिमाको नामले प्रशिद्ध भाटभटेनी देवीको दुई तल्ले मन्दिर भाटभटेनी सुपर मार्केट नजिकै रहेको छ । यही देवीको नामले नै भाटभटेनी सुपरमार्केटको नाम राखिएको हो ।

यस देवीलाई नाम लिन नहुने देवीको रुपमा चिनिन्छ । यस देवीलाई टाढा रहनु भएको देवीको नामा पनि चिनिन्छ । आकाशमा उडिरहेकी यस देवीलाई झुण्ड्याइएर राखिन्छ भने कहिल्यै जमिनमा छुवाउन नहुने मान्यता पनि रहेको पाइन्छ । नेपाली शैलीमा बनेको दुई तल्ले प्यागोडा शैलीको मन्दिरभित्र “अजिमा” उनका श्रीमान् र बच्चा गरि तीन जना देवताहरु रहेका छन् ।

कुनै समयमा भाटभटेनीमा सुदेव सुदेवी नाम गरेका ब्राम्हण जोडी बस्दथे । उनी नारायणको एकदमै भक्तिभाव गर्दथे । उनका शक्तिले नारायण प्रसन्न भई वरदान माग भन्नुभयो र उनीहरुको सन्तान नभएकाले हजुरको सब गुण भएको सन्तान वर मागे । यसको लागि यो जन्म तिमीहरुको लाग पाको भैसक्यो त्यसकारण तिमीहरु अर्को जन्ममा फेरि मिलन हुनेछ र यो इच्छा त्यहि जन्ममा पूरा हुनेछ भनि वरदान दिनुभयो । समयसँगै उनीहरुको मृत्यु भयो त्यही ठाउँमा पूणर्जन्म भई विवाह पनि भयो ।

एकदिन सुकदेव नाम गरेका एक बुढो ब्राम्हण उनीहरु घरमा बास बस्न आए । भोलि पल्ट जानु अगाडि त्यहाँ एउटा लठ्ठी त्यहिँ दिएर “म १२ वर्ष पछि लिन आउँछु भनि गए ।” आफ्नो काम गरि जीवन चलाईरहेका यी जोडीको एउटा छोरा जन्मियो । उनीहरुको नारायणको कृपा भनि “बिल्ला” भनि नामाकरण गरे । एकदिन ब्राम्हणले छोडेर गएको लठ्ठी मक्किँदै गएको देखे । अब ब्राम्हण पनि लिन आउँदैन भनि भाँच्न खोज्दा त्यहाँबाट बहुमूल्य हिरा रत्न निस्कियो र त्यसलाई भगवानको देन सम्झेर बेचि जिविका चलाए ।

समय बित्दै गयो, एकदिन भाटभटेनी देवीले आफ्नो बच्चालाई घाममा बसेर तेल लगाई दिँदै हुनुहुन्थ्यो । त्यही बेला सुदेव ब्राम्हण उपस्थित भई आफ्नो लठ्ठी मागे । एक्कासी त्यो लठ्ठी मागेपछि किराले लठ्ठी खाएर बिगारेको कुरा बताए । केही समयका लागि बिश्वास गरेका थिए ब्राम्हणले । आकाशमा चिल उडिरहेको देखेर यदि तिमीहरुले झूट बोलेको हो भने चिलले यो बच्चा लिएर जाओस् र तिमीहरुले कहिले यस धर्तीमा खुट्टा टेक्ने छैनौँ भनि श्राप दिए ।

एक्कै छिनमा त्यो चिलले बच्चालाई टिपेर लग्यो र त्यो देखेर नारायणको प्रार्थना गर्दै भाटभटेनी देवी उफ्रिन थालिन् । उफ्रिन थाल्दा आफ्ना बच्चालाई समात्न सफल भए । त्यही समयमा बच्चाले आफ्नो असली रुप देखाए । चार वटा हात भएका श्री गरुड विष्णु प्रकट भए । म प्रति भक्तिका कारण तिमीहरुलाई आकाशमा उडिरहेको देवी मानी मानिसहरु तिमीहरुलाई पुज्ने छन् । उही मानिसहरुको कल्याण गर्नु भनि आशिर्वाद दिनुभयो ।

सोहीदिन देखि भाटभटेनी देवी आकामा उडिरहेको कुरा बिश्वास गन्छि । उनीहरु ज्यापू समुदायबाट भएको पनि मानिन्छ । त्यसकारणले नै अहिले भाटभटेनी देवीको जात्रा ज्यापू समुदायले गरि आएको पाईन्छ ।

Post a Comment

0 Comments